झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३ फागुन । पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा उद्योगी–व्यवसायीको चुनावी चहलपहल बढेको छ । बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन नजिकिएसँगै यहाँ चुनावी चहलपहल बढेको हो । संघको नेतृत्व चयनका लागि आगामी फागुन १४ गते हुँदैछ । सोही चुनावलाई लक्षित गरेर आज युवा व्यवसायी अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलका उम्मेदवारहरुको नाम घोषणा गरिएको छ । घोषणा कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले उम्मेदवाहरुको नाम घोषणा गर्नुभयो । एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा र रास्वपा गरी पाँच दल आबद्ध व्यवसायीहरुको प्यालन बनेको छ । मैनाली नेतृत्वको प्यानलको वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे, उद्योग उपाध्यक्षमा…

Read More

मोरङ, ३ फागुन । मोरङको केराबारी गाउँपालिका–९ स्थितबाट पेस्तोल र खुकुरीसहित लेटाङ नगरपालिका–१ का ५२ वर्षीय निरकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । फागुन ३ गते बिहान केराबारी–९ भलुवाइ की ५० वर्षीया जमुनादेवी राई र उनकी २५ वर्षीया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाइते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको मेड इन इटाली लेखेको अटो पेस्तोल १ थान, मेड इन चाइना लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएका…

Read More

सन्तोष शर्माझापा, ३ फागुन । झापाको कनकाई नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षक र विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । यहाँका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरले पूर्वाधार विकाससँगै शिक्षक र विद्यार्थी लक्षित विभिन्न कार्यक्रम गरिरहेको हो । “शिक्षकलाई अब्बल बनाउने शिक्षकबाटै सिकाउने काम भइरहेको छ”, नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतमले भन्नुभयो, “शिक्षणमा दक्ष बनाउन एउटा विद्यालयबाट अर्को विद्यालय पठाइरहेका छौं, जसले शिक्षण शैलीमा सुधार आउनुका साथै शिक्षकको पनि दक्षता बृद्धि हुन्छ ।” विद्यालयमा नयाँ तथा पुराना शिक्षकबीचको अनुभव साटासाट, शिक्षण विधि र शिक्षकभित्रका कमीकमजोरीलाई सुधार्ने किसिमका गतितिविध गरिरहेको उहाँको भनाइ छ । शिक्षकको क्षमता विकास लागि शिक्षककै…

Read More

झापा, ३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

Read More

झापा, ३ फागुन । झापाको अर्जुनधारा नगरपालिका–१ मदनपुरमा हात्तीले एउटा घर भत्काएर अन्न खाएको छ । आज बिहानको राति १ः४५ बजे अर्जुनधारा–१ मदनपुरका बलबहादुर तामाङको बासको टाटीले बेरेको जस्ताको छानो भएको एक तले घर जङ्गलबाट ती वटा हात्ती आएर घर पुर्ण रुपमा भत्काएको हो । ती हात्तीले घरभित्र रहेको धान, चामल खाएको छ । साथै लत्ता कपडा, भाडा वर्तन गरी करिब तीन लाख रुपैयाँ बराबरको गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीले उत्पात मच्चाएर पुनः जंगलतर्फ गएको प्रहरीले जनाएको छ ।

Read More

झापा, ३ फागुन । कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ । दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटकपटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइ सर्न बाध्य भएको बताइन् । हाल उनको परिवार गत जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि कमल गाउँपालिका–६ मङ्गलबारे डेरा गरेर बसेको छ । “दुःख गरेर घर बनायो…

Read More

झापा, ३ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

झापा, ३ फागुन । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटीमा हुनेछ । सन् २०२३ का लागि उत्पादनमूलक क्षेत्रतर्फका लागि आवेदन आह्वान गरिएकोमा १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ भने परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध…

Read More

झापा, ३ फागुन । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ। अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्। सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाइला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताए । भूकम्पमा परेर घाइतेसमेत भएका उनले सिमपाखाको भूभाग भासिएको र बस्न डर लाग्ने अवस्था भएकोले घरमा नगएको…

Read More

झापा, ३ फागुन । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा नेपालीले भोग्नुपरेको समस्या समाधानमा सहयोग गरिदिन राजदूत सुवेदीले महान्यायाधिवक्तासँग अनुरोध गरेका जनाइएको छ । साउदीमा प्रहरीबाट पक्राउ गरिएका वा जेल चलान गरिएका नेपाली कामदारको विवरण नियमित रूपमा दूतावासमा प्राप्त हुन नसकेको भन्दै राजदूत सुवेदीले पूर्ण सूचना आवश्यक रहेकाले सहजीकरण गरिदिन आग्रह गरेका छन्…

Read More