
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सोलुखुम्बु, १७ बैशाख । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका– ४ सनासा स्थितमा एक जना बिदेशी नागरीकको मृत्यु भएको छ । राहदानी नम्बर X2744600 भएकी ३६ वर्षिया MARISTARITA SINAGA नाम गरेकी ईन्डोनेसियन महिला सगरमाथा बेस क्याम्प जाने क्रममा गत १५ गते होटलमा आई बसेकोमा १६ गते बिहान होटलमा अचेत अवस्थामा फेला परेकी थिईन् । घटनाको बारेमा जानकारी पाउनसाथ तत्काल खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि होमगिल सामुदायिक अस्पताल नाम्चे लगेकोमा उपचारको क्रममा हिजो दिउँसो मृत्यु भएको थियो । घटनाबारेमा थप अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
विराटनगर, १७ बैशाख । सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिस सहित मोटरसाईकल चालक उदयपुरको चौदण्डी नगरपालिका–३ का ३५ बर्षिय सुजिल राई र पछाडी सवार उदयपुरको बेलका नगरपालिका–५ का २८ बर्षिय मिलन राईलाई नियन्त्रणमा लिएको थियो । यसैगरी हिजो मध्यान्न ४ बजे इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजार स्थित…
इलाम, १७ बैशाख । इलामको माई नगरपालिका–२ दिपु डाँडा स्थितमा सौतेनी आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ११ बजे मादक पदार्थ सेवन गरेर घर आएका २१ बर्षिय सन्देश दियालीले घरायसी बिबादको क्रममा आफ्नै सौतेनी आमा ३१ बर्षिया नेत्र माया खवासलाई धारीलो हतियार बाम्फोकले शरीरको बिभिन्न भागमा प्रहार गर्दा खवासको दाहिने हात पूर्ण रुपमा छिनेको थियो भने टाउको समेतमा गम्भिर चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरी चौकी दानबारीबाट घटनास्थलमा खटिएको टोलीले हत्यामा संलग्न दियालीलाई धारीलो हतियार सहित नियन्त्रणमा लिएको थियो भने अन्य थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ…
बिर्तामोड, १७ बैशाख । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा वेभ मा आधारित भौगोलिक सूचना तथा सम्पत्ति व्यवस्थापन र सुपरिवेक्षण प्रणाली (जीआइएस) लागू भएकोछ । दियालो टेक्नोलोजीले निर्माण गरेको यो प्रणाली आज संस्थाको सभाहलमा आयोजित एक कार्यक्रममा बीच हस्तान्तरण गरिएको हो। दियालो टेक्नोलोजीका प्रबन्धक रोषन गौतम र जन सम्पर्क अधिकारी उत्तम खड्काले संस्थाका अध्यक्ष मेघराज बास्तोला, सल्लाहकार हर्कलाला गिरीलगायत संस्थाका पदाधिकारीलाई हस्तान्तरण गर्नुभयो। जीआइएस प्रणाली मार्फत मिटर रिडिङका लागि एन्ड्रोइड मोबाइल एप्लिकेसन मिटरमार्क, बिलिङ व्यवस्थापन, सूचना र सञ्चारको लागि एसएमएस प्रणाली, अनलाइन प्रणाली बाट खानेपानी को महसुल भुक्तानी, बित्तीय लेखा, जिन्सी व्यवस्थापन, ग्राहक सेवा व्यवस्थापन, ग्राहकका लागि…
मेचीनगर, १७ बैशाख । ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाज झापा जिल्ला समितिको अध्यक्षमा रामप्रसाद ढकालको चयन भएका छन् । अधिवेशनले २१ सदस्यीय नयाँ कर्यासमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षद्वय रविना ढकाल र भतर ढकाल, सचिव मोहन ढकाल, सहसचिव रुद्रप्रसाद ढकाल, कोषाध्यक्ष चेवतनाथ ढकाल रहेका छन् । त्यस्तै सदस्यहरुमा डिल्लीराम ढकाल, युवराज ढकाल, तुलसी ढकाल, शुक्र ढकाल, बसन्त ढकाल, खेमप्रसाद ढकाल, कमल ढकाल, पुण्यप्रसाद ढकाल, पुष्प ढकाल, सन्तोष ढकाल, खेमराज ढकाल, कुशल ढकाल, प्रेमप्रसाद ढकाल, जीवन ढकाल र मेनुका ढकाल चयन भएका छन् । उक्त समितिको निर्वाचित भएको घोषणा ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रीय सचिव टेकेन्द्र…
