झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ माघ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् । महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले नेपाल आगामी दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । विराटनगरमा भएको अधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्षद्वयमा उदयपुरका घनश्याम पोखरेल र सुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै, मोरङका दिवाकर भट्टराई सचिव र मोरङका गौतम शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै, झापाका टंकप्रसाद भट्टराई सहसचिव पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए । त्यस्तै, सदस्यमा मोरङबाट नवीन रेग्मी, यतिराज पोखरेल,…

Read More

भद्रपुर, २८ माघ । पूर्व मेची बस व्यवसायी प्रालिको चौथो वार्षिक साधारण सभाले राजेन्द्र रिजालको नेतृत्वमा नयाँ सञ्चालन समिति गठन गरेको छ । लामो समयदेखि बस व्यवसायमा रहेका भद्रपुरका स्थायी बासिन्दा रिजाल ४ वर्षे कार्यकालका लागि प्रालिको निर्बिरोध अध्यक्ष चयन भएका हुन् । यसअघि प्रालिको प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका रिजालले मतदान मार्फत सदस्य चुनिएपछि अध्यक्षमा निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक मोहनप्रकाश उप्रेतीले जानकारी दिएका छन् । १० सदस्य पदका लागि १२ जनाको उम्मेद्वारी परेपछि सदस्य पदमा मतदान भएको थियो ।

Read More

भद्रपुर, २८ माघ । झापाको भद्रपुर नगरपालिकाले यहाँका कृषकलाई मकैको बिऊ र कृषि चुन वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखाले उन्नत कृषि उपज उत्पादन अन्र्तगत यस वर्षका लागि उन्नत जातको मकै ८ हजार ३ सय ३३ केजी र ४ हजार ४९ बोरा कृषि चुन वितरण गरेको हो । शाखाका निमित्त प्रमुख सुमन विमलीका अनुसार उन्नत मकैको रामपुरे ६२५६ के.जी. र अरुण २०७७ के.जी. कृषकलाई अनुदानमा वितरण गरिएको छ । उनले सिञ्चाइका लागि ५० थान पानी तान्ने पम्प समेत अनुदानमा वितरणका लागि कृषकसित आवेदन मागिएको जानकारी दिए ।

Read More

बिर्तामोड, २८ माघ । झापाको बाह्रदशी गाउँपालिकामा आगामी फागुन २१ गते ‘बृहत जनवादी गीति कार्यक्रम–२०८०’ हुने भएको छ । बाह्रदशी–५ स्थित सहिद प्रजापति स्मृति प्रतिष्ठानको आयोजनामा राष्ट्रियस्तरको बृहत जनवादी गीति कार्यक्रम हुने भएको हो । जनवादी गीत–संगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले जानकारी दिएको छ । वरिष्ठ जनवादी गायक राजन राईको साथमा झापामा पहिलो पटक आगामी कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । सहिद प्रजापति सापकोटालाई राष्ट्रिय सहिद घोषणा गर्न दबाब दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको दिगो विकास र संरक्षण गर्ने,…

Read More

झापा, २८ माघ । माइकल ज्याक्सनका आधाजति गीत करिब ६० करोड डलरमा बिक्री भएको छ। सोनी म्युजिक ग्रुपले ती गीत किनेको बताइएको छ। यसको अर्थ ज्याक्सनको सांगीतिक सम्पत्ति १.२ अर्ब डलरभन्दा ज्यादा हुने देखिएको छ। एकल संगीतकर्मीको रचना यति ठूलो मूल्यमा बिक्री भएको यो पहिलो पटक हो। २००९ मा ५० वर्षको उमेरमा बितेका ज्याक्सन विश्वका सबैभन्दा सफल संगीतकर्मीमध्ये एक हुन्। उनका ४० करोडभन्दा ज्यादा रेकर्ड बिक्री भएका थिए । उनको १९८२ को एल्बम थ्रिलर अझै पनि सबैभन्दा बढी बिक्री हुने रेकर्डका रुपमा गिनिज वर्ल्ड रेकर्डमा कायम छ। उनका गीत अझै पनि स्पटिफाइमा मासिक ४ करोड पटक सुनिन्छन्। उनको बायोपिक आउने…

