
झापा, २२ फागुन । समाचारको शीर्षक नै पढ्दा तपाईंलाई अचम्म लाग्न सक्छ । वैवाहिक बन्धनमा बाँधिएपछि ढिलो चाँडो परिवार बढाउने योजना सबै दम्पतीको हुन्छ । परिवार बढाउने निर्णय दुवै दम्पतीले मिलेर लिन्छन् ।
पछिल्लो समय सरोगेसी अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने चलन पनि बढेको छ । तर, बच्चा जन्माइदिन आफ्नै श्रीमानसँग पैसा लिने श्रीमतीबारे तपाईँलाई थाहा छ ? यी महिला दुबईकी हुन् । बच्चा जन्माइदिने काम आफूले फ्रीमा नगर्ने अनि हरेक बच्चाको लागि श्रीमानसँग महँगा वस्तुहरू बाहेक कमसेकम २ लाख पाउन्ड स्टर्लिङ (करिब ३ करोड ३६ लाख नेपाली रुपैयाँ) नगद लिने गरेको सौदी नामक गरेकी महिलाले बताएकी छिन् ।
सौदी आफ्नो श्रीमानसँग दुबईमा बस्छिन् । यी महिलाको पति करोडपति हुन् । बच्चा जन्माउने जस्तो दुःखको काम यिनी पैसा वा गिफ्ट बिना गर्दिनन् । बच्चा जन्माउनु अघि नै आफूलाई के के कहिले कहिले चाहिएको हो भनेर श्रीमानलाई लिष्ट नै बुझाउँछिन् । टिकटकमा आफ्ना फलोअरहरूलाई गर्भधारण अघि आफ्ना सारा माग पतिसमक्ष राख्ने गरेको महिलाले भनेकी थिइन् । बच्चा जन्माइदिएबापत हरेक पटक आफूले नयाँ कार अनि कारसँग म्याचिङ हर्मीज बर्किनको ब्याग लिने गरेको उनको भनाई छ । यो ब्यागको मूल्य ८० लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म पर्दछ । यसबाहेक हरेक बच्चा जन्माउन नगद २ लाख पाउन्ड पनि लिने गरेकी छिन् ।
सौदीको पहिलो माग हिराको ठुलो औँठी हुने गरेको छ । दोस्रो महँगो उपहारमा बच्चा जन्माउने बेलामा लिने गरेकी छिन् । यो गिफ्ट चाँहि लाखौं रुपैयाँ पर्ने लक्जरी ब्याग हुन्छ । जन्मने बच्चा छोरा वा छोरी के हो सोको आधारमा ब्याग पनि निलो वा गुलाबी हुन्छ । हरेक पटक सन्तान जन्माउँदा उनलाई लक्जरी कार पनि चाहिन्छ । यसबाहेक सौदीको सारा थेरापी र ब्यूटि ट्रिटमेन्टको खर्च पनि श्रीमानले नै उठाउनु पर्ने सर्त उनले राखेकी छिन् । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


