
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २६ बैशाख । ७२ औं कानून दिवशको अवसर पारेर झापा जिल्ला अदालतले पूर्व कर्मचारीलाई सम्मान गरेको छ । कानूनी राज्य स्थापनाका लागि विभिन्न समयमा झापा जिल्ला अदालतमा रहेर काम गरेका पूर्व कर्मचारीहरूलाई अदालतले सम्मान गरेको हो । मुख्य जिल्ला न्यायधिस अशोककुमार बस्नेतको अध्यक्षतामा अदालत परिसरमा सम्पन्न कार्यक्रममा नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, जिल्ला बारका सचिव सन्तोष प्रसाई, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला लगायतले मन्तव्य राख्दै विधि र प्रकृयाका लागि कानूनी राज्य अपरिहार्य रहेको धारणा राख्दै कानून अनुकुलको सेवा प्रवाहमा लाग्नु पर्ने धारणा राखेका थिए । जिल्ला न्यायधिस प्रकाशकुमार अधिकारीले स्वागत गरेको कार्यक्रममा पूर्व कर्मचारी हेमराज लम्सालले…
नेत्र बिक्रम बिमलीझापा, २६ बैशाख । झापा गाउँपालिकामा वार्षिक ३४२५ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले दिनुभएको जानकारी अनुसार चालू आर्थिक बर्ष २०८०र०८१ को चौथो त्रैमासिकसम्म सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ३ हजार ४ सय २५ पुगेको छ । यो संख्या दिनप्रतिदिन बढदै गएको छ । नेपाल सरकारले प्रदान गर्ने ८ वटा कलस्टरका १२८२ पुरुष र २१४३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छ्न । झापा गाउँपालिकाका ७ वटा वडाबाट पहिचान गरि पठाएका जेष्ठ नागरिक, जेष्ठ दलीत, एकल महिला, विधवा, पूर्ण अपांगता, अति अशक्त र अपांगता, दलित बालबालिका र लोपोन्मुख समुदायलाई नेपाल…
झापा, २६ बैशाख । झापाको बुद्धशान्ति गाउँपालिकाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘पालिका सन्देश साप्ताहिक’ पत्रिका दोस्रो बर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित पत्रिका जिल्लाको उत्तरी भेगस्थित बुद्धशान्ति गाउँपालिका क्षेत्रलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाई जनतालाई सूसूुचित पार्दै आएको छ । स्थानीय स्तरदेखि लिएर प्रदेशको विकास निर्माण शिक्षा, संस्कृित र पर्यटनका साथै यहाँका समुदायको सरोकार र जीवनशैलीलाई विश्वस्तरसम्म पुर्याउन साप्ताहिक पत्रिकासँगै पालिका सन्देश डटकम अनलाइन संस्करण समेत सञ्चालनमा रहेको पत्रिकाका सम्पादक तीर्थराज तिम्सिनाले बताएका छन् । उनले झापा जिल्लाका विभिन्न स्थानीय तह तथा इलामका केही स्थानमा प्रत्यक्ष वितरण हुँदै आएको पत्रिकालाई प्रविधिको विकाससँगै अनलाइनलाई समेत विशेष प्राथमिकतामा…
झापा, २६ बैशाख । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि…
झापा, २६ बैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै तराईका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति देशभर आंशिक देखि…
इलाम, २६ बैशाख । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो । पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जित निकाल्दै इलामले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । इलामको जितमा कप्तान प्रदिप बिष्ट, पासाङ शेर्पा, सविन मगर, प्रिन्स शेर्पा, नितेश गुरुङ र साङ्गे शेर्पाले गोल गरे । सन्दकपुरका राकेश मगर, अविशेक राई, निशान राई, मदन मगर र रोजन…
चन्द्र बस्नेतकनकाई, २६ बैशाख । झापाको कनकाईमा ८० प्रतिशतभन्दा बढी नगरबासीले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । गत बैशाख १६ गतेदेखि शुरु भएको हात्तीपाइले रोगविरुद्धको आमऔषधि सेवन अभियान अन्तरगत नवौं दिनसम्ममा कनकाईका ८०.७४ प्रतिशतले औषधि सेवन गरेको कनकाई नगरपालिकाका जनस्वास्थ्य अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । कनकाई नगरको कुल जनसंख्या ५३ हजारमध्ये अहिलेसम्ममा २३ हजार ८० जना महिला र २० हजार ६ सय ९१ जना पुरुष गरी ४३ हजार ७ सय ७१ जनाले औषधि खाएको उहाँले बताउनुभयो । यो कूल जनसंख्याको ८० दशमलव ७४ प्रतिशत हो । यता, नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले अझै ३–४ दिन समय रहेकाले औषधि सेवन गरेर…
शिवसताक्षी, २५ बैशाख । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको हो । नगरको रोजगार शाखाले १ सय दिन ज्यालमा काम गर्ने श्रमिकहरुलाई थप हौसला प्रदान गर्न श्रम संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत सम्मान गरिएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा लगायतले सम्मान स्वरुप मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले प्रधानमन्त्री रोजगार कार्यक्रमले नगरका श्रमिकहरुलाई राहत पुगेको बताए । नगर भित्रका गरिब तथा विपन्न समुदायमा आय…
झापा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिकामा आज बेलुका चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बेलुका करिब पाँच बजेको समयमा झापा अर्जुनधारा–२ चौरासेका ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकै मकैबारीमा मकैमा मल लगाउँदै गरेको अवस्थामा अचानक गड्याङगुडुङसँगै परको चट्याङले दुलाललाई लागेको थियो । छाति तथा पेटको भाग पिल्सिएको अवस्थामा दुलालका आफन्तले देखेर उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याएका थिए । उनको उपचारको क्रममा बेलुका ६ः२० बजे मृत्यु भएको जनाइएको छ ।
बिर्तामोड, २५ बैशाख । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४र०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई बाख्रा वितरण गर्दै आएको हो । त्यस यता १९ वटा उन्नत बोयर जातको बिउ बोकासमेत वितरण गरिएको जनाइएको छ। नगरको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यस अवधिमा १५ वटा महिला कृषक समूहका २ सय २५ जना सदस्यलाई बाख्रा वितरण गरेको जानकारी दिनुभयो । नगरले बाख्रा दिएपछि खोर पनि निर्माण गरिदिने गरेको छ । आर्थिक वर्ष २०७४र०७५ यता २ सय २५ वटा खोर निर्माण गरेको नगरले जनाएको छ…