झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चन्द्र बस्नेतकनकाई, २१ फागुन । पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग, साइबर अपराधका घटना दिनानुदिन बढ्दै गएको छ। यसको नियन्त्रणमा विभिन्न कार्यक्रम पनि हुने गरेका छ्न् । झापाको कनकाईकामा पनि विद्यालय तथा समुदायस्तरमा लागुऔषध दुर्व्यसन, साइबर क्राइम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रमलाई तिव्रता दिएको छ । विभिन्न संघ–संस्था, स्थानीय तह विद्यालयले यस्तो कार्यक्रमलाई प्राथमिकतामा राखेर विद्यालय तथा समुदायस्तरमा लागुऔषध दुर्व्यसन, साइबर क्राइम, ट्राफिक नियम सम्बन्धी जनचेतना मुलक कार्यक्रम निरन्तर अगाडि बढाइरहेका हुन् । पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग, साइबर अपराधका घटना बढ्दै समाजलाई गलत बाटोतिर धकेल्ने गरेको भन्दै यसको न्यूनीकरणका लागि आफूहरु लागि परेको इलाका प्रहरी कार्यलय सुरुङ्गाका…

Read More

शिवसताक्षी, २१ फागुन । झापाको शिवसताक्षी नगरपालिकाले आजदेखि दादुरा–रुबेला विरुद्धको खोप लगाउन शुरु गरिएको छ । शिवसताक्षी–८ झिलझिलेस्थित सेभेनसिज बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई खोप लगाएर दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । खोप अभियानको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले खोप अभियानको उद्घाटन गरेका हुन् । उनले कसैले पनि सङ्कोच नमानिकन खोप लगाउन सबैलाई आग्रह गरेका छन् । बालबालिको स्वास्थ्य सुरक्षाका लागि राज्यले खोप अभियानमा ठूलो रकम खर्चेको छ । बालबालिकाहरुको स्वास्थ्य सुरक्षाका लागि सबै अभिभावकहरुले खोप लगाउन प्रेरित गर्नु पर्ने नगरप्रमुखले थोप्राले बताए । खोप अभियानको उद्घाटनमा नगरउपप्रमुख नरमाया…

Read More

बिर्तामोड, २१ फागुन । झापाको बिर्तामोडस्थित बिर्तामोड नगर अस्पतालले एक वर्षमा ७६ हजार ५ सय ६९ जना बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । सेवा विस्तारलाई तीब्रता दिइरहेको नगर अस्पतालको प्रथम वार्षिकोत्सवमा अस्पतालका मेसु डा सुनिल अधिकारीले दैनिक सेवाग्राहीको संख्या वृद्धि भइरहेको जानकारी दिए । प्रथम वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित संक्षिप्त कार्यक्रममा मेसु अधिकारीले नगर अस्पताल नागरिकको सेवामा प्रतिवद्ध भई काम गरिरहेको बताए । उनले अस्पतलामा सेवा विस्तारसँगै विरामीको चाप बढिरहेको जानकारी दिए । बिरामीहरुले अस्पतालमा उपलब्ध सेवाबाट प्रभावकारी रुपमा लाभान्वित भएको बताए । उनले एक वर्षको अवधिमा दिइएको सेवाको विवरण समेत सार्वजनिक गरेका छन् । नगर अस्पतालले स्त्री तथा…

Read More

धनकुटा, २० फागुन । धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङबाङ स्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । आज दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाइते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका–१० धनकुटाका रेमन राईको ९ वर्षीय छोरी संस्कृती राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका धनकुटा नगरपालिका–४ का ३६ वर्षीया देविका खत्री र १४ वर्षीय अभिनाश खत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइते पाख्रीबास–१०…

Read More

बिर्तामोड, २० फागुन । चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । खेलको ५३ औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए । त्यसपछि पाएको पेनाल्टीलाई अबयोमीले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समिर तामाङले गोल गर्दै खेलमा अग्रता दोब्बर बनाए । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए…

