झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २१ फागुन । मारवाडी युवा मञ्च बिर्तामोडको अध्यक्ष पदमा बिर्तामोडका युवा व्यवसायी ऋषभ मित्तल चयन भएका छन् । आज भएको साधारणसभाले मित्तललाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी यसअघि मञ्चको बरिष्ठ उपाध्यक्ष रहेका थिए । त्यस्तै, मञ्चको वरिष्ठ उपाध्यक्षमा विशाल अग्रवाल (गोयल), उपाध्यक्षमा पवन शर्मा, महासचिवमा जीवन अग्रवाल (वंशल), कोषाध्यक्षमा सेंकी अग्रवाल, सचिवमा धीरज अग्रवाल, सह–सचिवमा रवि शर्मा, सह–कोषाध्यक्षमा टोनी अग्रवाल (जिन्दल), जन–सम्पर्क अधिकारीमा सुबित अग्रवाल चयन भएका छन् । त्यस्तै मञ्चको सदस्यमा मनोज गोयल, साहिल अग्रवाल, निलेश अग्रवाल, नितिन अग्रवाल, विकास अग्रवाल, मनिष पोद्दार, अंकित अग्रवाल, राहुल अग्रवाल, रोनक अग्रवाल, पियूष खेतान, आकाश…

Read More

कनकाई, २१ फागुन । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको सतासी बहुद्देश्य सहकारी संस्था लि.को २७ औं वार्षिक उत्सव सम्पन्न भएको छ । कनकाई–३ सुरुङ्गास्थित संस्थाको डिपार्टमेन्ट स्टोर परिसरमा सामाजिक व्यक्तित्व, उत्कृष्ट सदस्य, कर्मचारी, सेवा केन्द्रलाई सम्मान, दुई संस्थालाई खाद्यान्न सहयोग लगायतका कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले आम नागरिकको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पछिल्लो समय सहकारी क्षेत्रमा समस्या र विकृत्ति देखिएको भन्दै त्यसको निराकरणमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थाले समाजमा रहेर उत्कृष्ट कार्य गर्ने…

Read More

बिर्तामोड, २१ फागुन । सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ क्लब छैटौं झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३–४ गोल अन्तरले हराउँदै एपिएफ विजयी भएको हो । आजको खेलको म्यान अफ द म्याच एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । एपिएफले यसअघि पनि उद्घाटन खेलमा संकटा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । २८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैठौँ संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख…

Read More

झापा, २१ फागुन । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । बिना विभागीय मन्त्री हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले सपथ लिएका हुन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए ।

Read More

झापा, २१ फागुन । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ । सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डीआइजी अन्जनी पोखरेलले पनि घटनाको विस्तृत विवरण नआएको र आफू घटनास्थलमा जाँदै गरेको बताए ।

Read More

बिर्तामोड, २१ फागुन । सुखानी सन्देश साप्ताहिकको विशेषांक सार्वजनिक गरिएको छ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले आज बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’का बीच सुखानी सन्देशको विशेषांक सार्वजनिक गर्नुभएको हो । सुखानी दिवस अर्थात् फागुन २१ लाई लक्षित गरी तयार पारिएको सुखानी सन्देशमा झापा विद्रोहका विषयमा लेखिएको छ । तत्कालीन झापा विद्रोहको अवस्थालाई समेटेर विशेषांक तयार पारिएको सम्पादक राजु पाठकले जानकारी दिनुभयो । इतिहासलाई साक्षात्कार गराएर जीवन्तता प्रदान गर्ने काम भएको उहाँको भनाइ छ । मुहार पृष्ठमा ‘झापा विद्रोह, सपना अधुरै’ लेखिएको विशेषांकमा कम्युनिष्ट नेताहरु सीपी मैनाली, आरके मैनाली, केपी ओली, नरेश खरेल लगायतले तत्कालीन…

