
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १४ माघ । झापा विद्युतीय व्यवसायी संघको अध्यक्षमा डिल्लीराम बाराकोटी चयन भएका छन् । संघको शनिबार निचाझोडा सिमसार तथा पर्यटकीय क्षेत्र चारआलीमा भएको दशौं साधारणसभा तथा तेस्रो अधिवेशन बाट बाराकोटी २ बर्षे कार्यकालकालागि निर्विरोध चयन भएका हुन् । त्यस्तै संघको उपाध्यक्षमा अम्बरबहादुर कार्की, सचिव रोशन बस्नेत, सह–सचिव दिनेश भट्टराई, कोषाध्यक्ष विवेक अग्रवाल सर्वसम्मत चयन भएका हुन् । त्यस्तै संघको सदस्यमा अरुण प्रधान , विवश न्यौपाने, रोहित अग्रवाल, उत्सव बांस्तोला, बिदुर कार्की र खगेन्द्र कार्की चयन भएका छन् । नव निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक दिपेन्द्र कटुवालले प्रमाणपत्र प्रदान संगै खादा माला पहिराएका थिए । कटुवालकाे संयाेजकमा रहेकाे प्रितिमकुमार धमाला,…
झापा, १४ माघ । नेकपा (एकीकृत समाजवादी) को दोस्रो राष्ट्रिय परिषद्को बैठक आजदेखि सुरु हुँदैछ । आज बिहान ११ः३० बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बैठक भोलिसम्म चल्ने छ। बैठकमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी हुने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले पार्टीको विधान मस्यौदामाथि छलफलका लागि बैठक बोलाएको हो । एकीकृत समाजवादीले यसअघि नै सचिवालय र केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदामाथि छलफल गरिसकेको छ । एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेको समिति बनाएको थियो ।
झापा, १४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
झापा, १४ माघ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका अनुसार कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । यो रोगको उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको मध्यमबाट सर्ने महाशाखाले जनाएको छ । रोग लागेको सुरुको अवस्थामा रोगको उपचार गरे अरूलाई नसर्नुका साथै पूर्णरुपमा निको हुन्छ । नेपालमा पछिल्लो समय…
इलाम, १४ माघ । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । “चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौँ”, अधिकारीले भने । सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दैछ । उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको…
चन्द्र बस्नेतकनकाई, १३ माघ । झापाको कनकाई–३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विद्यालयले आफ्नो २९औं वर्षगाँठको अवसर पारेर सप्ताह व्यापी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कनकाई–३ स्थित कनकाई माविको खेल मैदानमा आयोजित कार्यक्रममा दर्जनबढी विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । विद्यालयकी प्रबन्ध निदेर्शक ग्रीशा रावल थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा कृतिमानी धावक बैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यता रहेकोे थियो । कार्यक्रममा प्रमुख अतिथि मानन्धरले स्वस्थ्य जीवन जिउन हाम्रो लागि खेल नै आजको आवश्यक भएकाले खेलको माध्यमबाट आफ्नो जीवन स्वस्थ राख्न सुझाव दिनुभएको थियोे । प्रमुख अतिथि मानन्धरले सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक बिद्यालयले गरेको खेलकुद तथा अन्य क्रियाकलापको खुलेर…
शिवसताक्षी, १३ माघ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का विपन्न परिवारलाई खाट वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले वडा भित्रका ४ सय परिवारलाई खाट वितरण गरेको हो । वडाका विपन्न समुदाय जाडोमा चिसो भूईमा सुत्नु पर्ने बाध्यतालाई मध्यजनर गर्दै खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले जानकारी दिए । यहाँका ४ सय परिवारलाई मिनी खाट वितरण गरिएको छ । उनले भने, वडमा अधिकांश विपन्न समुदाय बस्छन् । जसको घरमा खाट छैन, यो माघको जाडोमा भुइमा सुत्नुपर्ने बाध्यता छ । शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड सहयोग स्वरुप मागेर उक्त प्लाइको खाट…
झापा, १३ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवन शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् । ‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकी अहिले सर्वसाधार्णको दैनिकी नै इञ्जिनियरको हातमा छ तर त्यो दिन सकेका छौं’, उनले भने, ‘इञ्जिनियरिङ ईतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न सक्दैन । त्यसैले कसैले गरेको अभ्यासले बनेको इतिहासले राम्रो र फरक इञ्जिनियर बन्न सक्दैन ।’ नेपालको शिक्षा कमजोर छैन त्यसैले गुगल, फेसबुक, नासालगायतका संसारभरका कम्पनिमा…
विराटनगर, १३ माघ । आचार्य कल्याण समाजको ११ औं साधरणसभाबाट पुनः पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति गठन भएको छ । मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारणसभाले २ वर्षे कार्यकालका लागि नयाँ समिति निर्माण भएको हो । २०६४ सालमा स्थापित कल्याण समाजको उपाध्यक्षमा जयधर्म आचार्य, शिव आचाई र दुर्गा रिजाल आचार्य चयन भएका छन् । सचिवमा ठाकुर प्रसाद आचार्य, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । समाजको सदस्यहरुमा चक्रप्रसाद आचार्य, देवीप्रसाद आचार्य, गुणराज आचार्य, गोपाल आचार्य, लिलाप्रसाद आचार्य, मुरारी आचार्य, नारायण प्रसाद आचार्य (ए), नारायणप्रसाद आचार्य (बि), रोशन आचार्य, कालिप्रसाद आचार्य,…
इलाम, १३ माघ । पूर्वी पहाडका जिल्लाका उच्च स्थानमा हिमपात भएको भएको छ । वर्षासँगै पहाडका उच्च हिमाली क्षेत्र तथा ताप्लेजुङको पाथीभरामा बाक्लो हिमपात भएको छ । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो । हिमपातका कारण पाथीभरा क्षेत्र सुनसान छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए । शेर्पाका अनुसार हिमाली…