
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवसताक्षी, २१ चैत । झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा पुर्वेली भेट्रान क्लब विर्तामोड फाइलनमा प्रवेश गरेको छ । दमक लखनपुर भेट्रान क्लब दमकलाई २– ० गोल अन्तरले हराउँदै पुर्वेली फाइनलमा प्रवेश गरेको हो । शुक्रबार उपाधिका लागि पुर्वेली आयोजक रातोसँग भिड्ने छ । खेलको ३० औं मिनेटमा पुर्वेलीको तर्फबाट जर्सी नं. ७ का सन्तोष राईले टिमका लागि पहिलो गोल गरेका थिए । त्यस्तै खेलको इन्जुरी समयमा बुद्ध लिम्बुले दोस्रो गोल गरेर दमक लखनपुरसँग दुई गोल अन्तर बनाउन सफल भए । खेलको म्यान अफ दी म्याच पुर्वेलीका खेलाडी मोहन गुरुङ्ग घोषित भए…
बिर्तामोड, २१ चैत । दिल्ली पब्लिक स्कूल (डीपीएस) फूलबारीले नेपाली विद्यार्थीलाई अध्ययनका लागि भर्ना शुरु गर्ने भएको छ । भारतको सिलिगुढीमा सञ्चालित डीपीएस फुलबारीले आगामी शैक्षिक सत्रदेखि नेपाली विद्यार्थीलाई भर्ना शुरु गर्ने बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अन्तर्राष्ट्रियस्तरको शैक्षिक आवश्यकतालाई ध्यानमा राखेर सञ्चालनमा आएको स्कूलले नेपाली विद्यार्थीलाई छात्रवृत्तिसहित भर्ना गर्ने जनाएको छ । स्कूलमा दार्जीलिङ, सिक्किम, बङ्गलादेश, भुटान, नेपाली विद्यार्थी अध्ययन गरिरहेको स्कूलका टिचिङ फ्याकल्टीका धृतिमान विश्वासले जानकारी दिए । स्कूलमा पढाइसँगै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा विशेष जोड दिइएको उनले बताए । अध्ययन मात्र नभएर विद्यार्थीको चौतर्फी विकासलाई ध्यानमा राखेर अध्यापन हुँदै आएको उनको भनाइ छ…
बिर्तामोड, २१ चैत । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २९ औं स्थापना दिवस चार दिवसीय कार्यक्रमका साथ मनाउँदैछ । स्थापना दिवसको अवसरमा आज भएको उद्घाटन समारोहमा डा.योगी विकाशानन्दको साथमा जीवन बदल्ने कार्यक्रम र ऐतिहासिक फोटो पर्दशनी गरिएको छ । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री प्रकाशमान सिंह रहनुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुुहुँदै उहाँले सहकारीले जसरी नै राजनीतिक दलहरुले जनताको जीवनस्तर उकास्ने गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो । मुलुककै ठूलो सहकारी सहाराले जसरी सफलता प्राप्त त्यसको सिको गरेर राजनीतिक दलहरुले पनि सहकार्य गर्दै मुलुक निर्माणमा लाग्नुपर्ने…
विराटनगर, २१ चैत्र । मोरङ र उदयपुरबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका सँवा ६ बजे मोरङको विराटनगर महानगरपालिका –१५ स्थित २ नं. ढाँटबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जिल्ला अररिया ठगपुरा पञ्चायत बस्ने २६ बर्षीय मनोज ऋषिदेवलाई लागुऔषध ब्राउन सुगर १७.२३ ग्राम सहित पक्राउ गरेको हो । यसैगरी हिजो बेलुका साढे ७ बजे विराटनगर महानगरपालिका १५ स्थित १ नं.ढाँटबाट लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका १ बस्ने २३ बर्षीय उज्वल गजमेरलाई लागुऔषध एभिल –१० एम्पुल, लुपिजेशिक –१० एम्पुल, फेनारागन–१० एम्पुल, डाइजोपाम–१० एम्पुल सहित पक्राउ गरेको छ…
कनकाई, २१ चैत । झापाको कनकाई नगरपालिकामा ‘नेपालमै पहिलो पटक’ ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली सञ्चालनमा आएको छ । कनकाई नगर क्षेत्रमा क्रमिक रुपले भएको विकासको गतिसँगै दिनप्रतिदिन नगरका टोल, बस्तीहरुमा जनघनत्व बढ्दै गएका कारण अन्य स्थानबाट यहाँ आउने व्यक्तिहरूलाई आफन्तको घर पत्ता लगाउन कठिन हुँदै गएको भन्दै डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको हो । घर ठेगाना पत्ता लगाउन सहज होस् भन्ने उद्देश्यका साथ कनकाई नगरपालिकाले वडा नं. ७ बाट डिजिटल प्रणाली एप अन्तरगत ‘कता हो’ नामक एपको प्रयोग शुभारम्भ गरेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरको वडा नं. ७ दुर्गापुर स्थित सामुदायिक भवनमा एक संक्षिप्त कार्यक्रमका…