Read More

पछिल्ला दिनहरूमा विश्वभरि नै निमोनिया जस्ता श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा अस्वाभाविक वृद्धि भएका विवरण आएका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार निमोनिया विश्वभरि सबैभन्दा धेरै बालबालिकाहरूको ज्यान लिने सङ्क्रमण हो। सन् २०१९ को एक आँकडा अनुसार उक्त वर्ष पाँच वर्ष मुनिका ७,४०,१८० जना बालबालिकाहरूको यो सङ्क्रमणका कारण मृत्यु भएको थियो। जुन सङ्ख्या त्यो वर्ष मृत्यु भएका यो उमेर समूहका बालबालिकाहरूको कुल सङ्ख्याको १४ प्रतिशत थियो। यस्तो मृत्यु सबैभन्दा धेरै दक्षिण एशिया र अफ्रिकाको सब सहारा क्षेत्रमा देखिएको छ। निमोनियाबारे तपाईँले थाहा पाउनुपर्ने पाँच वटा कुरा हामीले यहाँ उल्लेख गरेका छौँ। निमोनिया जन्मकै समयमा वा त्यसको केही समयपछि पनि रगतबाट फैलनसक्छ। निमोनिया के…

Read More

झापा, २८ माघ । शिवसताक्षी नगरपालिकाको बालसेवा आधारभूत विद्यालयका शिक्षकले विद्यालयका लागि बस खरिदका लागि एक महिनाको तलब सहयोग गरेका छन् । शिवसताक्षी नगरपालिका–७ मा रहेका विद्यालयका भूपू विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा बस खरिद गर्नका लागि अभियान सुरु गरेको थियो । अभियानलाई सफल पार्नका लागि सबै शिक्षकले एक महिनाको रकम एकमुष्ट रु चार लाख ४० हजार आठ सय १६ नगद रकम विद्यालयलाई प्रदान गरेका हुन् । विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले विद्यालयलाई बस आवश्यक भएको हुँदा शिक्षकबाटै रकम सङ्कलन गर्न सुरु गरिएको बताए । अभियानलाई अभिभावक, समाजसेवीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बस खरिद गरी आगामी शैक्षिक सत्रदेखि सञ्चालनमा ल्याउने…

Read More

झापा, २८ माघ । सगरमाथा र लोत्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले आगामी वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ । पर्यटन विभागका निर्देशक राकेश गुरुङले सगरमाथा क्षेत्रको सरसफाइसम्बन्धी सबै जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तह मिलेर सगरमाथालाई स्वच्छ र सफा राख्न यस्तो नियम ल्याउन लागिएको बताए । उनले भने, “आगामी मार्च मध्यबाट सुरु हुने वसन्त ऋतुको आरोहणलाई व्यवस्थित बनाउन विभागले विभिन्न निकायसँग छलफल जारी राखेको छ । सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका…

Read More

झापा, २८ माघ । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । ‘हामी एउटै कामका लागि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँभन्दा बढी पैसा बुझाएर आयौं, तर यहाँ म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब पाएनौं,’ अलपत्र परेका १५ जनामध्येका एक चित्रमणि महतोले भने, ‘हामी यहाँ आएको दुई महिना भयो, कम्पनीले काम दिन्छु दिन्छु मात्र भन्छ, यति तारिख उति तारिख…

Read More

भद्रपुर, २७ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्गमा आज बेलुका ट्रिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुद्धशान्ति–३, सात नम्बर चोकस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ न.को टिफर एक आपसमा ठोक्किँदा सोही स्थान २३ को रामकृष्ण पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा दाहिने हात र छातीमा चोट लागेर गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाइकल पछाडि बुद्धशान्ति–३ का…

Read More