झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिवसताक्षी, १२ बैशाख । नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीले एमालेले इलाम क्षेत्र नं. २ का लागि युवा र विद्धान उम्मेद्वार सुहाङ्ग नेम्वाङ्गलाई जिताउन आग्रह गरेका छन् । आज इलाम क्षेत्र नं. २ का चुलाचुलीको आम सभालाई सम्बोधन गर्दै ओलीले देश बनाउने पार्र्टी एमाले र त्यसमा पनि त्यस क्षेत्रमा एउटा इमान्दार, निष्ठावान र जुझारु युवा भएकाले सुहाङ्गले यहाँका नागरिकमा गरेको भरोसालाई साकार पार्न यहाँका जनता लाग्नु पर्ने बताए । अध्यक्ष ओलीले देश बनाउनको लागि निर्णायक राष्ट्रिय शक्ति चाहिने बताए । सधैँ गठबन्धनले देश नबन्ने ओलीको धारणा छ । त्यसैको लागि नेकपा एमालेले मिसन २०८४ भनेको उनले भने, । ‘देश…

Read More

झापा, १२ बैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले आफ्नो नेपाल भ्रमण सफल बनाएकोमा नेपाल सरकार र यहाँका जनतालाई धन्यावाद दिएका छन् । आफ्नो एक्स (ट्वीटर) मार्फत उनले मित्र राष्ट्र नेपालको पहिलो भ्रमणको क्रममा यहाँको ऐतिहासिक कुरा तथा आर्थिक अवस्थाको बारेमा जानकारी प्राप्त भएको बताउँदै उनले अतिथ्यका लागि उनले धन्यवाद दिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा आर्थिक सम्बन्ध तथा द्विपक्षीय सहयोगलाई अझ उचाइमा पुर्‍याउने विभिन्न विषयमा कुराकानी भएको उनले उल्लेख गरेका छन् ।

Read More

झापा, १२ बेशाख । जिल्लाको झापा गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । आज दिउँसो झापा गाउँपालिका–१ सितुमारीस्थित कार्कीचोकबाट इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघन्डुब्बाबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत किसनगञ्ज सिंहिमारी ग्रामपञ्चायत–८ का ५५ वर्षीय अजुमुदिन आलम र कदुभिट्टा ग्रामपञ्चायत–२ का २६ वर्षीय मुस्ताहक आलमलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर करिब ९१ ग्राम ३८० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

कनकाई, १२ बैशाख । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले हात्तीपाइलेको औषधि नखानेलाई नगरको सेवा सुबिधाबाट बञ्चित गरिने बताएका छन् । कनकाई नगरले नगरवासीको सवै दुःख सुखमा साथ र सहयोग गरेको बताउँदै नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर यस बर्ष नगरले त्यस्तो निर्णय गरेको नगर प्रमुख पोखरेलले बताए । उनले नगरले नगरवासी सर्वसाधारणकै स्वस्थ्यका लागि कार्डको ब्यवस्था गरेको बताउँदै हात्तीपाइलेको औषधि नखानेलाई नगर र वडाबाट पाउने सेवासुबिधाबाट बन्चित गरिने बताएका हुन् । कनकाई नगर हरेक क्षेत्रमा पहिलो हुँदै गएपनि हात्तीपाइले औषधी सेवनमा पछि परेकाले नगरबासी सम्पूर्णलाई यस बर्षको हात्तीपाइले रोगको औषधि सेवन गरेर हात्तीपाइले रोग पूर्ण रुपमा मुक्त गर्न आग्रह गरेका…

Read More

कनकाई, १२ बैशाख । झापाको कनकाई नगरपालिकामा कीटजन्य रोगहरु बारेमा स्वास्थ्यकर्मी, स्वयम्सेविका तथा अन्य सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ । स्वास्थ्य कार्यालय झापाको आयोजना र कनकाई नगरपालिकाको सहजीकरणमा आज नगरपालिकाको सभाहलमा अन्तरक्रिया भएको हो । सबैले औषधि खाऔं, यो वर्ष अन्तिम बनाऔं भन्ने नाराका साथ बैशाख १६ गतेदेखि शुरु हुन गइरहेको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रमलाई सफल पार्ने उद्देश्यले अन्तरक्रिया गरिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले बताउनुभयो । हात्तीपाइले समेत कीटजन्य रोग भएकाले यस वर्ष हात्तीपाइले रोगविरुद्धको अभियानलाई सफल पार्न यसैमा जोड दिइएको उहाँको भनाइ छ । झापामा १३ औं पटक बैशाख १६ गतेदेखि हात्ती पाइले रोगविरुद्धको आम…

Read More

झापा, १२ बैशाख । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–४ का २५ वर्षीय मौसम राई, सोही मोटरसाइकल पछाडि सवार २० वर्षीय युनिस भण्डारी, सोही मोटरसाइकल पछाडी सवार १७ वर्षीय सरोज रेग्मी रहेका छन् । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

Read More

कनकाई, १२ बैशाख । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा हनुमान मूर्ति प्राण प्रतिष्ठा तथा मन्दिर उद्घाटन गरिएको छ । हनुमान जन्मजयन्तीको पावन दिनमा मुर्ती प्राणप्रतिष्ठा र मन्दिर उद्घाटन गरिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाईँको बाहुलीबाट मन्दिर उद्घाटन गरिएको हो। स्थानीय दिपक पोखरेल र गोकुल पराजुली लगायतको परिकल्पना सहितको आर्थिक तथा भौतिक सहयोगमा निर्माण सम्पन्न भएको हनुमान मन्दिरमा तिन दिन सम्म विधिपूर्वक पूजाआजा प्राणप्रतिष्ठा समेत गरिएको थियो । उद्घाटन क्षणमा पण्डित जयभद्र सुवेदीले स्वस्तिक वाचन गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रमुख अतिथि प्रसाईँले मन्तव्य राख्दै‘हनुमान भनेको शक्ति र भक्तिको प्रतीक…

Read More

झापा, ११ बैशाख । झापाको पूर्वी नाका काँकरभिट्टा शिल गिरएको छ । आगामी बैशाख १४ गते भारतमा १८ औँ लोकसभा निर्वाचन हुने भएकोले उक्त निर्वाचन अवधिभर नेपाल–भारत सीमा नाका शिल गरिएको हो । नाका शिल गरिएको पत्र भारतको दार्जिलिङ जिल्लाबाट प्राप्त भएको र झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थितमा रहेको नेपाल–भारत सीमा नाका आजदेखि बेलुका ६ बजेदेखि १५ गते बेलुका ६ बजेसम्मका लागि बोडर बन्द गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More