कनकाई, २१ चैत । कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको छ । सोमवार एक कार्यक्रमका बीच प्लाष्टिकबाट पेवर्स बनाउने मेसिनको उद्घाटन गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पवर्स बनाउने मेसिनको उद्घाटन गरेको हुन् । उद्घाटनसँगै उत्पादन पनि सुरु गरिएको छ । फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको नविकरणीय उर्जा परियोजनाले प्लाष्टिकजन्य फोहोरबाट पेवर्स उत्पादन सुरु गरेको हो । एक हप्ता परीक्षणकालिन उत्पादन गर्ने बताइएको छ । झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको उर्जा परियोजना पब्लिक लिमिटेड हो । निजी तथा स्थानीय सरकारको लगानी रहेको परियोजनाले दैनिक २…
झापा, २१ चैत । झापाको गौरीगञ्ज–५ मा केराखेती गरिरहेको श्री गणपति एग्रिकल्चर फार्म प्रालिले १० जना श्रमिकलाई नियमित रोजगारी दिइरहेको छ । उनीहरुले केरा लगाउने, गोडमेल तथा हेरचाह गर्ने, उत्पादन भएका केरा टिप्नेलगायत काम गरिरहेका छन् । केरा उत्पादन शुरु भएसँगै उक्त फार्ममा थप रोजगारी सिर्जना हुने फार्म सञ्चालक कमल थापाले बताए । उनका अनुसार ८० बिगाह जमिन भाडामा लिएर केराखेतीमा लगाइएको छ भने हालसम्म रू। दुई करोड खर्च भइसकेको छ । सञ्चालक थापाले भने– ९० हजार केराका बिरुवा लगाएका छौँ । एउटा बिरुवाबाट अर्को बिरुवाको दूरी छ दशमलव पाँच फिट हुन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ‘ब्लक विकास’…
झापा, २१ चैत । सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो । नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गरे। जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ । बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो । दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास,…
झापा, २१ चैत । कोशी प्रदेशका मुख्यमन्त्री सोमबार आफ्ना नियमित कार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीका साथ मुख्यमन्त्रीलाई देखेर अचम्भित हुँदै हतार हतार स्वागत, सम्मानमा जुटे । तर, मुख्यमन्त्री कार्की स्वागत, सम्मानको वास्ता नगरी गन्धर्व वस्ती घुम्न अघि बढे । उनी गन्धर्व वस्तीको आगन आगनमा घुम्दै राती ८ बजे शिव गन्धर्वको आगनमा ओछ्याएको म्याटमा पलेटी बाँधेर बसे । त्यतिकैमा गन्धर्व वस्तीका महिला, पुरुष, वृद्ध, वृद्धालगायत बालबालिकाको भिड लाग्यो र उनीहरु खादा लगाएर मुख्यमन्त्रीलाई सम्मान गर्न थाले । मुख्यमन्त्री कार्कीले…
कनकाई, २१ चैत । नेपाल मनोक्रान्ति योगका द्रष्टा डा. योगी विकाशानन्द झापाको कनकाई–७ मा रहेको फक्ताङ्लुङ एजुकेशन फाउण्डेशनमा आउने भएका छन् । मनोक्रान्ति साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति) ले सात दिने भूतपस्या गरिरहनुभएको स्थल फक्ताङलुङ एजुकेसन फाउन्डेसनको प्राङ्गडमा आगामी चैत २३ गते योगी विकाशानन्द र रेकी ग्राण्ड माष्टर कमलेश्वरी आनन्द दुर्गापुरमा आउने कार्यक्रमका व्यवस्थापक तथा फक्ताङ्लुङ एजुकेसन फाउन्डेसनका संस्थापक ओमविक्रम नेम्बाङले जानकारी दिनुभयो । भूतपस्वी तिलक लिम्बूलाई जुस पिलाएर चैत २३ गते शुक्रबार गुरु डा योगी विकासानन्दले भूतपस्याको औचित्य, आवश्यकता, जीवन र जगतको रुपान्तरण विषयमा विशेष प्रवचन दिनुहुने र भूतपस्याबाट बाहिर निकालिने जनाएको छ। २०६४ सालबाट मनोक्रान्ति साधनमा लाग्नुभएका झापा…