झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

खोटाङ, १४ बैशाख । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मचान तथा मदन थापामगरको घर जलेको छ । यस्तै, डढेलोले डान्सिङटारका गङ्गामायाँ मगरको दुईवटा घर र दुईवटा मचान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद रु ५०…

Read More

भद्रपुर, १४ बैशाख । झापाको भद्रपुर–८ सगरमाथाचोकस्थित होटल डेग्लोद्वारा सञ्चालित डेग्लो ब्याङ्क्युटको आ भव्य शुभारम्भ हुँदैछ । शुभारम्भवको अवसरमा आस्था राउट र विश्वास एण्ड दि बेण्डले भव्य प्रस्तुति दिने छन् । आज बेलुका ४ बजेदेखि शुरु हुने उक्त कार्यक्रमको प्रवेश निशुल्क रहेको होटलले जनाएको छ ।

Read More

भद्रपुर, १४ बैशाख । झापाको मेचीनगरमा बिहीबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा मेचीनगर नगरपालिका वडा नं. १२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ आउँदै गरेको मे ११ प १६०९ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई भएको सवारी दुर्घटनामा चालक तत्काल नामथर वतन नखुलेको करिब ४० वर्षीय पुरुष मानिस गम्भीरर घाइते भई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको भनेर सोही अस्पतालको डाक्टरद्वरा घोषित गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सवारी–साधन प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सन्तोष शर्माबनियानी, १३ बैशाख । झापासहित तीन जिल्लामा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालनमा आउने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ देखि झापा, तेह्रथुम र पाँचथरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन ल्याउन लागेको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयले कार्यक्रम सञ्चालन गर्नका लागि झापा जिल्लाका १५ वटै पालिका जनप्रतिनिधि र कर्मचारीलाई सहभागी गराएर कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम समेत गरिसकेको मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारले करुणा फाउण्डेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेशसँग सहकार्य गरेर कोशी प्रदेशका ११ जिल्लाका १०७ वटा स्थानीय तहमा ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सञ्चालन…

Read More

सन्तोष शर्माभद्रपुर, १३ बैशाख । झापामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुमा मानसिक रोग (डिप्रेसन) देखिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका ८५ जनामा डिप्रेसन देखिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) भद्रपुर नगरपालिका सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले जानकारी दिनुभयो । भद्रपुरमा २७ जना, दमकमा ९ जना, मेचीनगरमा २५ जना र गौरीगञ्जमा २४ जनामा डिप्रेसन देखिएको हो । “सुन्दर सपना देखेर विदेश जाने तर आफूले सोचेजस्तो नभएपछि धेरै जनामा मानसिक समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “त्यस्ता मानिसको पहिचान गरेर मनोसामाजिक परामर्श दिँदै आएका छौं ।” वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको रेमिट्यान्सलाई सदुपयोग गराउने उद्देश्यले उनीहरुका परिवारका सदस्यलाई वित्तीय साक्षरता समेत प्रदान गरिँदै आएको छ । सामी…

Read More

बिर्तामोड, १३ बैशाख । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट झिलझिलेतर्फ जाँदै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल बिर्तामोड–७ का ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकोमा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । सोही मोटरसाइकलमा पछाडि मेचीनगर–१० का २९ वर्षीय प्रसन्न दनुवारको सोही अस्पतालमा उपचार भइरहेको छ । बुधबार राति नै भद्रपुर नगरपालिका–८ नमुना टोलस्थित चन्द्रगढी–भद्रपुर भित्रि…

Read More

झापा, १३ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको केही स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज…

Read More

झापा, १३ बैशाख । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात बुधबार खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुका छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए । “रोकिएका सबै ट्रक आज छाडिए”, उनले भने, “अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन ।” पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय…

Read More

झापा, १३ बैशाख । झापाको दमक नगरपालिका–७ बाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । बुधबार राति दमक नगरपालिका–७ मा डेरा गरी बस्ने २९ वर्षीय कमल श्रेष्ठको कोठामा लागुऔषध बिक्रीको लागि सञ्चय गरी राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड नगरपलिका–९ किराँत चौक घर भई हाल दमक–७ मा बस्दै आएका कमल श्रेष्ठ र दमक–८ बालुवाटारका २९ वर्षीय रुपेश पौडेल र भारत बिहार किशनगञ्ज समीदिन कटलबारी–७ लोहा गाराका २५ वर्षीय अन्जार आलम र सोही स्थानका २७ वर्षीय कमरुल रहेका…

Read More

बिर्तामोड, १३ बैशाख । झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले कुष्ठरोग प्रभावितलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखिकरण प्रदान गर्दै सामग्री हस्तान्तरण गरेको छ । बुधबार नगर अस्पतालमा आयोजित एक कार्यालयका बीच कुष्ठरोग प्रभावितलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका लागि सामग्री वितरण गरिएको हो । ३० जना कृष्ठ प्रभावितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले सामग्री हस्तान्तरण गरेकी हुन् । सरसफाईका लागि औषधि, बाटा, मग, जुत्तामोजा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । सिनियर अहेव दिपक सापकोटाका अनुसार प्रभावितहरुलाई अभिमुुखीकरण समेत प्रदान गरिएको थियो । जिल्लाकै उच्च जोखिम रहेको बिर्तामोड नगरपालिकामा बालबालिकाहरुमा समेत कुष्ठरोग फेला परेको छ । बालबालिकाहरुमै रोग देखिएपछि समुदायमा फैलावट धेरै भएको…

Read More