झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ जेठ । मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा बुधबार दिउँसो अनियन्त्रित भई कार दुर्घटना हुँदा ५ जना घाइते भएकामध्ये एक बालिका र युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । घाइतेमध्ये एक वर्षीया बालिका र ४० वर्षका युवक हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा६च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो । कार सडकबाट करिब २५० मिटर तल खसेको थियो । दुई जना महिलाको…

Read More

बनियानी, १६ जेठ । झापामा आजदेखि पोलियो रोगविरुद्धको आइपीभी खोप अभियान शुरु भएको छ । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका ४५ हजार छ सय ४८ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । आजदेखि शुरु भएको खोप अभियान २२ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियानमा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा अभियान सम्पन्न गर्न पाँच सय ५२ खोप केन्द्रमा चार सय ९४ खोप दिने स्वास्थ्यकर्मी र आठ सय ३६ जना स्वयम्सेवक परिचालित भएका छन् । एक जनाले १२५ जना बालबालिकालाई खोप लगाउने जनाइएको छ…

Read More

झापा, १६ जेठ । गए राति वर्षा र चट्याङसहित आएको हुरीबतासले मेचीनगर नगरपालिकामा ठूलो क्षति गरेको छ । हुरीले बिजुलीको खम्बा ढालेपछि गए रातिदेखि मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति बन्द भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले हुरीले मेचीनगर–७, ८ र १० मा ठूलो मात्रामा क्षति पु¥याएको बताए । उनका अनुसार सो क्षेत्रका सयौँ घरको छाना उडाएको, विद्युत्का खम्बा ढालेको, विद्यालयका छाना भत्काएको, सडक र निजी जग्गाका रूख ढालेको र केही स्थानमा खानेपानीको वितरण अवरुद्ध भएको छ । मेचीनगर–१० स्थित जयश्री हलेसी भेनियर उद्योग, सिद्धिविनायक भेनियर उद्योग र सिद्धार्थ भेनियर उद्योगको जस्तापाताको छाना उडाएको छ । भेनियरका सञ्चालक…

Read More

विराटनगर, १६ जेठ । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । कोठा भित्रबाट चुक्कुल लगाइएको अवस्थामा कोठाको सिलिङ पङ्खामा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुन्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

Read More

झापा, १६ जेठ । आजको युगमा धेरैजसो बालबालिकाले स्मार्टफोन, ट्याब्लेट र ल्यापटपलगायत धेरै इलेक्ट्रोनिक ग्याजेटहरू व्यापक रूपमा प्रयोग गर्छन्। यसले साना बालबालिकाको स्वास्थ्यमा ठूलो असर गर्छ । स्मार्टफोनको अत्याधिक प्रयोगका कारण बालबालिकाहरु यसको लतमा फसेका छन् र उनीहरुले मोबाइल बिना खाना समेत खाँदैनन् । त्यसो गर्नु बालबालिकाको मानसिक स्वास्थ्यका लागि निकै खतरनाक हुन्छ । प्रविधि, ग्याजेट र डिजिटल खेल मैदानको प्रशस्तताका कारण बालबालिकामा चिन्ता र डिप्रेसनको जोखिम बढ्दै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । डिजिटल सामग्रीले बालबालिकाका लागि गम्भीर खतराहरू खडा गरिरहेको छ। यसले सानै उमेरमा उनीहरूको आँखाको ज्योतिलाई मात्र असर गर्दैन, उनीहरूको निद्राको ढाँचा र चिन्ताको स्तरलाई पनि…

Read More

काठमाडौं, १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट आशा जगाउने खालको आएको बताएका छन् । बुधबार पोस्ट बजेट अन्तर्क्रियामा अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताएका हुन् । बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं,’ अर्थमन्त्री पुनले भने, ‘सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । हतपतमा केही मान्छेको कुरा सुनेर करका दर परिवर्तन गरिएको छैन । केही इरर हुन सक्छ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं…

Read More

मम्बई, १६ जेठ । बलिउड अभिनेता अन्नु कपुरको फिल्म ‘हमारा बारह’ को विवाद रोकिएको छैन । विवादित विषयमा बनेको यो चलचित्रका निर्माता तथा कलाकारलाई अज्ञात व्यक्तिबाट ज्यान मार्ने र बलात्कार गर्ने धम्की आउने क्रम जारी छ । फिल्मका केही कलाकारहरूले चार दिनअघि मुम्बईको वर्सोवा पुलिस स्टेशनमा उजुरी पनि दिएका थिए। अब अभिनेता अन्नु कपुरले भिडियो सन्देश जारी गर्दै फिल्मको बारेमा आफ्नो स्पष्टीकरण दिएका छन् । उनले महाराष्ट्र प्रहरी र गृह मन्त्रालयसँग पनि सुरक्षा मागेका छन् । अन्नुले भने, ‘यो फिल्मको टिजर हेरेपछि हामी, हाम्रा कलाकार र निर्देशकलाई ज्यान मार्ने धम्की आइरहेको छ । यी धम्कीहरू सामाजिक सञ्जाल र फोनबाट पनि…

Read More

काठमाण्डौ, १६ जेठ । आठौँ प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । आउँदो जेठ १९ गते शनिवारदेखि जेठ २६ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाल भलिबल सङ्घले आज खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा पुरुषतर्फ हेल्प नेपाल र बूढानीलकण्ठ, पुलिस क्लब र सुदूरपश्चिम, एपीएफ र गण्डकी तथा आर्मी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै महिलातर्फ एपीएफ र चन्द्रागिरि तथा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणको खेलमा पुरुषतर्फ हरेक दिन…

Read More

झापा, १६ जेठ । आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न…

Read More

बिर्तामोड, १६ जेठ । नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार शेखर कँडेललाई ६९ मत अन्तरले पछि पार्दै भट्टराई विजयी भएका हुन् । भट्टराईले २६८ र कँडेलले १९९ मत पाएका छन् । त्यस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गरे । सचिवमा अम्बिका लिङ्देन २३८ मत ल्याएर विजयी हुँदा अर्की उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गरिन् । उप–सचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिष्पर्धी हिमाल कन्दङ्वा २ मतले पराजित भए । यस्तै, महिला…

Read More