
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ माघ । सुनचाँदीको भाउ आज पनि बढेको छ । भाउ बढेर सुनचाँदीको भाउ आज अहिलेसम्मकै उच्च भएको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ९५ रुपैयाँले बढेर तोलाको ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँ थियो ।
बिर्तामोड, १२ माघ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले एक विद्यार्थीको उपचारमा आर्थिक सहयोग गरेको छ । बिर्तामोड नगरपालिका–३ का १६ वर्षीय किशोर आर्यनकुमार महत्तोको उपचारमा इक्यान झापाको सामाजिक उत्तरदायित्व विभागले आर्थिक सहयोग गरेको हो । एप्लास्टिक एनीमिया नामक रोगका कारण हाल भारतको नयाँदिल्ली स्थित एम्स हस्पिटलमा उपचारत रहेका महत्तोलाई इक्यान झापाले सामाजिक उत्तरदायित्व अन्तरगत ३६ हजार रुपैंया आर्थिक सहयोग गरेको हो । बिर्ताबजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको र उनको उपचारमा करिब ५० लाख रुपैंया खर्च लाग्ने बताइएसंगै महत्तो परिवारले सहयोगको याचना गरेको थियो । सहयोग रकम लिएर इक्यान झापाको टोली उनको घरमै…
झापा, १२ माघ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. २ मा नेकपा (एमाले)ले प्रदेश कमिटी सदस्य एकराज कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । विर्तामोडमा सोमबार क्षेत्रीय कमिटी बैठकमा निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । निर्वाचन परिचालन समितिको सहसंयोजकमा जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी र सचिवमा बद्रि भट्टराई चयन भएका छन् । निर्वाचन परिचालन समितिमा क्षेत्र नं. २ भित्र रहने प्रदेश कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू, क्षेत्र नं. २ भित्र रहने प्रदेश विभाग तथा सल्लाहकारहरू, झापा जिल्ला लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरू, झापा २ क्षेत्रीय र प्रदेश क्षेत्रीय कमिटीका पदाधिकारी सदस्यहरू, झापा जिल्ला सल्लाहकार…
मुम्बई, १० माघ । विवादास्पद अभिनेता तथा फिल्म समीक्षक कमाल राशिद खान (केआरके) लाई मुम्बई प्रहरीले शनिबार पक्राउ गरेको छ। मुम्बईको ओशिवारास्थित एक आवासीय भवनमा गोली चलाएको घटनामा संलग्न रहेको भन्दै उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार केआरकेले १८ जनवरीमा ओशिवाराको नालन्दा सोसाइटीमा आफ्नो इजाजतप्राप्त बन्दुकबाट दुई राउन्ड गोली चलाएको स्वीकार गरेका छन्। उनी विरुद्ध भारतीय न्याय संहिता र आर्म्स एक्टका विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सो सोसाइटी परिसरबाट दुईवटा गोलीका खोका बरामद गरेको थियो । ती खोकाहरूमध्ये एउटा दोस्रो तलामा र अर्को चौथो तलामा फेला परेका थिए । रोचक कुरा के छ…
झापा, १० माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकप २०२६ मा बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई खेलाउने भएको छ । सुरक्षाको कारण देखाउँदै बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा टोली पठाउन अस्वीकार गरेपछि आईसीसीले टी–२० विश्वकपमा बङ्गलादेशको सट्टा स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको छ । प्रतियोगिताका लागि बङ्गलादेश सरकारले टोलीलाई भारत पठाउन नदिएको बीसीबीले जानकारी गराएपछि आईसीसीले हिजो बेलुकी बीसीबीलाई निर्णयको बारेमा जानकारी गराएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । बीसीबीले सुरक्षा कारण देखाउँदै आईसीसीलाई आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न अनुरोध गरेको थियो । तर आईसीसीले बीसीबीको अनुरोधलाई अस्वीकार गरेको हो ।
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा), १० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु गैरकानुनी गतिविधि भएको बताउनुभएको छ । शनिबार जिल्ला समन्वय समिति धनकुटामा आयोजित धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय झण्डा ओढेर कुनै पनि गतिविधि गर्नु कानुनविपरीत भएको बताउनुभयो । उहाँले राष्ट्रिय झण्डाको अपमान गर्न नपाइने स्पष्ट पार्नुभयो । विभिन्न पार्टीले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै राष्ट्रिय एकता र प्रतिकको अवमूल्यन भएको बताउनुभयो । यस्तै, उहाँले नेपालीको साझा प्रतिकका रुपमा रहेको राष्ट्रिय झण्डा ओडेर भोट माग्ने, व्यक्तिका घर, सार्वजनिक प्रतिष्ठान, सम्पत्तिमा…
काठमाडौं, १० माघ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन्। उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गरे। नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी संयोजक प्रचण्डले देश वर्तमान संकटबाट मुक्त गराउन नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । उलले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको बताए । चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका…
एजेन्सी, १० माघ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जादा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना बच्चालाई जीवितै उद्धार गर्न सफल भएको अधिकारीहरूले बताएका छन् । यो घटना जिल्लाको पाहाडी क्षेत्रमा भएको हो, जहाँ भारी हिमपातका कारण हिमपहिरो आउदा १० जनाको परिवारलाई हिउँ र भग्नावशेषमुनि पारेको उद्धार प्रवक्ता बिलाल फैजीललाई उदृत गर्दै सिन्हुवाले जनाएको छ । भारी हिमपात र चरम मौसमको अवस्थाले पाहाडी क्षेत्रहरूमा हिमपहिरो लगाएतका घटनाहरूको जोखिमलाई उल्लेखनीय रूपमा बढाएको र बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न र रहन सतर्क रहन आग्रह गरेको उनले बताए । यस क्षेत्रमा प्रतिकूल मौसमको अवस्था जारी रहँदा उद्धार टोलीलार्ई उच्च…
काठमाण्डौ, १० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताउनुभएको छ । गृहजिल्ला झापाबाट हिजो काठमाण्डौ फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको उहाँको भनाइ थियो । पार्टी मुख्यालय च्यासलमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अस्ति म यताबाट झापा जाँदा अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गर्यो । हैरान पारेको छ । किन त्यस्तो गरेको भन्दा…
भद्रपुर, ९ माघ । झापाबाट केन्द्रीय कार्यालयमा सरुवा भएका प्रहरी उपरीक्षक राजन लिम्बूलाई झापा उद्योग वाणिज्य संघले सम्मानसहित विदाइ गरेको छ । संघको सभाहलमा आज एक कार्यक्रम आयोजना गरी प्रहरी उपरीक्षक लिम्बूलाई सम्मानसहित विदाइ गरेको हो । एकवर्षे कार्यकालमा झापामा विवादरहित ढंगले उद्योगी–व्यवसायीलगायत झापाली नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा एसपी लिम्बूलाई सम्म्मापत्रसहित मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष एवम् झापा औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले सम्मानपत्र हस्तान्तरण एसपी लिम्बूलाई सम्मानपत्रसहित मायाको चिनो हरुतान्तरण गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष बाबुराम पराजुलीसहित पदाधिकारी–सदस्यहरुले एसपी लिम्बूलाई खादा अबिर…