झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ जेठ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो…

Read More

झापा, १६ जेठ । अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपाली युवकहरूको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो। सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए । घटनास्थलमा उद्धारकर्मी पुगेर दुई जनालाई निकालेर प्राथमिक उपचार दिइएको प्रहरीको भनाई छ। तर, केही समयपछि दुवै जनालाई घटनास्थलमा मृत घोषित गरिएको थियो। एजेन्सी

Read More

भद्रपुर, १६ जेठ । झापाको भद्रपुर नगरपालिकाले लैंगिक हिंसा निगरानी समूहको क्षमता विकास गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाले तीन दिने तालिमको आयोजना गरी समूहको क्षमता विकास गरेको हो । जेठ १३ गतेदेखि शुरु भएको तालिम जेठ १५ गते समापन गरिएको छ । लैंगिक हिंसा निगरानी समूहका संयोजक तारा सुवेदीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । नगरका १० वटै वडाका ५१ जना सहभागी भएको कार्यक्रमको सहजीकरण अधिवक्ता शान्ता पाठक र जिल्ला प्रहरी कार्यालय झापाले गरेको थियो । तालिममा देवानी संहिता, फौजदारी…

Read More

चन्द्र बस्नेतकनकाई, १६ जेठ । झापाको कनकाई नगरपालिकामा शव वाहन आउने भएको छ । रोटरी क्लब अफ कनकाई सुरुङ्गाको समन्वय तथा अन्तरास्ट्रिय झापाली समाज अमेरिकाको सहयोगमा कनकाईमा शव वहान आउने निश्चित भएको रोटरी क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो । आज झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमकैबीच झापाली समाज युएसएले कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेललाई शव वहानको चाबी हस्तान्तरण गरेको थियो । झापाली समाज युएसएको पहलमा रकम संकलन गरी शव वहान खरिदका लागि रकम पठाइएको थियो । शव वहानको चाबी हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेल, संस्थापक अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती , पुर्व अध्यक्षहरु कुमारमणि पोखरेल…

Read More

कालीस्थान, १५ जेठ । १७ औ गणतन्त्र दिवसको अवसर पारेर कालिका सस्कृत बिद्यापीठ अध्ययनरत बिद्यार्थीहरुले अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेका छ्न । प्रतियोगितामा चार समूह सहभागी थिए । प्रतियोगितामा गणेश निरौला नेतृत्वको मधेस प्रदेश समूह प्रथम, प्रयास खतिवडा नेतृत्वको कोशी प्रदेश समूह दोस्रो, दिप्सन पोखरेल नेतृत्वको गण्डकी प्रदेश समूह तृतीय भएका थिए । बिद्यालयका प्राचार्य आ. रघुनाथ रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कालिकापीठ कालीस्थानका सचिब भोलानाथ पोखरेल, सहसचिव राम मिश्र, सह–प्राचार्य भरत अधिकारी लगायतको आतिथ्य रहेको थियो । आकाश निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रवेश खतिवडाले सहजीकरण गरेका थिए भने सबिन ढकाल र उमेश निरौलाले सन्चालन गरेका थिए ।

Read More

झापा, १५ जेठ । झापाको मेचीनगरमा आज दिउँसो डुबेर एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–३ निन्दा खोलामा सोही वडाको बडाखालका ४० वर्षीय धनराज भण्डारी डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलामा पौडि खेल्ने क्रममा डुबी बिहोस भई तत्काल स्थानीयबासीले देखेर भण्डारीको उद्धार गरेका थिए । उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पठाइएकोमा उपचारको क्रममा डाक्डरले मृत घोषणा गरेको थिए । घटनाको अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएको थियो । घटना स्थल मुचुल्का सम्पन्न गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

इलाम, १५ जेठ । एन्फा इलाम जिल्ला लिगमा माइभ्याली फुटबल क्ल्ब बिजयी बनेको छ । इलामको ठुलो टुडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माइभ्यालीले ३ अंक जोडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो । खेलको २१ औ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरी गरे । दोश्रो हाफको १५ औ मिनेटमा सागर न्यौपानेले पेनाल्टी मार्फत गोल गर्दै माईभ्यालीलाई महत्वपुर्ण ३ अंक दिलाए । बुधबार ठुलो टुडिखेलमा हेल्लो जस्बिरे र रेडहर्स फुटबल क्लब तथा देउराली स्र्पोटिङ क्लब र क्लब…

Read More

विराटनगर, १५ जेठ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरूको छाता संगठन (पान) मोरङको प्रथम अविधेशनले नयाँ कार्यसमिति चयन गरेको छ । साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । पानले आगामी गतिविधिहरु पालिका स्तरसम्म पुर्याउने समेत जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्न समेत निर्णय गरेको छ । भेला कबीर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीको विशेष अतिथ्यतामा…

Read More

झापा, १५ जेठ । महिलातर्फको फुटबल प्रशिक्षणका लागि अण्डर १३ तर्फ अखिल नेपाल फुटबल संघ (एन्फा)–को छनोटमा परेकी झापा भद्रपुर निवासी रिक्छेन गुरुङलाई भद्रपुर झापा गोल्डकपले सम्मानसहित सफल खेल जीवनका लागि बधाइ ज्ञापन गरेको छ । भद्रपुर झापा गोल्डकपकै अगुवाइमा भइरहेको महिला फुटबल प्रशिक्षणमा नियमित सहभागिता जनाइरहेकी रिक्छेनलाई एन्फाले महिला फुटबल प्रशिक्षणका लागि कोशी प्रदेशबाट छनोट गरेको हो । भद्रपुर झापा गोल्डकपका फुटबल प्रशिक्षकहरु गम्भीर राई, अर्जुन राई, भरत गुरुङ र टेकबहादुर राईले विगत ६ महिनादेखि भद्रपुर क्षेत्रका २२ जना महिला खेलाडीलाई फुटबलको प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षमा फरवार्ड पोजिशनमा आफूलाई अब्बल सावित गर्दै आएकी रिक्छेनलाई एन्फाले उनको खेल कौशल…

Read More

झापा, १५ जेठ । सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।आउँदो आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम फिर्ता गरिने जानकारी गराउनुभएको हो । उहाँले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताउनुभयो ।त्यस्तै, आगामी १० वर्षमा ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य, १५ लाखलाई रोजगारीकृषिमा लगानी दशक घोषणाआउँदो वर्ष आर्थिक सुधारको वर्ष घोषणाउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेटउच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने घोषणा५ लाख भूमिहीन परिवारलाई लालपूर्जा दिने घोषणाविदेशबाट…

Read More