
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २३ फागुन । चर्च ब्वाइज युनाइटेड फुटबल क्लब झापाको बिर्तामोडको डोमालाल रंगशालामा जारी छैटौँ अर्ना झापा गोल्ड कपको अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको छ । मंगलबार भएको खेलमा एनआरटी फुटबल क्लब १–० गोल अन्तरले पराजित गर्दै ब्वाइजले अन्तिम चारमा आफूलाई सुरक्षित गर्न सफल भएको हो । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडीबाट अवयोमी फकुन्लेले खेलको ३६औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दायाँ साइडबाट सञ्जित राई (लाहुरे) ले दिएको पासलाई फकुन्लेले गोल गरेका हुन् । आजको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुँदैछ । आर्मी चारपटकको झापा गोल्ड कपको…
बिर्तामोड, २२ फागुन । झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ । आज बिहान हल्दीबारी–४ स्थित पाथिभरा सामुदायिक वनबाट निस्किएको उक्त दुर्लभ पोथी चित्तललाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । वनबाट निस्किएको चित्तललाई कुकुरले लखेटेपछि स्थानीयबासीको घरको भान्सामा पसेको थियो । स्थानीयबासीले चित्तल समातेर प्रहरी चौकी जलथलमा खबर गरेका थिए । प्रहरीले जिल्ला डिभिजन वन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई उक्त चित्तल सकुशल बुझाएको हो ।
बिर्तामोड, २२ फागुन। झापा गोल्ड क्लबले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई कारबाही गरेको छ। फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपीएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लङ्घन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको हो । झापा गोल्डकप २०८० नियमावलीको २३ ख ले दिएको अधिकार प्रयोग गरी एपीएफमाथि कारबाही गरिएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए । उनका अनुसार खेल मर्यादा विपरीतका गतिविधि गरेकाले एपीएफलाई ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न र भविष्यमा यस किसिमका गल्तीहरू नदोहोर्याउन एपीएफलाई सचेत गराउँदै लिखित प्रतिबद्धता माग गर्ने पनि निर्णय भएको अध्यक्ष…
झापा, २२ फागुन । झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ दरैयाबाट बिराटनगर-१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ को एक घरबाट सन्दकपुर गाउँपालिका-४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ बर्षीया बबिता गुरुङ, ईलाम नगरपालिका-२ की २० बर्षीया पुर्णिमा गुरुङ र स्थानीय २१ बर्षीय मनिष लिम्बुलाई १२ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ९ हजार…
मेचीनगर, २२ फागुन । छोरालाई अपहरण गरेको धम्की दिँदै पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ मा बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नं. १० मा बस्ने २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उपमहानगरपालिका–३ बस्ने१९ वर्षीया आशिका बराइली रहेका छन् । उनीहरूले गत फागुन ५ गते बिहान सप्तरी राजविराज–७ बस्ने पीडितलाई ह्वाट्स एपबाट कल गरी ‘तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भनेबमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईंको छोरालाई मारी दिन्छु’ भन्दै धम्की दिएका थिए । पीडितलाई विभिन्न किसिमको डर त्रास देखाई विभिन्न व्यक्तिहरूको…
भद्रपुर, २२ फागुन । अर्ना छैटौं झापा गोल्डकप अन्तरगत आजको खेल एनआरटी फुटबल क्लब र चर्च ब्वाइज बीच हुँदैछ । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी प्रतियोगिता अन्तरगतको आज दिउँसो २ बजेदेखि शुरु हुनेछ । झापा गोल्डकपको विजेताले नगद रू १३ लाख पाउने छन् भने उपविजेताले नगद रू ७ लाख प्राप्त गर्ने छन् । आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले गोल्डकप सम्पन्न गर्न रू एक करोड ४० लाख रुपैयाँ खर्च हुने बताउनुभयो ।
झापा, २२ फागुन । समाचारको शीर्षक नै पढ्दा तपाईंलाई अचम्म लाग्न सक्छ । वैवाहिक बन्धनमा बाँधिएपछि ढिलो चाँडो परिवार बढाउने योजना सबै दम्पतीको हुन्छ । परिवार बढाउने निर्णय दुवै दम्पतीले मिलेर लिन्छन् । पछिल्लो समय सरोगेसी अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने चलन पनि बढेको छ । तर, बच्चा जन्माइदिन आफ्नै श्रीमानसँग पैसा लिने श्रीमतीबारे तपाईँलाई थाहा छ ? यी महिला दुबईकी हुन् । बच्चा जन्माइदिने काम आफूले फ्रीमा नगर्ने अनि हरेक बच्चाको लागि श्रीमानसँग महँगा वस्तुहरू बाहेक कमसेकम २ लाख पाउन्ड स्टर्लिङ (करिब ३ करोड ३६ लाख नेपाली रुपैयाँ) नगद लिने गरेको सौदी नामक गरेकी महिलाले बताएकी छिन् ।…
भजनी, २२ फागुन । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् । उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ । “आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।” गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, “समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।” सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको…
झापा, २२ फागुन । बिर्तामोड नगर खेलकूद महोत्सवमा छनोट चरणका खेलहरु सम्पन्न भएका छन् । नगर खेलकूद विकास समितिको आयोजनामा माघ २६ गते देखि सुरु भएको प्रतियोगिताको छनोट चरण सम्पन्न भएको हो । दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, खेलकूद हाजिरि जवाफ, पोस्टर डिजाइन प्रतियोगिताको छनोट चरण सकिएको महोत्सवका सह–संयोजक विशाल अग्रवालले जानकारी दिनु भयो । विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, खेलकूट हाजिरिजवाफमा ७ जना छनोट भएका छन् । यस्तै पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएको जनाइएको छ । प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८…
बिर्तामोड, २१ फागुन । झापाका ८४ जना सहिद तथा वेपत्ता परिवारलाई सहिद स्मृति दिवसको अवसरमा सम्मान गरिएको छ । सहिद स्मृति प्रतिष्ठान नेपाल झापाले आज बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभा हलमा सहिद स्मृति कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । फागुन १४ गतेदेखि शुरु सप्ताहव्यापी कार्यक्रमको आज समापनको अवसरमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सहिद परिवारलाई राहत र सहयोगका लागि प्रदेश सरकारले विशेष प्राथिमतामा राखेको बताउनुभयो । “सहिद तथा वेपत्ता परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेर काम गरिरहेको छ”, उहाँले भन्नुभयो,…