
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
खोटाङ, १६ माघ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म ‘विदेश पठाइदिन्छु भन्दै पैसा लिएको तर, वर्षौँसम्म विदेश नपठाएको’ जनाउँदै आप्रवासी स्रोत केन्द्र दिक्तेलमा उजुरी दिएका हुन् । सुरक्षित आप्रवासन कार्यक्रम ९सामी०का खोटाङ संयोजक सन्तोष राईले रु एक करोड पाँच लाख १३ हजार ठगी गरेको उजुरी परेको जानकारी दिए । “वैदेशिक रोजगारीमा पठाउने बहनामा ठगीमा परेको जनाउँदै चालु आर्थिक वर्षमात्रै १५ जनाले उजुरी दिएका छन् । पीडितको उजुरीमा रु २३ लाख ४० हजार पाँच सय ठगी भएको उल्लेख छ”, उनले…
झापा, १६ माघ । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २…
झापा, १५ माघ । झापामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष धिमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । धिमालले ती बालिकालाई मेचीनगर नगरपालिका–१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बुद्धशान्ति, १५ माघ । सहारा नेपाल साकोसको सहयोगमा झापाको बुद्धशान्ति गाउँ पालिकाका ७ बटै बडामा जेष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएको छ । सोमबार बुद्धशान्ति गाउँपालिका बडा नं. ५ मा निर्माण गरिएको जेष्ठ नागरिक चौतारीको उद्घाटनको अवसरमा आयोजिक समारोहमा बताइए अनुसार बुद्धशान्तिका सबै बडामा चौतारी भवन संचालनमा आएका छन् । सो भवनको गाउँ पालिका अध्यक्ष मनोज प्रसाईंले उद्घाटन गर्दै बुद्धशान्ति गाउँ पालिका जेष्ठ नागरिकमैत्री पालिकाको बाटोमा अगाडि बढेको बताउनुभयो । झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको र सदस्य संख्याका आधारमा देशकै सबैभन्दा ठुलो सहकारी संस्था सहारा नेपाल साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत हाल सम्ममा यस प्रकारका २५ बटा जेष्ठ नागरिक…
झापा, १५ माघ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन्। उनले आफू वर्तमानमा स्वतन्त्र काङ्ग्रेस रहेको दाबी समेत गरे। गृहनगर झापाको धुलाबारीमा सोमबार (आज) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने संकेत गरे। “प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर आफूले सभापतिमा प्रतिस्पर्धा गर्नु पनि पर्ने हुन्छ सक्छ”, शर्माले भने, “पूर्णबहादुर खड्का र शेखर कोइराला मध्ये एकजनालाई सभापति छाडेर उपसभापतिमा बस्नु पर्ने अवस्था पनि नहोला भन्न सकिन्न ।” उनले सभापति लड्ने “उस्तै अवस्था” भने पनि कस्तो…
चन्द्र बस्नेतझापा, १५ माघ । आइतबार बिहानबाट २५ दिनको नवजात शिशु साथ लिएर गएकी एक सुत्केरी महिलाको शव ताप्लेजुङको फुलवारीस्थित तमोर नदी किनार (माटेमा) आज फेला परेको छ छ । नवजात शिशु अझैसम्म फेला नपरेको ताप्लेजुङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूका अनुसार पाँचथरको याङ्वरक गाँउपालिका–६ नागीकी यमुना भुर्तेल चापागाई नानीलाई खोप लगाएर आउछु भन्दै आइतबार नजिकै परेवाडाँडामा रहेको खोप केन्द्र तर्फ अटोमा गएकी थिइन् । धेरै समय पर्खदा पनि घर नफर्किए पछि उनको खोजी कार्य सुरु गरिएको थियो । आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारी चोकपुरमा माईतिघर भएकी यमुनाको मोबाइल र झोला भने माइती…
सन्तोष शर्माझापा, १५ माघ । झापामा विगत १२ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरुद्धको अभियानलाई यो पटक सफल बनाउने प्रतिबद्धता जनाइएको छ । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवसको अवसरमा झापाको भद्रपुरमा आज आयोजित सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सहभागीहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रमा प्रदेशसभा सदस्य छविलाल चुँडालले हात्तीपाइले रोगको निदानका लागि प्रदेश सभामा कुरा उठाउने बताउनुभयो । “रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै दिनु हुँदैन”, उहाँले भन्नुभयो, “अभियान सफल बनाउन सबैको सहयोग जरुरी छ, यसका लागि पाइलट प्रोजेक्ट चलाउनु पर्छ ।” औषधि सेवन दर कम भएको भद्रपुर नगरपालिकामा थप कार्ययोजनाका साथ अभियान चलाइने नगरप्रमुख गणेश पोखरेलले प्रतिबद्धता जनाउनुभयो ।…
झापा, १५ माघ । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार अौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । ‘प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन्’, उनले भनिन्, ‘निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिकको स्वास्थ्य चौकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिकको…
झापा, १५ माघ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने व्यवस्था गरेको हो । अनलाइन सेवा अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका काम गर्न सक्ने पनिकाको जनाएको छ । यसका लागि ई(पेमेन्टको सुविधा समेत हुने बताइएको छ । आज हामी ट्रान्सक्रिप्टका लागि अनलाइन आवेदन दिने तरिकाबारे जानकारी दिँदै छौंः १. सबैभन्दा पहिले यहाँ क्लिक गरेर परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमा जानुहोस् ।२. त्यसपछि त्यहाँ होमपेजमा देखाइएको सर्टिफिकेट ‘Certificate’ को लिङ्कमा क्लिक गर्नुहोस् ।३.…
सन्तोष शर्माझापा, १४ माघ । झापामा ५४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १८ जना महिला र ३६ जना पुरुष गरी ५४ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । फेला परेका नयाँ कुष्ठरोगीमध्ये दुई जना बालबालिकासमेत रहेका छन् । झापाको दक्षिणी ग्रामीण क्षेत्रमा कुष्ठरोगीको संख्य अधिक रहेको छ भने बाक्लो जनघनत्व भएको स्थानमा समेत कुष्ठरोगी रहेका छन् । जिल्लाको १५ वटा पालिकामध्ये कचनकवल गाउँपालिका सबैभन्दा बढी कुष्ठरोगी रहेको पालिका हो । त्यसपछि बिर्तामोड नगरपालिका र दमक नगरपालिकामा धेरै कुष्ठरोगी रहेका छन् । अन्य पालिकामा छिटपुट रुपमा…