झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

लक्ष्मीपुर, १७ चैत । लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । झापाको कनकाई र अर्जुनधारामा कार्यालय रहेको संस्थाले शनिबार (आज) अर्जुनधारा–५ स्थित बिहीबारे बजारमा साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष लीलाबहादुर कटुवालको अध्यक्षतामा भएको कार्याक्रममा कोशी प्रदेश सांसद चिन्तन पाठक (त्रिलोचन) को प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका सदस्य हेमकुमारी चौधरीले गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशवप्रसाद ओझाले गरेका थिए । कनकाई ८ र ९, अर्जुनधारा ५ साविक ६ साथै बिर्तामोडकोसमेतका केही क्षेत्रलाई शुद्ध खानेपानी बितरण गर्ने उदेश्यले स्थापना भएको संस्थामा हाल ७८१ वटा धारा जडान गरिएको अध्यक्ष कटुवालले प्रस्तुत गरेको…

Read More

शिवसताक्षी, १७ चैत । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको शनिबार दुई खेल भएमा छन् । पहिलो खेलमा विर्तामोड भेट्रान क्लबलाई ट्राइबेकरमा हराउँदै र सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको छ । बिर्तामोडलाई ४–१ गोल अन्तरले हराउँदै सी.वि.सी भेट्रान क्लब चन्द्रगढी विजयी भएको आयोजकले जनाएको छ। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । त्यस्तै, आजै भएको दोस्रो खेलमा आयोजक (निलो)लाई फराकिलो गोलअन्तरले हराउँदै पुर्वेली भेट्रान क्बल विर्तामोड विजयी भएको छ । आयोजकलाई ५–० गोल अन्तरले हराउँदै पुर्वेली विजयी भएको हो ।खेलको २० औं र २४ औं मिनेटमा पुर्वेलीका जर्सी नंं…

Read More

सन्तोष शर्माझापा, १७ चैत । भारतबाट हुने अवैध आयात र दक्ष जनशक्तिको अभावले झापाका बेकरी उद्योग संकटमा पर्दै गएका छन् । लुपिछिपी झापाको सीमावर्ती क्षेत्रबाट पाउरोटी, बिस्कुट, के–क लगायत बेकरीजन्य खाद्यवस्तु भित्रिँदा यहाँका उद्योग संकटमा पर्दै गएको बेकरी उद्योग व्यवसायी संघ झापाका अध्यक्ष नरबहादुर गिरीले बताउनुभयो । “भारतबाट आयत हुने बेकरी सस्तो हुन्छ, स्वदेशी उत्पादनको गुणस्तर राम्रो भए पनि मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “जसले गर्दा उद्योग सञ्चालन गर्न गाह्रो भइरहेको छ ।” झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठले कच्चा पदार्थ आयातमा बढी भन्सार लगाइँदा स्वदेशी उद्योग संकटमा पर्दै गएको बताउनुभयो । “गहुँ आयात गर्दा ४० प्रतिशत कर लाग्छ,…

Read More

इलाम, १७ चैत । इलामको रोङ गाउँपालिका ३ कोल्बुङमा पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मेची राजमार्गबाट मार्से जाने सडक खण्डबाट खसेर मे १ त २४०८ नम्बरको ट्यांकर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका(४ का १७ वर्षीय रन्जित लिम्बुको मृत्यु भएको पशुपति नगर प्रहरीले जनाएको छ ।लिम्बुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए । घटनामा गम्भीर घाइते भएका ट्याङ्कर चालक ३६ वर्षीय मनोज राईको बिर्तामोडस्थित अस्पतालमा उपचार भइरहेको छ।

Read More

झापा, १७ चैत । झापाको कमल गाउँपालिकामा शुक्रबारराति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नम्वर–५ गुहेश्वरी निवासी ५८ वर्षीया खड्गमाया लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सुतिरहेको अवस्थामा बारबेरा सहितको घर भत्काउन थालेपछि लिम्बु भागेकी थिइन् । भाग्ने क्रममा घरभन्दा करिब ३० मिटर पर हात्तीले पछारेर लिम्बुलाई मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। तीन दिनअघि मात्रै रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्रभित्र हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो । घटनामा उनका श्रीमान घाइते भएका थिए । योसँगै चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट झापामा ७ जनाको मृत्यु इसकेका छ भने…

