झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १९ माघ । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा एकैदिन १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदी तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५ सय रुपैयाँ थियो ।

Read More

एजेन्सी, १९ माघ । भारतमा सर्पदंश एक गम्भीर स्वास्थ्य संकटका रूपमा देखा परेको छ । सरकारी तथ्यांकअनुसार हरेक वर्ष झन्डै ५० हजार भारतीय नागरिकको सर्पको टोकाईबाट ज्यान जाने गरेको छ । बीबीसीका अनुसार यो विश्वभर कूल सर्पदंश मृत्युमध्ये झन्डै आधा हो । केही अध्ययनहरूले सन् २००० देखि २०१९ को अवधिमा मात्र भारतमा १२ लाखको ज्यान गएको देखाएका छन् । ग्रामीण तथा गरिब समुदाय यसबाट सबैभन्दा बढी प्रभावित छन् । खेतीपाती गर्ने किसान, आदिवासी समुदाय र दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरू जोखिममा छन् । अस्पताल पुग्न ढिलाइ, खराब सडक, एम्बुलेन्सको अभाव र झारफुक तथा धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्तिले मृत्युदर अझ बढाएको…

Read More

बिर्तामोड, १९ माघ । एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक झापा गोल्डकपले आज सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । माघ २४ गतेदेखि हुने प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजकको टिम झापा ११ फुटबल क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै, माघ २५ गते त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने अध्यक्ष केदार गिरीले बताए । त्यस्तै, प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल माघ २६ गते उद्घाटन खेलको विजेता र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ । दास्रो क्वार्टर फाइनल खेल माघ २७ गते दोस्रो दिनको विजेता र…

Read More

काठमाण्डौ, १९ माघ । स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवामा बढीमा २५ हजार रुपैयाँको मात्र सुविधा लिन सक्ने भएका छन् । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यसपछिका उपचार खर्चहरू अस्पताल भर्ना, ल्याब परीक्षण र आकस्मिक उपचारमा गर्न सकिनेछ । बीमाको वित्तीय भार अहिले ओपीडीमा धेरै परेकोले यसलाई कम गर्न सेवा वर्गीकरण गरिएको उहाँको भनाइ छ । आउँदो फागुन १ गतेदेखि नयाँ नियम कार्यान्वयनमा ल्याउने तयारी छ । आइसीयू तथा सर्जरीमा सेवा लिँदा बीमा पर्याप्त नहुने भएकाले सन्तुलन मिलाउन यो नियम लागू गरिएको बोर्डले जनाएको छ । अहिले स्वास्थ्य बीमामा आबद्ध हुन ३ हजार…

Read More

१. बेसारमा करक्यूमिन नामक एक रसायन पाइने हुनाले बेसारको धूलोलाई तातोपानीमा घोलेर पिउनाले शरीरमा औषधिको रुपमा काम गर्छ । २. मस्तिष्कलाई तेजिलो बनाउनुका साथै स्मरण शक्ति बढाउँछ र मस्तिष्कलाई सुरक्षित राख्नमा मद्दत गर्छ । ३. यसमा एन्टीअक्सिडेन्ट बढीमात्रामा पाइने भएकाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्छ । ४. यसको सेवनले रुघाखोकी निको पार्नुका साथै पेटसम्बन्धी समस्या हुनबाट बचाउँछ । ५. रक्तनली तथा धमनीलाई सुरक्षित राख्नुका साथै रगत प्रवाहलाई चुस्त बनाउँछ । ६. यसको नियमित सेवनले अर्थराइटिसको लक्षणबाट टाढा राख्छ । ७. मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । ८. कलेजोलाई सुरक्षित तथा स्वस्थ रख्नमा मद्दत गर्दछ ।एजेन्सी

Read More

झापा, १८ माघ । आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख र एक तोला चाँदीको मुल्य रु ५ हजार ५०० कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ, १८ माघ । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो । चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएको थियो । चलचित्र पत्रकारहरू तथा शुभेच्छुकहरूलाई अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा दिउँसो २ः ३० देखि ३ः०० बजे सम्म राखिनेछ । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।

Read More

बिष्णुप्रसाद पोखरेलदमक, १८ माघ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले सुरक्षाको चिन्ता नगर्न आग्रह गर्नुभएको छ । उम्मेदवार तथा उम्मेदवारसँग सम्बन्धित पार्टीको जो सुकैलाई सुरक्षा खतरा वा चिन्ता भएमा ढुक्कका साथ भन्न आग्रह गर्दै सुरक्षामा कमी हुन नदिने जनाउदै उहाँले यस्तो बताउनुभएको हो । झापा क्षेत्र नं. ५ मा विशेष प्रहरी टोली पनि परिचालन भइसकेको खड्काले जानकारी दिनुभएको छ । झापाको दमकमा भएको छलफलमा राजनीतिक दलहरुले हिजो आफूहरुको घर जलाउने र सरकारी कार्यालयहरु जलाउने अहिले निर्वाचन अभियानमा हिडिरहेको जनाउँदै आफूहरुलाई खतरा हुनसक्ने बताएका थिए । घरदैलो तथा चुनावी अभियानमा असुरक्षा हुने गतिविधि र सामाजिक सञ्जालहरुमा धम्किपूर्ण आशयका अभिब्यक्ति…

Read More

बिराटनगर, १८ माघ । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका भवानी लिम्बुलाई ४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र बुद्धशान्ती गाउँपालिका–३का श्याम धिमाल र कविन्द्र बस्नेतलाई ६ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ । चेजजाँचकै क्रममा मोरङको लेटाङ( –३ की तारा कुमारी लिम्बुलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय लेटाङले र अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई–८ का इन्द्रराज घिमिरेलाई ३००…

Read More

१. के राति दही खान हुन्छ ?राति दही खान नहुने कुनै नियम छैन। रातिको खाना (डिनर) मा दही खानु सुरक्षित हुन्छ र यो पाचनका लागि पनि राम्रो मानिन्छ।धेरै तेल–मसला भएको खाना वा चिनीसँग भने दही नखादा राम्रो हुन्छ। २. के दही खाँदा रुघा लाग्छ ?दही खाँदा कफ (.म्युकस) बन्दैन र यसले श्वासप्रश्वास सम्बन्धी कुनै संक्रमण पनि गराउँदैन। दही खाँदा रुघा लाग्छ भन्ने कुराको कुनै वैज्ञानिक आधार छैन।यदि कसैलाई दहीसँग संवेदनशीलता छ भने मात्र असहज हुन सक्छ। ३. के दही खाँदा तौल बढ्छ ?दहीले तौल बढाउँछ भन्नु ठूलो भ्रम हो। यसमा प्रोटिन र प्रोबायोटिक्स प्रशस्त हुन्छ, जसले पेट लामो समयसम्म भरिएको…

Read More