
भद्रपुर, २० फागुन । झापाको भद्रपुर नगरपालिकामा आजदेखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु हुँदैछ ।
आजदेखि फागुन २९ गतेसम्म नगरका ९ महिनादेखि १५ वर्षमुनीका २१ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको हो । नगरप्रमुख पोखरेलले दादुरा–रुबेला खोप अभियानलाई सफल बनाइने बताउनुभयो ।
नगरमा खोप अभियान सञ्चालनका लागि ६८ वटा खोप केन्द्र निर्धारण गरिएको नगरका स्वास्थ्य शाखा अधिकृत शान्तिराम भट्टराईले जानकारी दिनुभयो । अभियानमा १९ जना खोपकर्मी र १३३ जना स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने उहाँले बताउनुभयो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



