
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ पुस । दुई कट्टर विरोधीको चुनावी प्रतिस्पर्धाले झापामा सुरक्षा चुनौती थपिएको छ। झापा–५ मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनीसँग भिड्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले चुनौती बढेको सुरक्षा निकायको विश्लेषण छ। मंगलबार मनोनयन दर्ताका क्रममा पनि दुई समूहबीच झडप भएको थियो। त्यसअघि झापा पुगेकै दिन ओलीले सुरक्षामाथि प्रश्न उठाएका थिए। तर ओलीको प्रश्न भने एसपी सरुवाप्रतिको असन्तुष्टि थियो। सरकारले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गरेर बसुन्धरा खड्कालाई खटाएको छ। लिम्बू फिर्ता भएपछि खड्काले शुक्रबारदेखि देशकै ठूलो सुरक्षा चुनौती मानिएको जिल्लाको कमान्ड सम्हाल्नेछिन्। उनी…
झापा, ७ माघ । झापाको शिवसताक्षी नगरपालिका–६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी सडक खण्डमा आज साँझ ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मे १ त ७५६३ नम्बरको ट्याक्टर बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गर्दा सहचालक २२ वर्षीय नारायण राजवंशी अचानक ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । तर, साँझ ६ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि ट्याक्टर चालक ३० वर्षीय नितेस घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर इलाका प्रहरी कार्यालय शिवगञ्जको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भद्रपुर, ७ पुस । झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि शुरु भएको छ । झापा उद्योग बाणिज्य संघको आयोजनामा भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा आजदेखि शुरु भएको महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ । आजदेखि शुरु भएको माघ २१ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा महोत्सवको औचित्यमाथि प्रकाश पार्नुहुँदै झापा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष एवम महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । जिल्लाको उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै आन्तरिक बजार…
झापा, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ । निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ ।
बिर्तामोड, ७ माघ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित श्री गायत्री माता मन्दिरको प्रथम वार्षिक उत्सव माघ ९ गते मनाइने भएको छ । मन्दिर परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्दिर स्थापनाको एक वर्ष पूरा भएको अवसरमा माघ ९ गते दातालाई सम्मानसहित विशेष कार्यक्रम गरी वार्षिक उत्सव मनाउन लागिएको मन्दिरका सल्लाहकार संयोजक भेषराज भण्डारी (प्रशान्त) ले जनाकारी दिनुभयो । मन्दिर निर्माणका क्रममा सहयोग गर्ने ७५ जना दातालाई सम्मान गरिने उहाँले बताउनुभयो । त्यस्तै, विशेष पूजा तथा अनुष्ठान, धार्मिक प्रवचन एवम् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने उहाँले बताउनुभयो । वार्षिकोत्सवको अवसरमा प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी, गुञ्जन दाहालसहितको टोलीले साँझ ६…
झापा, ७ माघ । स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार…
झापा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको हो । उजुरीपछि यही माघ ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन…
झापा, ७ माघ । आजदेखि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ हुँदैछ । झापा उद्योग बाणिज्य संघको आयोजनामा भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा आज माघ ७ गतेदेखि २१ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । आज बिहान ११ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विभिन्न जातजातिको झाँकीसहित भव्य समारोहका बीच महोत्सव शुरु हुने जनाइएको छ । संघका कार्यवाहक अध्यक्ष एवम महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले झापाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । ‘समृद्धिको आधार, आर्थिक विकास, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवमका लागि एक…
झापा, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । चुनावमा ६८ दलका तर्फबाट २ हजार २ सय ९७ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये २३५ महिला,२ हजार ६४ पुरुष र १ जना अन्य छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कूल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ३८५ महिला, ३ हजार ८८ पुरुष र १ अन्य गरी ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता भट्टराईले बताए ।
झापा, ७ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा…