
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १ फागुन । लायन्स क्लब अफ बिर्तामोड लेडीले अर्जुनधारा ६ दास पुलस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । उनीहरुलाई कपी तथा अन्य स्टेशनरी सामान वितरण गरिएको हो । लायन्स क्लब अफ बिर्तामोड लेडीकी सक्रिय सदस्य उमा शाहका छोराको जन्मदिनको अवसर पारेर सो सहयोग गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरू उप्रेती ओलीले बताइन् ।
झापा, १ फागुन । वीरता लेडी जेसीजले सोमबार प्रि–इन्डक्सन एण्ड लोम अफिसर्स ट्रेनिङ आयोजना गरेको छ । आफ्ना सदस्यहरूको सीप तथा क्षमता बृद्धिका लागि लेडी जेसीजले उक्त तालिम आयोजना गरेको हो । सदस्यहरूको प्रतिस्पर्धी क्षमता विकासमा सघाउन तालिम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो । तालिममा ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो । सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि एवम् वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले तालिम दिनु भएको हो । पूर्व अध्यक्ष कञ्चना सिटौला विशिष्ट अतिथि रहनु भएको तालिममा वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्षहरू, मानार्थ सदस्यहरू र कार्यसमितिका पदाधिकारी तथा सदस्यको सहभागिता…
शिवसताक्षी, १ फागुन । झापामा अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन ०४ गतेदेखि ११ गतेसम्म शिवसताक्षी नगरपालिका झिलझिलेमा अन्तरपालिका स्तरीय कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । प्रतियोगितामा झापाको १५ पालिकाकाले समावेश जनाउने छन् । प्रतियोगिताको विजेता टिमले नगद ७० हजार र उपविजेता टिमले नगद ४० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेल व्यवस्थित र मर्यादित हुने शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले बताए । झापाका सबै पालिकाहरुका कर्मचारीहरुलाई खेलमा प्रोत्सहान गर्दै उनीहरुको स्वास्थ्य र तनाव रहित तवरले कार्य सम्पादन गर्न अपेक्षा गरिएको…
झापा, २९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभई एक रथका दुई पाङ्ग्रा भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको छैटौँ प्रदेश सभामा उनले साझेदार छुटिएर जान सक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार र व्यवसायी रहेको बताएका हुन् । ‘कर बिनाको सरकार चल्न सक्दैन, व्यवसायी डुब्यो भने सरकार चल्न सक्दैन, उनले भने, बैङ्क डुब्यो भने रोजगारी पाउने अवस्था हुँदैन त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नका लागि योजना कार्यान्वयनमा ल्याउनै लागेको छ ।’ महासंघको यो सभा प्रदेशको दिगो विकाशमा केन्द्रित हुन्छ भन्नेमा विश्वस्त रहेको उनले बताए । ‘व्यवसाय गर्ने…
बिर्तामोड, २९ माघ । बिर्तामोडमा भएको पाँचौँ संस्करणको राष्ट्रिय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि निश्चल क्षेत्री र पविन लिङथेपको जोडी तथा प्रेम गुरुङ र सञ्जय कपालीको जोडीले उचालेको छ । आज बिर्तामोडको मेहरमान बहुउद्देश्यीय कबर्ड हलमा सम्पन्न फाइनल प्रतिस्पर्धामा पुरुष खुलातर्फ भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपले सोझो सेटमा जित हाँसिल गर्दै उपाधि जितेका हुन् । त्यस्तै, भेट्रान्सतर्फ गुरुङ र कपालीको जोडीले कृष्ण खड्का र विष्णु तामाङको जोडीलाई हराउँदै उपाधि रक्षा गरेको हो । यसैबीच, खुलातर्फ आर्मीका हिमाल चन्द र नखिपोटका विवेक कन्दङवाको जोडी तथा उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडी तेस्रो भए । भेट्रान्सतर्फ…
द्रोण अधिकारी समय अनुकुल उत्पादन बढाउन नेपालको सम्बृद्धिमा कृषिको व्यवसायिक विकास अनिवार्य आवश्यक छ । कृषिको विकासमा यान्त्रिकरण विना संभव पनि छैन । यसैका लागि राज्यले विशेष क्षेत्र घोषणा गरी विषयगत अवधारणा ल्याएको छ । पूर्वी नेपालको धानको भकारीका रूपमा परिचित झापा जिल्लालाई धान सुपरजोनका रूपमा घोषित गरेर सरकारले साविकको बनियानीलाई केन्द्र बनाएर १० वर्षे परियोजना लागु गरेको थियो । परियोजनाले पहिलो दशक पूरा गर्ने समय नजिकिदै गर्दा कृषिमा यान्त्रिकीकरण तथा व्यवसायिक वातावरणका लागि सिञ्चाइमा नयाँ प्रविधि सहित धान खेतीमा जोत्ने, विउ रोप्ने, धान काट्ने यन्त्रले प्रवेश पायो । नयाँ प्रविधि भित्र्याइएपछि उत्पादनमा केही सुधार पनि आयो । व्यवसायिक कृषि…
सुनसरी, २९ माघ । सुनसरीको धरान उप–महानगरपालिका–१३ जिरोप्वाइन्टबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट अमरहाट धरानबाट आइतबार बिहान खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको द्यच्ज्ञण्एढज्ञछद्ध र ःएज्ञठत्ब्ण्छज्ञद्द नम्बरको दुई वटा बलेरो गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा दुई वटा गाडीबाट १ सय ४९ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसगै ओसार–पसारमा संलग्न रहेका चालकहरु भारत बिहारका ३१ बर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल र गाडीमा सवार रहेका २३ वर्षीय संजय कुमार मण्डल, ३५ बर्षीया रेखा देवी, ३५ बर्षीया रिङ्की देवी, ३५ बर्षीया दया मण्डल, ३७ बर्षीय…
झापा, २९ माघ । सुनसरीको इनरुवा नगरपालिका–४ बाट ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित १ जना भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । चेकजाँचको क्रममा आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार राज्य बिरपपुर–५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते दिउँसो पक्राउ गरेको हो । BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा सवार रहेका साफीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट रू एक करोड बयासी लाख एकाउन्न हजार बराबरको अठार हजार दुई सय एकाउन्न थान बरामद भएको थियो…
दमक, २९ माघ । दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न ताकेता गरेपछि नगरपालिकाले सो निर्णय गरेको हो । नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मर बापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय नगरपालिकाले गरेको छ । नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ । नगरपालिकाको गत माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एक सय ७० विद्युत् मिटरमा उठेको महसुल बापतको बक्यौता रु छ करोड ९३…
बिर्तामोड, २९ माघ । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचन लक्षित चुनावी गतिविधि तीव्र बन्दै गएको छ । आगामी फागुन १४ गते हुने बिर्तामोड उद्योग बाणिज्य संघ लक्षित यहाँका व्यवसायीले चुनावी गतिविधिलाई तीव्रता दिएका हुन् । यसै सन्दर्भमा पाँच दलीय सम्मिलित स्वतन्त्र व्यवसायी प्यालनको निर्वाचन सम्पर्क कार्यालय आज उद्घाटन भएको छ । कार्यालयको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डामलमियाले उद्घाटन गर्नुभयो । उहाँले समग्र व्यवसायीको हितका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोडदिनुभयो । त्यस्तै, स्वतन्त्र व्यवसायी प्यालनबाट अध्यक्षका उम्मेद्वार अर्जुन मैनालीले नयाँ, पुराना, साना–ठूला सबै व्यवसायीको पक्षमा काम गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले बिर्तामोड उद्योग…