झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १ जेठ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशलगायत बागमती र…

Read More

झापा, १ जेठ । आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज सरकारले सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

Read More

भद्रपुर, १ जेठ । भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा नमूना संयुक्त राष्ट्रसंघको अभ्यास कार्यक्रम (बीएमएमयूएन–२०२४) सामेबारदेखि शुरु भएको छ । युवाहरूको नेतृत्व विकास टेवा पु¥याउने उद्देश्यले भद्रपुर युवा परिषद्को आयोजनामा ‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन–२०२४’ शुरु भएको हो । कार्यक्रमको उद्घाटन नगर प्रमुख गणेश पोखरेलले गरेका छन् । कार्यक्रममा नगर प्रमुख पोखरेलले यस नमूना अभ्यासले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक प्लेटफर्म भएकाले युवाहरूको नेतृत्व विकास, कूटनीतिक बहस, लेखन, बौद्धिक विश्लेषण जस्ता क्षमता अभिवृद्धिबारे सीप आदानप्रदानमा योगदान पु¥याउने बताए । जेठ २ गतेसम्म सञ्चालन हुने नमूना संयुक्त राष्ट्र संघको अभ्यास कार्यक्रममा १६ देखि २४ वर्ष उमेर समूहका नगरका एक सय ५० जना युवा सहभागी…

Read More

शिवसताक्षी, १ जेठ । झापाको शिवसताक्षी मेयर कप अन्तर्गत सोमबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ र वडा नं. १० विजयी भएका छन् । वडा नं. ५ लाई ३–० गोल अन्तरले हराउँदै वडा नं. ३ विजयी भएको छ भने, वडा नं. ६ लाई ५–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी भएको नगर खेलकुद विकास समितिका संयोजक सुरज रिङ्गालुङले जानकारी दिए । त्यस्तै सोमबार नै भएको क्रिकेट प्रतियोगितामा वडा नं. ३ लाई हराउँदै वडा नं. ८ विजयी भएको छ । वडा नं. ८ ले १५ ओभरमा ३०८ रनको तारगेट दिएको थियो । तर वडा नं. ३ भने ५६ रनमा…

Read More

शिवसताक्षी, १ जेठ । शिवसताक्षीमा सञ्चालित एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिवसीय कष्टमाइज्ड तालिम सोमबार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा शिवसताक्षीका ३५ ओटा सामुदायिक विद्यालयका कक्षा १ देखि ३ मा अध्यापनरत ३५ जना शिक्षकहरुलाई तालिम दिइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ। तालिममा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरुको क्षमता विकासका लागि पाठ्यक्रमको मूल्याङ्कनको पक्षलाई जोड दिइएको शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए । उनले तालिमले नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा समेत बृद्धि हुने अपेक्षा गरिएको बताए । तालिमको समापनमा शिवतसाक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले शुभकामना मन्तव्य राखेका थिए भने, तालिमका…

Read More

बिर्तामोड, १ जेठ । सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा आयोजित भेलामा विभिन्न विषयगत नगरसमिति गठनसंगै सिकाई उपलव्धि सुधारका लागि गरिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी समापन गरिएको हो । २१ बुँदै प्रतिवद्दता पत्रमा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिव तिलचन भण्डारी लगायत भेलामा सहभागी सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुले हस्ताक्षर गरेका छन् । भेलाले नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको नगरस्तरिय ७ सदस्यीय सञ्जाल गठन गरेको हो । जसको संयोजकमा नेपाली विषयतर्फ साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका…

Read More

सन्तोष शर्माझापा, ३१ बैशाख । झापामा आठ लाख मानिसले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् । गत बैशाख १६ गतेदेखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियान जिल्लाका १५ पालिकाका ७९.४५ प्रतिशत अर्र्थात् आठ लाख चार हजार सात सय ३७ जनाले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका नित्ति प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । जिल्लामा भएको १५ दिने अभियानमा आठ पालिकामा मात्र लक्ष्य अनुरुप औषधि सेवन भएको छ भने सात वटा पालिकामा अभियानमा असफल देखिएको उहाँले बताउनुभयो । जिल्लामा बिर्तामोडमा सबैभन्दा धेरै शतप्रतिशत अर्थात् एक लाख २० हजार चार सय ४८ जनाले औषधि सेवन गरेका छन् भने सबैभन्दा न्यून…

Read More

बिर्तामोड, ३१ बैशाख । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानमा झापाको बिर्तामोड नगरपालिकामा शतप्रतिशत परिणाम आएको छ । हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशत भन्दा बढी औषधि सेवन दर आवश्यक रहेकोमा बिर्तामोडले १००.१२ प्रतिशत औषधि सेवन दर पाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो औषधि सेवन दर जिल्लामै सबैभन्दा धेरै हो । यता, झापामा आठ लाख मानिसले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् । गत बैशाख १६ गतेदेखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियान जिल्लाका १५ पालिकाका ७९.४५ प्रतिशत अर्र्थात् आठ लाख चार हजार सात सय ३७ जनाले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका नित्ति प्रमुख…

Read More

काठमाडौँ, ३१ वैशाख । टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मोडल हुन्, पवित्रा साकी अथार्त ‘मिस पबी’ । ‘मिस पबी’ अब कमेडी शोमा देखिने भएकी छन् । उनी विक्की अग्रवालले निर्माण तथा निर्देशनमा ल्याउन लागेको शो ‘कमेडी दरबार’मा देखिने भएकी हुन् । शोमा उनी कस्तो भूमिकामा देखिने भने अहिले बाहिर ल्याइएको छैन । ‘भूमिका त मलाई पनि थाहा छैन । शोका लागि म एक्साइटेट रहेको छु’, उनले भनिन् । मिस पबी’ पछिल्लो समय फिल्मको दौडमा छिन् । केही अगाडि उनको अभिनय रहने फिल्म ‘राजमहल’ घोषणा भएको थियो । उक्त फिल्म निर्माण हुने नहुने अहिले अन्यौलता छ । उनी अहिले पनि केही…

Read More

एजेन्सी, ३१ वैशाख । सुन्दर अनि जवान देखिने चाहना हरेक युवायुवतीमा हुन्छ । लामो समयसम्म जवान देखिन चाहने हो भने आफ्नो आहारमा विशेष ध्यान दिनु पर्छ । आफ्नो नियमित भोजनमा एन्टिअक्सिडेन्ट, हेल्दी फ्याट र आवश्यक पोषक तत्त्व पर्याप्त पाइने खानेकुरा समावेश गर्नुस् । यसले शरीरलाई पोषण त दिन्छ नै छालालाई पनि भित्रैदेखि सुन्दर बनाउँछ । छाला भित्रैदेखि स्वस्थ भयो भने लोसन, क्रिम, मास्क र सीरम जस्ता चिजको आवश्यकता नै पर्दैन । कुनै पनि चिजले चाउरीपन र उमेर बढ्दै जाँदा देखिने लक्षणहरू उल्ट्याउन भने सक्दैन । तर केही खाद्य पदार्थहरू यस्ता पनि हुन्छन् जसले छालालाई स्वस्थ राख्न मद्दत गर्दछ अनि हानिकारक…

Read More