Read More

भद्रपुर, २१ फागुन । झापाको भद्रपुर नगरपालिका–९ स्थित श्रीरामेश्वर शिवपञ्चायन मन्दिर समावेशी धाममा महाशिवरात्री सांगीतिक भजन साँझ तथा महाआरत हुने भएको छ । फागुन २५ गते महाशिवरात्रीको अवसरमा धाम परिसरमा सांगीतिक भजन साँझ तथा महाआरत हुने भएको हो । आज मिन्दर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी धामको आयोजना र जमदारचोक युवा परिवारको सहआयोजनामा सांगीतिक भजन साँझ तथा महाआरत हुने धाम निर्माण तथा व्यवस्थापन समिति अध्यक्ष सरोज निरौलाले जानकारी दिनुभयो । कार्यक्रम सफल बनाउन सहयोगी एवम् धार्मिक व्यक्तित्वहरुबाट सहयोगको अपेक्षा समेत गरिएको उहाँले बताउनुभयो । “अहिले हामीसँग कार्यक्रम गर्ने पैसा छैन”, अध्यक्ष निरौलाले भन्नुभयो, “सबैको सहयोगले कार्यक्रम सभ्य र भव्यतवरले सम्पन्ने…

Read More

झापा, २१ फागुन । नेकपा एमाले झापाले ५१औं सुखानी शहीद दिवसको अवसरमा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गत फागुन १६ गते पार्टीका जनसंगठनहरु बीच सञ्चालन गरिएको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गरेका १५ वटै पालिकाका टिमबीच आइतबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । यो वर्ष एमाले झापाले ५१औं सुखानी शहीद दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो । सोही क्रममा आज जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको जिल्ला सचिव शिव ढुंगेलले बताए । हरेक टिममा ५–५ जना प्रतियोगी सहभागी भएको जिल्लास्तरीय प्रतियोगितामा दमक नगरपालिकाको टिम प्रथम, शिवसताक्षी नगरपालिकाको टिम दोस्रो र गौरादह नगरपालिकाको…

Read More

भद्रपुर, २१ फागुन । झापाको भद्रपुरमा पठन संंकृतिको विकास गर्ने उद्देश्यले भद्रपुरमा रिडर्स क्लब गठन भएको छ । कला, साहित्य र लेखनमा रुची राख्नेहरुको आइतबार बेलुका भएको भेलाले खेमराज दाहालको संयोजकत्वमा ११ सदस्यीय क्लब गठन भएको हो । क्लबको सचिवमा खेमनारायण श्रेष्ठ (रमेश), सदस्यमा समिृष्ठा नेपाल, कृति राई, अञ्जन अधिकारी, कुमार अनुरागी, मोहन राजवंशी, कृतम वन, चन्द्रमणि पौडले र कृष्ण अनमोल रहेका छन् । एक जना महिला सदस्य पछि थप गर्ने भेलाले निर्णय गरेको छ । त्यस्तै, भेलाले फागुन २५ गते पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक कृति आमसञ्चार र समावेशी पत्रकारितामाथि विमर्श कार्यक्रम राख्ने भएको छ । क्लबले नवप्रतिभा अध्ययनमा उत्प्रेरित…

Read More

झापा, २१ फागुन । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले पर्या–पर्यटन विकासको नाममा सामुदायिक वनभित्र पक्की संरचना बनाए कारबाही गर्ने बताउनुभएको छ । आज झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूह अन्तरगत निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रको अवलोकन गर्ने गर्दै मन्त्री भौतिक संरचना कंक्रितको बनाइँदा वनका वन्यजन्तु र चराचुरुङ्गीलाई अनुकूल नहुने बताउनुभयो । “सिमेन्टेड संचरनाले वनको वातावरण स्वच्छ हुँदैन, वनभित्रको प्राकृतिक सुन्दरता समेत ओझेलमा पर्छ”, उहाँले भन्नुभयो, “वन हाताभित्र सिमेन्टेड संरचना निर्माण गर्न निरुत्साहित गरिएको छ, त्यस्तो काम गर्नेलाई कारबाही गरिनेछ ।” प्रदेशभरिका वन कार्यालयलाई उक्त विषयमा सचेतसमेत गराइसकिएको उहाँले बताउनुभयो । यसअघि नै वन हाताभित्र निर्माण…

Read More