
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवसताक्षी, १० जेठ । नेकपा एमाले शिवसताक्षी नगर कमिटीको दोस्रो नगर अधिवेशन आजबाट सुरु भएको छ । आज शिवसताक्षीको दूधेमा दोस्रो नगर अधिवेशनको नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै एलपी साँवा लिम्बुले नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल नेतृत्वमा २००६ सालमा स्थापना भएर विभिन्न आरोह अवरोह पार गर्दै यो अवस्थामा आएको बताए । उनले नेकपा एमालेको जबजको सिद्धान्तको मार्गदर्शन अंगाली मुलुकलाई समृद्ध बनाउनु पर्छ भनेर पार्टीका धेरै योद्धाहरुको त्याग बलिदानबाट आज हामी यो अवस्थामा आइपुगेको जानकारी दिए । उनले नेकपा एमालेले दोस्रो अधिवेशनमो पार्टीलाई एक ढिक्का बनाएर लैजाने सक्ने नेतृत्व चयन गर्न सबै…
बिर्तामोड, १० जेठ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ सुकुम्बासी टोलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बुधबार बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ३६ बर्षिय कृष्ण ठाकुर र सुनसरी दुहवी नगरपालिका–२ स्थायी घर भई हाल विर्तामोड–४ बस्ने ४२ बर्षिय खड्गनारायण चौधरीलाई पक्राउ गरेको जनाइएको छ । चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ७ ग्राम ५१० मिलिग्राम, गाँजा २८९ ग्राम ९७० मिलिग्रामसहित नियन्त्रण गरिएको थियो । उनीहरुका साथमा रहेका नगदसहित बिभिन्न सामान…
भद्रपुर, १० जेठ । गर्भावस्था र स्तनपान गराउने बेलामा उचित पोषण भएन भने आमाको स्वास्थ्य र जन्मने शिशुको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भन्दै भद्रपुर नगरपालिकाले गर्भवती महिलाहरुलाई पौष्टिक आहार प्रदान गर्दै आएको छ । आमासंँग नगर उपप्रमुख कार्यक्रम अन्तरगत पालिकाले बार्षिक नीति तथा कार्यक्रम मार्फत बजेट ब्यवस्थापन गर्दै गर्भवती महिलाका लागि पौष्टिक आहार प्रदान गर्दै आएको हो । जसमा गर्भवती महिलालाई आवश्यक पर्ने पौष्टिक आहारसँंगै मह र घिऊ समेत प्रदान गर्ने गरिएको भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताइन् । यो सेवा लिन गर्भवती महिलाले सामुदायिक अस्पतालमा कम्तीमा दुईपटक स्वास्थ्य जाँच गराएको हुनुपर्छ –उपप्रमुख कार्कील भनिन्– सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य…
झापा, १० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश…
झापा, १० जेठ । शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा…
झापा, १० जेठ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने बताएको छ । कोसी, मधेस प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का…
झापा, १० जेठ । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो । नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिए । “चालु आवको दुई…
हल्दिबारी, ९ जेठ । नेकपा (एमाले) हल्दिबारी गाउँ कमिटीको दोस्रो गाउँ अधिवेशन आगामी जेठ १२ र १३ गते हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनको सबै तयारी पूरा भइसकेको गाउँ कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । अधिवेशनलाई सफल बनाउनका लागि कमिटीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा ३०१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । मोहनचन्द्र रेग्मीको संयोजकत्वमा आर्थिक उपसमिति, हरिकृष्ण अधिकारीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, महेश मेचेको संयोजकत्वमा प्रचार प्रचार उपसमिति, खेम न्यौपानेको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, प्रकाश चुडालको संयोजकत्वमा खाद्यान्न उपसमिति, कल्पना रेग्मीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, त्रिलोचन सापकोटाको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति र आरपि…
झापा, ९ जेठ । सहमतिय आधारमा नेपाल पत्रकार महासङ्घ झापा शाखाको नेतृत्व चयन गर्न आह्वान गरिएको छ । बुधबार पत्रकारका विभिन्न संघ–संगठनसँग छलफल गर्दै प्रेस चौतारी झापाले त्यस्तो आग्रहसहित आह्वान गरेको हो । उक्त आह्वानप्रति पत्रकारका अधिकांश संगठन सहमत देखिएको जनाइएको छ । महासङ्घको गरिमालाई जोगाउँदै पत्रकारको पेशागत सुरक्षा र संरक्षणका लागि सहमतिका आधारमा नेतृत्व चयन गर्ने बेला आएको प्रेस चौतारीले जनाएको हो । सञ्चार क्षेत्रमा देखिएको जटिलता र चुनौती व्यवस्थापनमा पनि साझा ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको सहभागीहरुले बताएका छन् । सबै सङ्घ संगठनको प्रतिनिधित्व हुने गरी महासङ्घको नेतृत्व चयन गर्नुपर्नेमा उनीहरूको जोड छ । कार्यक्रमका सहभागीले पत्रकारका सङ्घ…
बिर्तामोड, ९ जेठ । कोशी प्रदेशमै पहिलो पटक गत जेठ ६ गते शुरु भएको चलचित्र महोत्सव अन्तरगत झापामा भएका विभिन्न कार्यक्रम आजदेखि सम्पन्न भएको छ । ११ गतेसम्म हुने अन्य कार्यक्रमहरु बिराटनगरमा भइरहेको छ । लामो समयदेखि सिथिल बनेको चलचित्र क्षेत्र महोत्सव पछि उत्साहित बनेको छ । कोशी प्रदेश सरकारले चलचित्रको प्रबद्र्धनका लागि बजेट दिएपछि झापाको बिर्तामोड र मोरङको बिराटनगरमा महोत्सव अन्तरगत विभिन्न कार्यक्रम भइरहेका हुन् । चलचित्र महोत्सवले निर्माता, कलाकार, चलचित्र व्यवसायी उत्साहित बनेका छन् । महोत्सव व्यवस्थापनको जिम्मेवारी पाएको चलचित्रकर्मी संघ कोशीका अध्यक्ष केवल तामाङले महोत्सवले मुर्झाएको चलचित्र क्षेत्र उत्साहित बनेको बताउनुभयो । “महोत्सवले चलचित्रको सर्वाङ्गीण विकासमा टेवा…