झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ चैत । वैशाख १५ गते हुन गइरहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को उप–निर्वाचनमा नेकपा माओवादी केन्द्रले चार जना उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रदेश समिति कार्यालय विराटनगरले जिल्ला समन्वय समिति इलामको सिफारिसको आधारमा धिरेन्द्र शर्मा तिम्सिना (रमण), उर्मिला तामाङ (चन्दा),ओम बहादुर गुरुङ (सौरभ) र कुमार बराइली (अनिल) को नाम सिफारिस गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले जानकारी दिनुभयो । २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निधो गरिसकेको छ ।

Read More

ताप्लेजुङ, १४ चैत । ताप्लेजुङस्थित मेची राजमार्गको स्तरवृद्धि गर्नेगरी सर्वेक्षण सुरु गरिएको छ । निकै साँघुरो रहेको सडकको चौडाइ १५ मिटर कायम हुने गरी राजमार्ग स्तरवृद्धि गर्न सर्वेक्षण सुरु गरिएको हो । मेची राजमार्गअन्तर्गत सदरमुकाम फुङ्लिङबजार सुकेटार खण्डमा स्तरवृद्धि गर्न सडकको सर्वेक्षण ९नापजाँच० गरिएको छ । सडक डिभिजन इलामले राजमार्ग स्तरवृद्धि गर्ने योजनास्वरुप फुङ्लिङ–सुकेटार खण्डको सडक सर्वेक्षण गरेको हो । सडक डिभिजनका सर्वेक्षक दीपक आचार्यका अनुसार फुङ्लिङबजारको हेलिप्याडदेखि सुकेटारसम्म करिब १० किलोमिटर सडक सर्वेक्षण गरिएको छ । हेलिप्याड बजार प्रवेशद्वारदेखि गत बुधबार सुरु गरिएको सर्वेक्षणको काम सोमबार सम्पन्न भएको सर्वेक्षक आचार्यले जानकारी दिए । राजमार्ग स्तरवृद्धि गर्ने तत्कालका लागि बजेट…

Read More

धनकुटा, १४ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटावासी हर्षित भएका छन् । संविधानसभाका सदस्य समेत रहेका मनोहर नारायण श्रेष्ठले धनकुटा व्यवहारमै प्रदेशको राजधानीको महसुस भएको भन्दै खुसी व्यक्त गरे । बृहत् विराट क्षेत्रको अवधारणा अनुसार प्रदेशको राजधानी विराटनगर घोषणा गरे पनि त्यसको प्रत्याभूत नभइरहेका बेला मुख्यमन्त्री कार्कीको नेतृत्वमा पहिलो पटक मङ्गलवार धनकुटामा मन्त्रिपरिषद् बैठक बसेको हो । २०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्रिपरिषद्को बैठक बस्ने र महत्त्वपूर्ण निर्णय गरिने जनाए पनि उक्त कार्यालयमा बैठक भने बसेको थिएन…

Read More

शिवसताक्षी, १४ चैत । झापाको शिवसताक्षी नगरपालिका एक व्यापारीले वडा नं. ३ का किसानका लागि आएको युरिया मल गौरादह नगरपालिकामा पुर्याएको पाइएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीका विपिन एग्रोभेन्टस सेन्टरले कृषि सामग्रीबाट किसानका लागि ल्याएको मल गौरादह नगरपालिकाको बैगुधुरा पुर्याएको खुलेको हो । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीसहितको टोलीले उक्त मल शिवसताक्षीमा नल्याई अन्यन्त्र लगेकोे थाहा पाएपछि विपिन एग्रोभेट्सको गोदाममा छापा मारेको थियो । गोदाममा मल फेला नपेरपछि मल कहाँ गयो भनेर खोजी सुरु भएको हो । विपिन एग्रोभेन्टसका सञ्चालक विपिन भट्टराई ९० बोरा युरिया मल बैगुनधुरा पुर्याएका थिए । शिवसताक्षीको पाराबारीमा ल्याउनु पर्ने मल सिधै गौरादह…

