
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल वैशाख २४ गते विभाजन भएपछि प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत लिने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले कम्तीमा १५७ भन्दा कम नहुने गरी विश्वासको मत लिने तयारी गरिरहेका छन् । माओवादीले दाबी गरे अनुसार विश्वासको मत पाएमा प्रधानमन्त्रीको पक्षमा एमालेको ७७, माओवादीको ३२, रास्वपाको २१, एकीकृत समाजवादीको १०, जसपाको ७, जनमत पार्टीको ६, नाउपाको ४ र आम जनता पार्टीको एक गरी कुल १५८ मत रहनेछ । जसपाको दुवै समूहले मत नदिएको अवस्थामा समेत प्रधानमन्त्रीले…
झापा, ७ जेठ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानमा अहिले मेघगर्जन, चट्याङ र हावा हुरीसहित हल्का वर्षासमेत भइरहेको छ । आज दिउँसो कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। देशका बाँकी भूभागमा दिउँसो आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित दिउँसो हल्कादेखि मध्यम वर्षा हुने…
झापा, ७ जेठ । सङ्खुवासभामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा मादी नगरपालिका–६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भद्रपुर, ७ जेठ । झापा सदरमुकाम भद्रपुरमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्याइरहेका गायक तथा संगीतकार अर्जुन खरेललाई डि सिनेमा छाँयाछवि अवार्डबाट सम्मान गरिएको छ । काठमाडौंमा नेपाल चलचित्र संघले आयोजना गरेको १५ औं डि सिनेमा छायाछवि नेसनल फिल्म अवार्ड २०८१ बाट खरेललाई राष्ट्रिय कलासंम्मान गरिएको हो । भद्रपुर १० केन्द्रमोड निवासी खरेल एक दशकयता निरन्तर गीत संगीतको क्षेत्रमा कृयाशील छन् । उनले आधुनिक, लोक पप र चलचित्रका दर्जनौ उत्कृष्ट गीत गायन तथा संगीत सिर्जना गरिसकेका छन् । सो कार्यक्रमको अवसरमा विभिन्न सम्मानहरुपनि गरिएको थियो । २५ वर्षभन्दा लामो समयसम्म सेवा गरी सकेपछि प्रदान गरिने चलचित्रकर्मी रजत सम्मान यस…
झापा, ६ जेठ । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो । यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण जडान धमाधम भइरहेको उहाँले बताउनुभयो । मोरङ जिल्लाको बक्राहा नदीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । “उपकरण जडान गर्ने काम भइसक्यो,” उहाँले भन्नुभयो– “प्रणालीमार्फत आउने जानकारीलाई विभागको वेबसाइटमा राख्ने…
बिर्तामोड, ६ जेठ । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको अध्यक्षमा खड्गराज गिरी सर्वसम्मत चयन भएका छन् । झापाको बिर्तामोडमा आइतवार भएको नगरको बिशेष चौथो नगर अधिबेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा खेमराज गिरी, उपाध्यक्षमा सम्झना पुरी (गिरी), सचिवमा धनबहादुर पुरी (प्रजित), सह–सचिवमा बिनोद गिरी (बद्री) र कोषाध्यक्षमा बिदुर गिरी सर्वसम्मत चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा रणबहादुर गिरी, पदुमादेबी पुरी (पुनम), विश्वनाथ बन, हरि गिरी पनि सर्वसम्मत चयन भएका छन् । अन्य सदस्य आवश्यकताका आधारमा समितिले मनोनित गर्ने जनाइएको छ । कार्यक्रमकामा अक्षयकोष सञ्चालन तथा ब्यवस्थापन समितिसमेत सार्वजनिक गरिएको छ । नेपाल दशनामी समाजका…
कनकाई, ६ जेठ । झापामा पूर्व प्रधानमन्त्री केपी ओलीसँग यहाँका बालबालिकाले सवाल–जवाफ गर्ने भएका छन् । झापा जिल्ला बाल सञ्जालको आयोजनामा यही जेठ ८ गते हुने ‘बासँग बालबालिका कार्यक्रम’मा पूर्व प्रधानमन्त्री ओलीसँग यहाँका बालबालिकाले सवाल–जवाफ गर्ने भएका हुन् । झापाको कनकाईमा आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी दिएको छ । जिल्लामा रहेका बालबालिको समस्या समाधान गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको बाल सञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिनुभयो । “जिल्लाभरि रहेका बालबालिकाको समस्या नेतृत्वकर्ता समक्ष पु¥याउन कार्यक्रम गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “जसले यहाँका बालबालिकाका समस्या उजागर हुनुका साथै ती समस्या समाधानका लागि नीतिगत रुपमै पहलकदमी हुने…
सरोज भट्टराई शिवसताक्षी, ६ जेठ । झापाको पर्यटकीय क्षेत्र दोमुखमा सिरिसको फुल ढकमक्कै फुलेको छ । पर्यटकको मनै लोभ्याउने गरी सिरिस फुलेपछि फोटा खिच्चे, भिडियो बनाउनका लागि भिड बढ्न थालेको छ । फोटो फिचर ।
काठमाडौं ६ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बिहान मात्र प्रधानमन्त्रीसँग भेट भएको सुनाए । उनले अगाडि भने, ‘हामी सरकारमा सहभागी छौं । त्यसैले हामीले विश्वासको मत नदिने प्रश्नै उ्ठ्दैन । इफ बट छैन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । सुदूरपश्चिममा आफ्नो दलका मुख्यमन्त्रीले विश्वासको मत पाएको र आफूहरूले पनि कोशीमा विश्वासको मत दिएको उनले उल्लेख गरे । अहिले सहमति र समझदारीका साथ जानु नै उपयुक्त हुने भन्दै नेता नेपालले भने, ‘मत माग्न आए पनि नआए पनि दिएका…
एजेन्सी, ६ जेठ । मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्गमध्ये एक हो । यसले रगत फिल्टर गर्ने काम गर्छ । यसले खास गरेर युरिया, क्रिएटिनिन, एसिड जस्ता विषाक्त पदार्थलाई रगतबाट टाढा राख्ने काम गर्दछ । खानामार्फत विषाक्त पदार्थ मूत्रथैलीमा पुग्छ, यी सारा फोहोर पदार्थ पिसाबसँगै बाहिर निस्कन्छ । तर जब मिर्गौलामा समस्या देखिन थाल्छ, यी खतरनाक चीजहरू रगतमा मिसिन थाल्छन् र हामी बिरामी पर्न थाल्छौँ । मिर्गौला निकै छिटो बिग्रने भएकोले क्रोनिक किड्नी डिजिजलाई साइलेन्ट किलर पनि भनिन्छ । तर मिर्गौला फेल हुनुअघि शरीरमा केही लक्षणहरू देखिन थाल्छ । लक्षणहरू यति सामान्य हुन्छ कि यसलाई चिन्नै मुस्किल हुन्छ । मिर्गौला…