इलाम, १७ बैशाख । इलाम–२ मा प्रतिनिधि सभा अन्तगरत भएको उपनिर्वाचनमा नेकपा एमालेले आफ्नो अग्रता बढाउँदै लगेको छ । फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाएका छन् । सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन् ।त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १०२ मत सहित चौथो स्थानमा छन् ।
झापा, १७ बैशाख । चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि उत्कृष्ट जित हासिल गरेको छ । आइतबार राति भएको इन्डियन प्रिमियर लिगको ४६ औँ खेलमा चेन्नई ७८ रनले विजयी बनेको हो । चेन्नईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १८.५ ओभरमा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि ऐडन मार्क्रमले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै, हेनरिच क्लासनले २० रन तथा अब्दुल सामदले १९ रन बनाए । अभिषेक शर्मा र नितिश कुमार रेड्डीले १५–१५ रन तथा ओपनर ट्राभिस हेडले १३ रन हिर्काए । हैदराबादलाई सस्तोमा समेट्न तुसार देशपाण्डेले ४ तथा मुस्तफिजुर रहमान र मथिसा पथिरानाले…
झापा, १७ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, मधेस र कोशी प्रदेशका केही र बाँकी भू–भागको थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा…
बुुद्धशान्ति, १६ बैशाख । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको दोस्रो दिनको खेलमा नर्थ बंगाल फुुटबल क्लब भारतलाई ३–१ गोल अन्तरले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आषिश चापागाईँले ह्याट्रिक गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोड युुनाइटेडले अग्रता लियो । मैदानको मध्यभागबाट बिर्तामोडका डिफेन्डर देबेन्द्र तामाङले गरेको फ्रि किकलाई हेडमार्फत अभिषेक गुरुङले नर्थ बंगालको पोष्टमा प्रहार गरेका थिए । उनको प्रहार गोलरक्षक राकेश सिंहको हातबाट फुत्किएको मौका पारी बिर्तामोडका छरिता स्ट्राइकर आषिश चापागाईँले गोल गरे । बिर्तामोडको अग्रता धेरै बेर टिकेन । दोस्रो हाफको दोस्रो मिनेटमा नर्थ बंगालले बराबरी गोल…
एजेन्सी, १६ वैशाख । अब विस्तारै काँचो आपहरू बजारमा आउँदैछ । यस्तोमा धेरैलाई काँचो आँप सलाद, नुनखुर्सानीसँग, अचार आदि बनाएर खान एकदमै मन पर्छ । यसका फाइदाहरू पनि छन् । तर, आज हामी काँचो आँपका केही बेफाइदाहरू छन् जसको बारेमा बताउनेछौं । –काँचो आँप धेरै खाँदा पेट दुख्ने, पखाला लाग्ने तथा एसिडिटीको समस्या हुन सक्छ ।–काँचो आँपले एकदमै गर्मी बनाउँछ जसले गर्दा तपाईंको शरीरको गर्मी बढ्न सक्छ । यसले मुखमा घाउ आउने तथा नाकबाट रगत आउने जस्ता समस्याहरू हुन सक्छन् ।–त्यस्तै काँचो आँप नियमित वा अत्यधिक सेवन गर्दा रगतमा सुगरको मात्रा घट्ने सम्भावना हुन्छ । यदी तपाईंलाई सुगरको पहिले नै…