
बिर्तामोड, ३१ बैशाख । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानमा झापाको बिर्तामोड नगरपालिकामा शतप्रतिशत परिणाम आएको छ ।

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशत भन्दा बढी औषधि सेवन दर आवश्यक रहेकोमा बिर्तामोडले १००.१२ प्रतिशत औषधि सेवन दर पाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो औषधि सेवन दर जिल्लामै सबैभन्दा धेरै हो ।
यता, झापामा आठ लाख मानिसले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् । गत बैशाख १६ गतेदेखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियान जिल्लाका १५ पालिकाका ७९.४५ प्रतिशत अर्र्थात् आठ लाख चार हजार सात सय ३७ जनाले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाका नित्ति प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



