
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुद्धशान्ति गाउँपालिकाको व्यवसाय नवीकरण सम्बन्धी सूचना
तीर्थ तिम्सिनाबुद्धशान्ति, १७ जेठ । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपनाम दिइन्छ । मेची राजमार्गको बनेर्–कालिखोला सडक खण्डमा फक्रिइरहेका यी फूलनजिक पुग्दा भने लाग्छ–बनेर् त स्वर्ग नै हो कि ! अर्थात्, गुलमोहरले बुद्धशान्तिको बनेर् स्वर्गझैं सिँगारिएको छ । गुल्मोहरले यतिबेला धेरैलाई मोहित पारेको छ । चिया बगान सडकछेउमा फुलेका गुलमोहरको फूल मनै लोभ्याउने दृष्य बनेको छ । सडकको छेउछाउमा रातै भएर फुलेका गुलमोहरले बुद्धशान्तिलाई साँचिक्कै स्वर्गको आभाष दिलाएको छ । सुन्दर बनेर् चिया कमान झन् सुन्दर बनेको छ । ‘फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ,’ गुलमोहरमा सेल्फी लिँदै गरेकी झापा धुलाबारीकी समिक्षा गौतमले भनिन्, ‘प्रकृतिको यति अनुपम दृश्य अन्त कहाँ…
बुद्धशान्ति, १७ जेठ । झापाको बुद्धशान्ति गाउँपालिकाको अति व्यस्त स्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गरेको छ । गाउँपालिकाले सबै वडा कार्यालय, शाखा बाटोहरुमा आफ्नै फाइवर नेटवर्क स्थापना गरी सिसिटिभी क्यामेराको जडान तथा व्यवस्थापन गरेको हो । गाउँपालिकाका सबै वडा कार्यालयहरुमा मोनिटर, एनभीआर समेतको व्यवस्थापन गरी बुद्धशान्ति–३ (साबिक बुधबारे–७) नं. चोक, बुधवारे बजार दक्षीण कृषि भवनक्षेत्र, बुधबारे बजार उत्तर पहाडि चोक पुर्व, बुधवारे तल्लो चोक, पहाडी चोक, पुलचोक, हापेन चोक, शान्तिचोक, नमूना चोक, भोटेटार चोक, होक्से चोक, जयपुर चोक, मंगलबारे बजार पुछार, कालिखोला, पीपल चोक, बनेर्मा सिसिटिभी क्यामेरा जडान गरिएको हो । जसमा आगामी दिनमा क्यामेराहरु थप गर्नु…
झापा, १७ जेठ । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ । मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाइएको छ । धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ । भोजपुरमा नरबहादुर थापा, कञ्चनपुरमा नारायण प्रसाद सापकोटा र सर्लाहीमा गोपाल कुमार अधिकारीलाई पठाइएको छ । भरतमणि पाण्डेलाई कास्की र मेख बहादुर मग्रातीलाई सप्तरीको…
झापा, १७ जेठ । नेपालमा स्थानीय र पश्चिमी बायुको आंशिक प्रभावसँगै बङ्गलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको…
झापा, १७ जेठ । झापाको बिर्तामोड नगरपालिका–४ कालिका नगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । घटनामा संलग्न भएको आरोपमा बुधबार प्रहरीले बिर्तामोडका गङ्गा चौधरी र अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । बिस्टको हत्या भएको २० दिनपछि अभियुक्त सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्ने जनाएको छ । गत बैशाख २६ गते मध्यरातमा आफ्नै घरभित्रै विष्णुमायाको खन्तीले हानेर हत्या गरिएको थियो ।
कनकाई, १७ जेठ । नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा र सचीवमा प्रकाश शिवाकोटी निर्वाचित हुनुभएको छ । गएराति भएको निर्वाचनबाट ३ सय २ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ओझाको प्रतिस्पर्धीका रुपमा रहेका छवीलाल थपलियाले २ सय ४ मत प्राप्त गर्नुभयो भने अर्का प्रतिस्पर्धी तुलाराम बस्नेतले १ सय ४८ मत प्राप्त गर्न सफल भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै उपाध्यक्षमा घनश्याम पौडेलले १ सय ८१ मत प्राप्त गर्दै विजयी बन्नुभयो । एमाले वडाकमिटी कनकाई वडा नं. ४ को सफल नेतृत्व प्रदान गर्दै आएका पौडेल स्थानीय स्तरमा क्रियाशिल एक सामाजिक कार्यकर्ताका रुपमा समेत स्थापित व्यक्तित्व हुनुहुन्छ…
बिर्तामोड, १७ जेठ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत झोला बनाउने तालिम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा गत चैत्र १३ गतेदेखि सुरु भएको तालिम बिहीबार सम्पन्न भएको हो । तालिममा बिर्तामोडका वडा नम्बर १,३,४ र ७ बाट १५ जना महिलाहरुले सहभागिता जनाएका थिए । नगरपालिकाले तालिममा सहभागीहरुलाई झोला सिलाउने मेसिनसमेत प्रदान गरेको छ । सहभागिहरुको ३५ प्रतिशत लागत साझेदारीमा १५ वटा मेसिन प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक चनिमाया तामाङले जानकारी दिनुभयो । तालिममा सहभागीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले तालिममा सिकेको सिपलाई…
झापा, १६ जेठ । राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।” यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो…
झापा, १६ जेठ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ देखि २०७९–८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७–७८ को तुलनामा २०७८–७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८–७९ को तुलनामा २०७९–८० मा एक प्रतिशत घटेको छ । त्यस्ते अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७–७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८–७९ मा ३१.९५ प्रतिशत र २०७९–८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग…