
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ चैत । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ । आजदेखि शुरु हुने परीक्षा चैत २७ गतेसम्म सकिने बोर्डको परीक्षा तालिका छ । यो वर्ष झापाबाट १५ हजार ८ सय २२ जनाले विद्यार्थीले एसईई परीक्षामा भाग लिने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । सोही अनुसार जिल्लाभरका विद्यार्थीहरुलाई प्रवेश पत्र वितरण गरिसकिएको छ । समन्वय इकाइका कर्मचारी ओम राईले जिल्लामा ५७ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा भइरहेको जानकारी दिए । जिल्लामा सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ८ वटा र सबैभन्दा कम बाह्रदशी र गौरीगञ्जमा १÷१ वटा परीक्षा केन्द्र रहेका छन् । परीक्षामा देशभरबाट ५ लाख ३ हजार भन्दा…
सन्तोष शर्माझापा, १५ चैत । झापामा आधुनिक कृषि प्रविधिको प्रयोग गरेर चैते धानको नमूना खेती गरिएको छ । किसानलाई धान खेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा नमूना खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बिऊ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमूना खेती गरिएको हो । २५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान–५’ जातको चैते धानको नमूना खेती गरिएको उहाँले बताउनुभयो । “किसानलाई प्रविधि चिनाउँदै प्रविधियुक्त खेतीमा प्रोत्साहित गराउने उद्देश्य हो”, उहाँले भन्नुभयो, “बिऊ…
धरान, १५ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आकलन गरेर सोहीअनुरुप व्यवस्थापन थालिएको जनाएको छ । आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको बताए । कुम्भमेला प्रारम्भ हुनु पाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने उनले बताए । उनले भने,…
झापा, १४ चैत । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसनविरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुँवेर खापुङको प्रमुख आतिथ्यमा मोरङको बेलबारी नगरपालिकाको सभाहलमा उक्त कार्यक्रमको शुभारम्भ भएको हो । कार्यक्रममा प्रमुख अतिथि खापुङले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने प्रमुख अतिथि खापुङ तथा उक्त कार्यक्रमका अध्यक्ष बेलबारी नगरपालिकाकी उप–प्रमुख नितु थापा कोइरालाले “दुर्व्यसनविरुद्ध आमाहरु” कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गर्नु भएको थियो । खापुङले लागुऔषध दुर्व्यसन नियन्त्रणलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले एक कार्यक्रमको आयोजना गरी “दुर्व्यसन विरुद्ध आमाहरु” कार्यक्रमको शुभारम्भ गरेको बताउनु…
बिर्तामोड, १४ चैत । झापाको बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । आज बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँग अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराइएको हो । स्वास्थ्य कार्यालय झापाका निमिक्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको जानकारी दिनु भयो । जसमा सबै भन्दा बढी वडा नम्बर ३ मा १९ जना रहेका छन् । यस्तै वडा नम्बर १मा १३ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ४मा १४ जना, वडा नम्बर ५मा…
बिर्तामोड, १४ चैत । सुवन्तकुमार राजवंशी अध्यक्ष रहेको राजवंशी समाज विकास समितिले आफू आधिकारिक भएको जनाएको छ । आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रशासन कार्यालय झापाले आफूहरु नेतृत्वको संस्थाको नवीकरण गराएकाले आफूहरु आधिकारिक भएको जनाएको हो । सुवन्तकुमार राजवंशी अध्यक्ष रहेको समितिलाई चैत १३ गते प्रशासनले नवीकरण गरेपछि आफूहरुको समिति आधिकारिक भएको समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशीले बताउनुभयो । ‘सबै कागजात पूरा गरेर झापा प्रशासनमा संस्था नवीकरण गरेका छौं’, उहाँले भन्नुभयो, ‘यसले हामीले नै आधिकारिक भएको पुष्ठि गरेको छ ।’ समाजको नाममा कोही कसैले कुनै पनि गतिविधि र कागजात दुरुपयोग गर्न अध्यक्ष राजवंशीले आग्रह गरेका छन् । राजवंशी…
सरोज भट्टराईशिवसताक्षी, १४ चैत । झापाको शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शिवसताक्षी–११ उत्तर रतुवा माई आयोजनाको बन क्षेत्रमा दाउरा खोज्न गएका स्थानीय ६० वर्षीय पवित्रा भेट्वालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । उनका श्रीमान दिलिप भेट्वाल सक्त घाइते भएका छन् । उनलाई उपचारका लागि विर्तामोड स्थित विर्तासिटी अस्पताल लगिएको छ । भेट्वाल दम्पत्ती आज दिउँसो दाउरा खोज्न गाउँसँगै जेडिएको नजिकैको वनमा गएका थिए । श्रीमान साइकलमा र श्रीमतीले डोकोमा दाउराको भारी हल्दै गर्दा आक्रमण गरेको स्थानीयले बताए । श्रीमतीलाई हात्तीले लछारपछार पारेपछि श्रीमान भाग्न सफल भएका थिए । श्रीमानलाई पनि हात्तीले आक्रमण गरेको छ…
भद्रपुर, १४ चैत । धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । सूचना अधिकारी भण्डारीका अनुसार लागत कम र बढी मूल्य पाउन थालेपछि यस वर्ष जिल्लामा चैते धानखेती गर्ने किसान बढेका हुन् । जिल्लामा आर्थिक वर्ष २०७९–८० मा १९ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा चैत…
सन्तोष शर्माझापा, १४ चैत । झापामा जंगली हात्तीको आक्रमणमा परी जनधनको क्षति व्यवहोरेका हात्ती पीडितले राहत पाएका छैनन् । चालू आर्थिक वर्ष २०८०÷०८१ को साउत महिनायता जनधनको क्षति व्यवहोरेका पाँच सय ३३ घरपरिवारले राहत नपाएका हुन् । पाँच जना मृतक परिवारसहित पाँच सय ३३ घर परिवारका लागि रू एक रोड २६ लाख ४९ हजार ३९२ राहत रकम उपलब्ध गराउन वन निर्देशनालय धरानमा माग गरिएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्चना पुरीले जानकारी दिनुभयो । कार्यालयले पहिलो चरणमा तीन सय २१ र दोस्रो चरणमा दुई सय १२ घरपरिवारका लागि राहत रकम माग गरेको उहाँले बताउनुभयो । तर, हालसम्म राहत रकम…
झापा, १४ चैत । पाल्पाको सिब्दीकोट गाउँपालिकामा १९ वर्षीया एक युवतीको हत्या भएको छ। सिब्दीकोट–१ ख्याहा काराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मंगलबार दिउँसो बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो । पद्मा मंगलबार दिउँसो घरबाट केही टाढा रहेको सार्वजनिक पँधेरोमा नुहाउन गएकी थिइन्। नुहाउन गएकी छोरी घर फर्किन ढिलो गरेपछि खोजी गर्ने क्रममा साँझ शव फेला परेको आफन्तले बताएका छन् । उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । एकान्त ठाउँमा आफूमाथि बलात्कारको प्रयास हुँदा उनले प्रतिकार गर्दा…