Read More

कनकाई, १७ चैत । झापा कनकाई–३ डाइमन टोलबाट लागुऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ सहित दुई युवा पक्राउ परेका छन् । शंकास्पद अवस्थामा सोही स्थानमा हिँडिरहेका कनकाई–४ का २१ वर्षीय सञ्जय चौधरी र ३० वर्षीय रोशन चौधरीलाई प्रहरीले चेकजाँच गर्दा सन्जय चौधरीले लगाएको फुस्रो सटको अगाडिको माथिल्लो बायाँ साइडको गोजीबाट साना–साना कालो प्लास्टिको पोका १९ थान फेला परेको र डिजिटल तराजुमा तौल गर्दा प्लास्टीकसहित २ ग्राम ६६० मिलिग्राम, नगद नेपाली नोट हजारको नोट थान तीन, पाँच सयको थान पाच, भारु नोट पाँच सयको थान एक, पचासको थान एक र रोशन चौधरीको साथबाट थोरै मात्रमा गाजा, हजारको नोट थान तीन, सयको दुई…

Read More

बिर्तामोड, १७ चैत । तमू ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगर कार्य समिति गठन गरिएको छ । शुक्रबार विर्तामोड नपा वडा नं. ३ मा रहेको बुद्धनगर टोल स्थित नवनिर्माणधीन तमू संग्राहालय परिशरमा आयोजित तेसो नगर अधिवेशन बाट कुमार गुरुङको संयोजनमा १७ कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा लछिमान गुरुङ, शेर बहादुर गुरुङ, महिला उपाध्यक्षमा हर्क माया गुरुङ, सचिवमा लिला गुरुङ सहसचिवमा ममता गुरुङ, कोषाध्यक्षमा नर जंघ घले र सह कोषाध्यक्षमा सरस्वती गुरुङ निवार्चित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा क्रमश तारा गुरुङ, चन्द्र बहादुर गुरुङ, याम बहादुर गुरुङ, डिल्ली गुरुङ, चन्द्र कला गुरुङ, यशोदा गुरुङ, लक्ष्मी गुरुङ,…

Read More

बिर्तामोड, १७ चैत । फुटबलको उर्वरभूमि बिर्तामोड–१० सैनिकबजारमा चौथो संस्करणको वडाध्यक्ष टोलस्तरीय फुटबल प्रतियोगिता शुक्रबार शुरु भएको छ । बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रतियोगिताको उद्घाटन गरिन् । महेन्द्रज्योति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा नमुना टोल विजयी भएको छ । नमुना टोलले सैनिक क्याम्प+ठुटेबर+विराट टोलको संयुक्त टीमलाई ४–२ को गोल अन्तरले पराजित गरेको हो । शुक्रबारको खेलमा विजेता टोलीका विकेस लिम्बू म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको आयोजक वडा खेलकुद विकास समितिका अध्यक्ष सुरेन तुम्रोकले बताए । प्रतियोगिताको विजेताले नगद रु ३१ हजार प्राप्त गर्नेछ भने उपविजेता…

Read More

शिवसताक्षी, १७ चैत । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा दमक लखनपुर भेट्रान क्लब विजयी भएको छ । हाम्रो भेट्रान क्लब धरानलाई १–० गोल अन्तरले हराउँदै दमक लखनपुर भेट्रान क्लब विजयी भएको हो । खेलको पहिलो हाफको १४ मिनेटमा दमकका तर्फबाट जर्सी नं. १० का सुबास आङाथापोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । निर्धारित समयमा हाम्रो भेट्रान क्लब धरानले कुनै गोल लगाउन नसकेपछि दमकले लगाएको गोल नै निर्णयक गोल बनेको थियो । खेलको म्यान अफ दी म्याच दमकका गोल किप्पर शिवजी बस्नेत घोषित भए । उनले नगद २ हजार प्राप्त गरे…

Read More

बिर्तामाड, १७ चैत । नेपाल खेलकुद पत्रकार मञ्च झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७९’ यही चैत २९ गते बिहीबार हुने भएको छ । मञ्चले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डबारे जानकारी दिएको हो । २०७३ सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको अवार्डको यो पाँचौँ संस्करण हो । बिर्तामोडमा आयोजना हुने अवार्ड २०७९ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सफल खेलाडी र प्रशिक्षकलाई प्रदान गरिने मञ्चका सचिव तथा खेल प्रतिभा छनोट उपसमिति संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए । अवार्ड फुटबलर स्वर्गीय आशिषविक्रम नेम्वाङको स्मृतिमा हुँदै आएको छ । कोशी प्रदेशमै…

Read More