
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १६ चैत । बेकरी उद्योग व्यवसायी संघ झापाको चौथो साधारणसभा सम्पन्न भएको छ । झापाको भद्रपुर–७ स्थित नव दुर्गा मन्दिरको सभाहलमा आज चौथो वार्षिक साधारण सभा सम्पन्न भएको हो । संघका अध्यक्ष नरबहादुर गिरीको अध्यक्षता भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख प्रेमप्रकाश सापकोटाको प्रमुख अतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले संघीय र प्रदेश सरकारको नीति अनुरुप बेकरी उद्योगी व्यवसायीको समस्या समधान गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भारतबाट अवैध रुपमा आयात हुने बेकरी आइटम र दक्ष कामदार अभावको विषयमा अनुगमन र तालिम आयोजना गर्ने बताउनुभयो । कार्यक्रममा विशेष अतिथि झापा उद्योग…
कनकाई, १६ चैत । झापाको कनकाई नगरपालिकाले जटिल प्रकृतिका रोग भएका बिरामीलाई घरमै पुगेर उपचार सहयोग रकम प्रदान गरेको छ । नगरका ९१ जना जटिल रोगीलाई घरमै पुगेर रू २५ लाख ५५ हजार रुपैयाँ प्रदान गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । “जटिल रोग भएका बिरामीलाई उपचारमा राहत होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको छ”, उहाँले भन्नुभयो, “बिरामीको घरमा पुगेर उनीहरुकै हातमा पैसा दिएका छौं, उनीहरुको उपचारमा थोरै भए पनि राहत मिल्ने अपेक्षा छ ।” क्यान्सर, मृगौलाको डाइलासिस गराइरहेका, मेरुदण्डको पक्षघात भएका बिरामीलाई मासिक रू पाँच हजारका दरले छ महिनाको एकमुष्ठ रू ३० हजार प्रदान गरिएको हो ।…
भद्रपुर, १६ चैत । झापाको कनकाई नगरपालिका–३ बाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थसहित पक्राउ परेका छन् । कनकाई–३ दिव्यरत्न बोर्डिङ स्कुलको छेउबाट कनकाई–४ का २७ वर्षीय मुस्तक अनसारी र कनकाई–३ का २३ को सलिम आलमलाई शंका लागेर चेकजाँच गर्दा मुस्तक अनसारीले लगाएको कालो पेन्टको दाहिने गोजीमा सलाईको बट्टाभित्र रहेको ब्राउन सुगरजस्तो देखिने लिसाईलो पदर्था प्लास्टीकसहित १ ग्राम ७० मिलिग्राम फेला परेको थियो । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको छ ।
बिर्तामोड, १५ चैत । झापाको कमल गाउँपालिका साधक तिलक लिम्बू (अद्वैत मनोक्रान्ति)ले सात दिने निराहार भूतपस्या गर्ने भएका छन् । कमल–७ घर भइ विगत एक वर्षदेखि कनकाई–७, दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनमा योग प्रशिक्षण सञ्चालन गरी रहनु भएका साधक लिम्बू उक्त विद्यालय परिसरमा चैत १७ गते शनिबारदेखि २३ गते शुक्रबारसम्म सातदिने निराहार भूतपस्या गर्ने भएका हुन् । आज बिर्तामोडमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै भूतपस्याबारे जानकारी दिइएको छ । मानव जातिप्रति समर्पित आध्यात्मिक सन्देश ‘संसारलाई बदल्नु छ, शुरु आफैंबाट गर्नु छ’ भन्ने मनोक्रान्ति अभियानको महान् नारालाई आत्मसात गर्दै भूतपस्या गर्न लागिएको मनोक्रान्ति विदेश विभाग संयोजक गजेन्द्रराज नेम्बाङले बताउनुभयो । मनोक्रान्तिको द्रष्टा एवम्…
बिर्तामोड, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन ८४’ पार्टीको अर्जृनदृष्टि भएको बताउनु भएको छ । उहाँले आगामी आम निर्वाचनमा एमालेले एक्लै सरकार चलाउन पुग्नेगरी बहुमत ल्याउन ‘मिसन ८४’लाई अर्जुनदृष्टि बनाइरहेको बताउनुभयो । आज झापाको विर्तामोडमा पार्टीको ११ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता समीकरण देश विकासका लागि भएको बताउनुभयो । यसअघि नेकपा एमालेलाई एक्ल्याउन र अघि बढ्न नदिन कांग्रेसले स्वार्थको गठबन्धन गरेको उहाँको आरोप थियो । कांग्रेसको गठबन्धन भत्कनै पर्ने जनाउँदै पुरानो गठबन्धन भत्किएपछि एमालेले परिस्थिति सम्हालेको उहाँको भनाई थियो । कार्यक्रममा पार्टीको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा, कोशी प्रदेश…
भद्रपुर, १५ चैत । विश्वमा ‘दृश्यका देवता’ उपमाले चिनिनु हुने डा. सन्दुक रुइतलाई यस वर्षको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिने भएको छ । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले डा. रुइतलाई रू पाँच लाख राशीको उक्त पुरस्कार प्रदान गर्ने भएको हो । आज भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले पुरस्कार आगामी बैशाख ४ गते डा.रुइतलाई उक्त सम्मान प्रदान गर्न लागिएको जानकारी दिनुभयो । समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याउनु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजलाई यस्तै उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्न पुरस्कार वितरण गर्न लागिएको उहाँले बताउनुभयो । यस्तै,…
झापा, १५ चैत । मोरङको विराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो ३ बजे विराटनगर–१५ ढाटमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री बिराटनगर–१० का ३९ वर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने बिराटनगर–१७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगरसहित भारत जोगवनीका ३२ वर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको…
विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको सहकार्यमा वासस्थानको स्थायी समाधान गरिने बताएका हुन् । यही चैत्र ३ गते सन्थाल समुदायको बसोबास रहेको सो ठाउँमा आगलागीबाट २३ वटा घर जलेर नष्ट भएको थियो । सन्थाल बस्ती सुकुम्वासी बस्ती हो । उनीहरूले दैनिकरुपमा गुजारा गरेर जीविकोपार्जन गर्दै आएका छन् । प्रत्यक्ष भेटका क्रममा मुख्यमन्त्री कार्कीले अब विपन्नले विपन्नमात्रै नभई सम्पन्न बन्ने अभियानमा लाग्नुपर्ने बताए । ‘उनले…
झापा, १५ चैत । नेपालका ३१ हजार ३ सय ६३ सहकारीमध्ये झापाको सहारा नेपाल साकोस लगातार नेपालको सबैभन्दा ठूलो सहकारी संस्थामा पर्न सफल भएको छ । कारोबार र सदस्य सञ्जाल दुवै हिसाबले सहारा नेपाल नेपालकै ठूलो संस्थाको रुपमा स्थापित भएको हो । कूल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ । सहारामा आबद्ध सदस्यहरुको संख्या १ लाख ६९ हजार १९२ जना रहेको छ । २०८० फागुन मसान्तसम्मको विवरणअनुसार संस्थाको कूल सम्पत्ति १६ अर्ब ६ करोड ४३ लाख रुपैयाँ रहेको छ । संस्थाको सेयर पुँजी १ अर्ब ६८ करोड ११ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कूल बचत…
झापा, १५ चैत । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी…