झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १३ जेठ । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका छन् । त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२ः ४५ बजे भन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन् । संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् । अघिल्ला वर्षहरुमा…

Read More

पर्सा, १३ जेठ । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जमा रहेको कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । धान रोप्ने सानो मेशिन, घाँस खुर्किने, ड्याङ बनाउने मेशिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेशिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेशिन तयार पारेको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले जानकारी दिनुभयो । औजार तथा उपकरणको मूल्य भने निर्धारण भइसकेको छैन । केन्द्रमा कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मत गरेर सञ्चालन गर्न सकिने जनाएको छ…

Read More

काठमाण्डौ , १३ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज कोलकाता नाइट राइडर्स र सनराईजर्स हैदराबाद खेल्दैछन् । आईपीएल क्रिकेटको १७ औँ संस्करणको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ । गएको मङ्गलवार भएको पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगेको हो । अस्ति शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले हराउँदै कोलकातासँग फाइनल खेल्न लागेको हो । कोलकता आईपीएल क्रिकेटको दुई पटकको विजेता टोली हो । उसले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । त्यस्तै हैदराबादले यसअघि एक पटक उपाधि जितेको छ । उसले सन्…

Read More

झापा, १३ जेठ । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । “सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आइपिभी’ को व्यवस्था गरेका छौँ”, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भन्नुभयो । यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उहाँले बताउनुभयो । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आइपिभी खोपको अभाव हुँदा…

Read More

भोजपुर, १३ जेठ । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो । सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ । छ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उहाँले बताउनुभयो । हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ । सडक स्तरोन्नतिपछि कृषि…

Read More

भद्रपुर, १३ जेठ । भूमिसुधार तथा मालपोत कार्यालय झापाको राजश्व संकलनमा बृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा कार्यालयले डेढगुणा बढी राजवश्व संकलन गरेको कार्यालय प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिनुभयो । चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कार्यालयले रू ६३ करोड ६९ लाख एक हजार सात सय २२ राजस्व संकलन गरेको छ । कूल राजश्व रू ६८ करोड ९७ लाख ५५ हजार आठ सय २६ संकलन भए पनि रू पाँच करोड १० लाख ५४ हजार एक सय चार कर छुट गरिएको उहाँले बताउनुभयो । गत आवमा २०७९÷०८० मा कार्यालयले रू ४३ करोड २० लाख ९२ हजार छ सय १५…

Read More

बनियानी, १३ जेठ । कचनकवल गाउँपालिका वडा–३ स्थित पथरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाईले गत शैक्षिक सत्रको चैत्र १५ गतेदेखि २७ गतेसम्म चलेको एसइइ परीक्षामा लापरबाही गरेको भन्दै उजुरी परेको छ। कचनकवल गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरिएको सो उजुरीमा भनिएको छ– यस कचनकवल गाउँपालिका वडा–३ मा रहेको श्री पथरिया माध्यमिक विद्यालय विगत लामो समयदेखि एसईई परीक्षा केन्द्रको रुपमा रहँदै आएको छ। भर्खरै सकिएको गत वर्षको एसईई परीक्षा २०८० चैत १५ देखि २०८० चैत २६ सम्म उक्त विद्यालयमा परीक्षा सञ्चालन गरिएको थियो । उक्त विद्यालयका प्रधानाध्यापक गुणनाथ गुरागाई एसईईको केन्द्राध्यक्षको रुपमा रहनुभएको थियो । एसईई जस्तो संवेदनशील र महत्वपूर्ण परीक्षालाई नजरअन्दाज गर्दै…

Read More

झापा, १३ जेठ । खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंले बिद्यालयमा शैक्षिक सुधार गर्ने उदेश्यले बिद्यार्थीलाई पोशाक बितरण गरेको छ । समाजले हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० स्थित बिजुलेमा रहेको हिम गंगा आधारभूत बिद्यालयमा अध्ययनरत ४० जना बिद्यार्थीलाई पोशाक बितरण गरेको हो । बिद्यालयमा अध्ययनरत बालबालिकाका लागि समाजले जेठ ११ गते बिद्यालयमै पुगेर ट्रयाक्कसुट बितरण गरेको समाजका सचिव कृष्णप्रसाद पुरीले जानकारी दिए । समाजका अध्यक्ष सरोज पुरी (भीम) को अध्यक्षतामा भएको पोशाक बितरण कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १० का अध्यक्ष अर्जुन पुरीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत बिद्यालयकी शिक्षिका बिष्णुकुमारी अधिकारीले गरेको कार्यक्रमको सञ्चालन बिद्यालयकी प्रधानाध्यापक रामकला…

Read More

भद्रपुर, १२ जेठ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आवको सोही अवधिको तुलनामा रु एक करोड १६ लाख ७२ हजार आठ सय २९ रकम बढी राजस्व सङ्कलन गरेको सूचना अधिकारी नेत्रप्रसाद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार गत आवको १० महिनामा भद्रपुर नगरपालिकाले रु तीन करोड ६९ लाख ९३ हजार नौ सय ४४ राजस्व सङ्कलन गरेको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । वैशाख मसान्तसम्म ८८ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन…

Read More

झापा, १२ जेठ । मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ । यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो । “चालु आर्थिक वर्ष २०८०र८१ को सुरुमा कूल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा रु ९८ अर्ब आठ करोड थप प्राप्त भई कूल ऋण रु २३ खर्ब ९७ अर्ब रहेको छ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, “चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण रु ११ अर्ब ६४ करोड…

Read More