Read More

बिर्तामोड, १३ चैत । झाापको बिर्तामोड नगरपालिका–१ पश्चिम बसस्टेण्डमा आज राति ८ः२० बजे एक युवामाथि छुरा प्रहार भएको छ । सोही स्थानका २३ वर्षीय सुनिराम मुर्मुमाथि छुरा प्रहार भएको हो । झै–झगडाका क्रममा मुर्मुमाथि चक्कु प्रहार गरिँदा उनको बाँया हातको कुममा र ढाडको माथिपट्टी गर्दनको भागमा चोट लागेर गम्भीर घाइते भएका छन् । उनको स्पाइन एक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने अबस्था तत्काल गम्भीरर रहेको छ । घटनामा सम्लग्न पाँच जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । पक्राउ पर्नेमा बिर्तामोड–१ का २३ वर्षीय राम टुडु, बिर्तामोड–६ की १९ वर्षीया एलिना श्रेष्ठ, बिर्तामोड–१ का २९ वर्षीय सुसान…

Read More

कनकाई, १३ चैत । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीको सुरुङ्गामा आज विदाई गरिएको छ । लायन्स क्लव अफ कनकाई सुरुङ्गाको आयोजनामा भएको विदाई कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका संथापक अध्यक्ष तथा लायन्सका क्याविनेट सेक्रेटरी लायन लीलाप्रसाद चिमरिया, लायन्सका पुर्व अध्यक्षहरु लायन रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान, साजन थापा, मनोज बस्नेत, पत्रकार महासंघ कोशीका कार्यसमिति सदस्य लीलाराज झापाली, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराई, सुरुङ्गा ट्राफिक प्रहरी कार्यालय प्रमुख टंकप्रसाद दाहाल लगायतले बिदाई गर्नुभएको थियो । लायन्सका तर्फबाट क्याविनेट सेक्रेटरी लीला चिमरियाले कार्कीलाई नेपाली टोपी खादा माला र मायाको…

Read More

चन्द्र बस्नेत/ समीर आलमकनकाई, १३ चैत । झापाको कनकाई–३ सुरुङ्गामा रहेको रोटरी क्लब अफ कनकाई सुरुङ्गाले यस वर्षको होली पर्व धुमधामका साथ मनाएको छ । सुरुङ्गामा स्थापना भएको छोटो अवधिमा नै स्वदेश तथा विदेशमा नै नाम कमाउन सफल रोटरी क्लब अफ कनकाई सुरुङ्गाले होली पर्वलाई पनि अन्य पर्वहरु जस्तै सामुहिक आयोजना गर्दै मनाएको हो । विगतका वर्षमा पनि नियमित रुपमा होली पर्व मनाउदै आइरहेको रोटरी क्लब अफ कनकाई सुरुङ्गाले यस बर्षमा समेत आफ्नो धर्म सस्कृतिको जर्गेना गर्नकै लागि विविध सास्कृतिक कार्यक्रमको आयोजना र सामुहिक खानाको व्यवस्था सहित पर्व मनाएको रोटरी क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिनुभयो ।…

Read More

धनकुटा, १३ चैत । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् । सम्मानित हुने खेलाडीहरूमा साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडीहरू सविता राना मगर, अमिसा कार्की, हिरा कुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, अन्जिला तुम्बाप्पो, सहित प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजारका दरले सम्मान गरिएको छ । यसैगरी मलेसियामा सम्पन्न भएको आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद ५० हजार…

Read More

ताप्लेजुङ, १३ चैत । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ का ५९ वर्षीय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ । हिजो दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमा नै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, १३ चैत । झापाको शिवसताक्षी नगरपालिकामा कनकाई सिञ्चाइ नहरको पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ । साेमबार शिवसताक्षी–११ सृष्टि टोलका १४ को रविन प्रधानले कन्काई सिञ्चाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबी मृत्यू भएको हो । नहरले बगाई सोही वडाको साइफनस्थित नहरमा रहेको फलाममा अड्की शव पानीमा डुबी  रहेको अबस्थामा स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी गराएका थिए ।

Read More