
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २२ चैत । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो । ‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए । वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा रोशन मगर (आइटिएफ तेक्वान्दो), प्रारम्भ भण्डारी (पौडी) र अनन्त तामाङ (फुटबल), वर्ष उत्कृष्ट खेलाडी (महिला) मा त्रिशा जवेगू…
शिवसताक्षी, २२ चैत । झापाको शिवसताक्षी ४ जनता स्थित वडा कार्यालयमा निशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । शिवसताक्षीको दूधेमा रहेको श्री आदर्श बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा शिवसताक्षीको वित्तीय सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा शिवसताक्षीका दक्षिणी क्षेत्रका ४१५ जनाले सेवा लिएका छन् । जसमा मोतिया विन्दु भएका १६ जनालाई निशुल्क अपरेशनका लागि मेची आँखा अस्पताल लगिने जना रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । शिवसताक्षीका दक्षिणी क्षेत्र वडा नं. ४, ५, ६ का नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको सहकारीका व्यवस्थापक प्रकाश पोख्रेलले जनाकारी दिए । मेची आँखा अस्पतालको प्रविधिक सहयोग…
काठमाण्डौ, २२ चैत । बैंक तथा वित्तीय संस्थाले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने भएका छन् । अहिले स्थानीय तहको सञ्चित कोषमा मौज्दातको रुपमा रहेको सरकारी पैसाको अधिकतम ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका थिए । अघिल्लो हप्ता बसेको मन्त्रीपरिषद्को बैठकले यो व्यवस्था खारेज गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने व्यवस्था मिलाउने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णय बमोजिम अर्थमन्त्रालयले राष्ट्र बैंकलाई निर्देशनात्मक पत्र पठाएको हो । बैंकहरुले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउँदा बैंकहरुसँग भएको अहिलेको निक्षेपमा १ खर्ब ४२ करोड रुपैयाँ बराबरको निक्षेप घट्नेछ । वाणिज्य बैंकहरुसँग ५४…
इलाम, २२ चैत । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो । यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ । गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ । जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन । लेकाली क्षेत्रमा अझै मुना नपलाएको किसान ठाकुर खतिवडाले बताउनुभयो । मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको छ…
झापा, २२ चैत । झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो । चोरी गर्नेको पहिचान हुन सकेको छैन । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार गौरादह–५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको छ । यसअघि गत चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी हुदाँ रु १२ लाख ८७ हजार ६ सय २३ चोरी भएको व्यवस्थापक तिलक कार्कीले बताउनुभयो…
इलाम, २२ चैत । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् । उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भनिन्, “कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।” बुधबार एक औपचारिक कार्यक्रमका बीच नगचबवगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गरे । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना…
झापा, २२ चैत । इलाम–२ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ । आगामी बैशाख १५ गते हुने उप–निर्वाचनमा थेगिम पहिचान पक्ष रहेकाले सर्वसम्मत समर्थन गर्ने निर्णय भएको पार्टीका प्रदेश नं. १ अध्यक्ष धनबहादुर पङ्धाकले जानकारी दिनुभयो । इलाममा बसेको बैठकले थेगिमलाई समर्थन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यसैगरी, पार्टीले उपनिर्वाचन लक्षित संघर्ष समितिले गठन गरेका विभिन्न समितिमा प्रतिनिधि समेत चयन गरेको छ । उपनिर्वाचनका लागि संघर्ष समितिले गठन गरेको निर्देशन समितिमा ज्ञानबहादुर गुरुङ, निर्वाचन परिचालन समितिमा बलराम खवास, आर्थिक समितिमा एबी पङ्धाक, प्राविधिक…
बिर्तामोड, २२ चैत । बिर्तामोड १० वडा खेलकुद विकास समितिको आयोजनामा जारी चौथो वडाअध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको बुधबार भएको अन्तिम क्वाटर फाइनल खेलमा तेलकानी–हाम्रो तेलकानी–सिद्धिबिनायक टोल विजयी भएको छ। भुतेनी–नगर गौरवविरुद्ध तेलकानी–हाम्रो तेलकानी–सिद्धिबिनायक टोलले ५–० को फराकिलो गोल अन्तरले विजयी बनेको हो । विजयी टिमका तर्फबाट विक्रम लिम्बू खेलमा ४ गोल गर्दै खेलको सर्वाधिक गोलकर्ता बनेका छन् । खेलमा विजयी टिमकै तर्फबाट विशाल हेमरमले १ गोल गरेका थिए । यसैगरी, खेलको म्यान अफ दि म्याच विजयी टिमका ४ गोल गरेका विक्रम लिम्बू घोषित भए । बितामोड–१० वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिर्तामोड–१० का वडाध्यक्ष…
झापा, २१ चैत । प्रहरीले वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । भारत मोतिहारी घर भएका २३ वर्षीय मोतिबाबु अन्सारी र झापा घर भएकी ४४ वर्षीया ज्ञानवती ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो । अन्सारीले दुबई पठाउँछु भनेर २ लाख ८० हजार र मलेसिया पठाउँछु भनेर ताजपुरियाले १ लाख २५ हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले जानकारी दिए ।
झापा, २१ चैत । जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड नगरपालिका–५ र शिवसताक्षी नगरपालिका–६ मा कालाजारको सङ्क्रमित भेटिएको बताए । बिरामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो । उनले कालाजारका सङ्क्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिए । यही चैत महिनामा फेला परेका दुवै सङ्क्रमित पुरुष छन् । उनले हाल जिल्लाका विभिन्न स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र सरोकारवाला लगायतसँगको समन्वयमा अभिमुखीकरण तथा कालाजार…