
एजेन्सी, १६ वैशाख । अब विस्तारै काँचो आपहरू बजारमा आउँदैछ । यस्तोमा धेरैलाई काँचो आँप सलाद, नुनखुर्सानीसँग, अचार आदि बनाएर खान एकदमै मन पर्छ । यसका फाइदाहरू पनि छन् । तर, आज हामी काँचो आँपका केही बेफाइदाहरू छन् जसको बारेमा बताउनेछौं ।
–काँचो आँप धेरै खाँदा पेट दुख्ने, पखाला लाग्ने तथा एसिडिटीको समस्या हुन सक्छ ।
–काँचो आँपले एकदमै गर्मी बनाउँछ जसले गर्दा तपाईंको शरीरको गर्मी बढ्न सक्छ । यसले मुखमा घाउ आउने तथा नाकबाट रगत आउने जस्ता समस्याहरू हुन सक्छन् ।
–त्यस्तै काँचो आँप नियमित वा अत्यधिक सेवन गर्दा रगतमा सुगरको मात्रा घट्ने सम्भावना हुन्छ । यदी तपाईंलाई सुगरको पहिले नै समस्या छ भने काँचो आँप खानबाट बच्नुहोस् ।
–काँचो आँप विशेषगरी दाँतका लागि पनि हानिकारक हुन्छ । यसलाई चपाएर खाँदा दाँत कुडिने तथा चपाउँदा झन्झन् महसुस हुने समस्या हुन्छ ।
–अत्यधिक मात्रामा काँचो आँपको सेवनले घाँटी दुख्ने तथा संक्रमणको समस्या हुन सक्छ । त्यसैले सीमित मात्रामा नै यसको सेवन गर्नुपर्दछ ।
–यदी तपाईंलाई पहिले नै रूघाखोकी लागिरहेको छ भने काँचो आँप नखानुहोस् । यसले तपाईंको समस्या अझै बढ्न सक्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