Read More

झापा, २० फागुन । झापा जिल्ला ब्याडमिन्टन संघको नवनिर्वाचित कार्यसमितिले शनिबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । झापा भद्रपुरको मेची रंगशालास्थित भद्रपुर झापा गोल्डकपको सचिवालयमा शनिबार आयोजित एक समारोहका बीच अध्यक्ष ललितबहादुर तामाङले नवनिर्वाचित अध्यक्ष दिपेश ढकाललाई पद हस्तान्तरण गरेसँगै नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । नवनिर्वाचित अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले नवनिर्वाचित पदाधिकारी–सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । संघका नवनिर्वाचित सचिव तीर्थराज ढकालले सञ्चालन र नवनिर्वाचित उपाध्यक्ष कुमार थापाले स्वागत गरेको समारोहमा प्रमुख अतिथि भण्डारी, प्रदेशसभा सदस्य लालप्रसाद साँवा, कोशी प्रदेश ब्याडमिन्टन संघका सदस्य प्रकाश राई,…

Read More

भद्रपुर, २० फागुन । अर्ना छैटौं झापा गोल्डकप अन्तरगत आजको खेल नेपाल पुलिस र चर्च ब्वाइज बीच हुँदैछ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी प्रतियोगिता अन्तरगतको आज दिउँसो २ बजेदेखि शुरु हुनेछ । झापा गोल्डकपको विजेताले नगद रू १३ लाख पाउने छन् भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्ने छन् । आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले गोल्डकप सम्पन्न गर्न रू एक करोड ४० लाख रुपैयाँ खर्च हुने बताउनुभयो ।

Read More

भद्रपुर, २० फागुन । झापाको भद्रपुर नगरपालिकामा आजदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु हुँदैछ । आजदेखि फागुन २९ गतेसम्म नगरका ९ महिनादेखि १५ वर्षमुनीका २१ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको हो । नगरप्रमुख पोखरेलले दादुरा–रुबेला खोप अभियानलाई सफल बनाइने बताउनुभयो । नगरमा खोप अभियान सञ्चालनका लागि ६८ वटा खोप केन्द्र निर्धारण गरिएको नगरका स्वास्थ्य शाखा अधिकृत शान्तिराम भट्टराईले जानकारी दिनुभयो । अभियानमा १९ जना खोपकर्मी र १३३ जना स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने उहाँले बताउनुभयो ।

Read More

झापा, २० फागुन । झापा गोल्डकपले डोमालाल राजवंशी रंगशालाका जग्गादाता डोमालाल राजवंशीको परिवारलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । डोमालाल राजवंशी रंगशालामा छैटौं झापा गोल्डकपको उद्घाटनका अवसरमा जग्गादाता राजवंशीको परिवारलाई सो नगद प्रदान गरिएको हो । समाजसेवी विवेक प्रसाईं र संगीता प्रसाईद्वारा उपलव्ध गराइएको एक लाख नगद राजवंशी परिवारलाई प्रदान गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । उनले झापा गोल्डकपको बजेटबाट एक लाख रुपैयाँ सहयोग गर्न अपुग भएपछि सहयोगी खोजी गरी डोमालालका नाति भीम राजवंशीलाई प्रदान गरिएको जानकारी दिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चेक हस्तान्तरण गरेका थिए ।

Read More

भद्रपुर, १९ फागुन । आसन्न महाशिवरात्रीको अवसरमा झापाको भद्रपुर–४, लक्ष्मीनगरस्थित चन्द्र मौलेश्वर महादेव सोम तीर्थधाममा मार्कण्डेय महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । धाममा अक्षय कोष अभिबृद्धि एवम् राधा–कृष्ण मन्दिर निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको मार्कण्डेय महापुराणको कथावाचन आजदेखि सुरु भएको हो । हिजो शुक्रबार कलश यात्रा तथा महापुराण उद्घाटन भएको थियो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले महापुराणको उद्घाटन गरेका थिए । झापाको शंकराचार्य पीठ साधुटारधामका व्यासाचार्य पं लक्ष्मीप्रुाद खतिवडा प्रमुख वाचक तथा पं अभिनारायण कट्टेल उपवाचक रहेको महायज्ञ पागुन २६ गते समापन हुने महायक्ष आयोजक समितिका अध्यक्ष कपिलमणि पोखरेलले जानकारी दिए । महायज्ञमा प्रत्येक दिन प्रातःकालीन मण्डप…

Read More