झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, ५ माघ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ७ ले वडाका विपन्न ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल तथा सहायता सामग्री वितरण गरेको छ । चालू आर्थिक वर्ष ०८०÷०८१को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत वडाले घरदैलो कार्यक्रम उक्त सामग्री वितरण शुरु गरेको हो । कार्यक्रम अन्तरगत गत सोमबारदेखि सामग्री बाँड्न थालिएको छ । ५४ जना ज्येष्ठ नागरिकलाई कम्बल, ५५ जनालाई स्टीलको लौरो, चार जनालाई प्लाष्टिकको ट्वाइलेट कुर्सी र एक जनालाई वैशाखी वितरण गर्नेकार्यक्रम रहेको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले बताए । वडाले ज्येष्ठ नागरिकतर्फको एक लाख रुपैयाँ र लक्षिततर्फको ६० हजार रुपैयाँ गरी जम्मा एक लाख ६० हजार रुपैयाँबाट…

Read More

झापा, ५ माघ । दक्षिण अफ्रिकामा आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । प्रतियोगिताको पहिलो दिन आज अमेरिका र आयरल्यान्ड तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेल हुनेछ । यू–१९ विश्वकपको १५औँ संस्करणमा नेपालसहित १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन् । यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ । जनवरी २४ तारिखमा…

Read More

झापा, ५ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित भएसँगै अन्य दुई पार्टीसँग एकीकरणको आन्तरिक गृहकार्यसमेत सँगसँगै भइरहेको छ । लोसपाबाट विद्रोह गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले गठन गर्ने नयाँ दल, प्रभु साह नेतृत्वको आमजनता पार्टी ९आजपा० र डा सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकीकरण गर्ने आन्तरिक तयारी भइरहेको छ । महतो नयाँ दल गठन गर्दै आन्दोलनको तयारीमा छन् भने साह आन्दोलनमै छन् । साहले ११ माघमा मधेस बन्दको आह्वान गरेका छन् । यस्तै, उनले विभिन्न माग…

Read More

भद्रपुर, ४ माघ । मानव अधिकारका लागि महिला एकल महिला झापाले जिल्लाका १५ वटै पालिकाका प्रमुखहरूलाई संरक्षण अधिकार खोसिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । संघीय संरचनामा परिवर्तन हुनु पूर्व महिला तथा बालबालिका कार्यालय मार्फत अप्ठ्यारोमा परेका एकल महिला संरक्षणका लागि राज्यले कोष खडा गरी संरक्षण गरिरहेकोमा संघीयता कार्यान्वयन भएसंगै सो अधिकार खोसिएकोले पुनस्थापनको माग गर्दै स्थानीय सरकार प्रमुखलाई ध्यानाकर्षण गरिएको हो । केन्द्रीय सचिव तथा झापा अध्यक्ष रेखा अधिकारीको नेतृत्वमा भद्रपुर नगरपालिका लगायत झापाका विभिन्न पालिकामा ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षण पत्रमा विगतदेखि राज्यले गर्दै आएका सम्पूर्ण संरक्षणका काम स्थानीय सरकारले जिम्मा लिन माग गरिएको छ ।

Read More

शिवसताक्षी, ४ माघ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जंगली हात्ती रातै पिच्छे गाउँ पसेर घर भत्काउने, बाली नाली नष्ट गर्न थोलेपछि वडाले हात्ती प्रवेश गर्ने क्षेत्रका नागरिकलाई १० थान साइरन वितरण गरेको हो । जंगली हात्ती झिलझिलेले, डुडाँमारी र धरमपुरका राजमार्ग उत्तरबाट रातको समयमा गाउँ प्रवेश गरेर घर भत्काउने, बाली नाली नष्ट गर्न थालेपछि हात्ती धपाउन साइरन वितरण गरेको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए । लामो समयदेखि वडा नंं ८ मा हात्तीले धेरै जनधनको क्षति गरेको कारणले जंगल छेउका नागरिकलाई वितरण गरिएको उनले बताए। उनका अनुसार शिवसताक्षी नगरपालिकामा हात्ती…

Read More

झापा, ४ माघ । प्रशासनले लिएको शुल्क अनुसार विद्यार्थीहरूलाई खानामा ठगी गरेपछि नेपाल मेडिकल कलेजका विद्यार्थीहरू क्याम्पस प्रशासन बिरूद्ध आन्दोलनमा उत्रेका छन् । गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले एक वर्षका लागि गुणस्तरीय खानेकुरा पाउने गरी शुल्क बुझाएको भए पनि सो अनुसार खाना नपाएपछि क्याम्पस प्रशासन बिरूद्ध चरणबद्ध आन्दोलन अन्र्तगत धर्नामा बसेका हुन् । कलेजमा रहेको क्यान्टिनले खानामा चरम लापरबाही गरेको विषयमा सुधार गर्ने गरी प्रशासन र विद्यार्थी बीच सहमति भए पनि कार्यान्वयन नभएपछि विद्यार्थीहरू धर्नामा उत्रेका हुन् । विद्यार्थीहरुले वर्षमा क्यान्टिन शुल्कका रुपमा एक वर्षको डेढ लाख रुपैयाँ भर्नासंगै सुरुमै बुझाउँदै…

Read More

एकराज प्रधानबिर्तामोड, ४ माघ । सामान्यतया साहित्यिक कार्यक्रम भन्ने बित्तिकै किताब विमोचन, पुरस्कार वितरण, कविता गोष्ठी भन्ने बुझ्न सकिन्छ । कतिपय औपचारिकताले साहित्यिक कार्यक्रमलाई बोझिलो बनाउने गरेको अवस्थामा बिर्तामोडमा बिहीबार आयोजित एक कार्यक्रमले नयाँपन दिएको महसुस गराएको छ । लेखक तथा साहित्यकारहरुले एकोहोरो बोलिरहने पट्यारलाग्दो परम्पराको अन्त्य गर्दै पहिलोपटक लेखकसँग पाठकहरुको प्रत्यक्ष अन्तरसम्वाद शैलीको कार्यक्रम आयोजना गरिएको छ । रिडर्स मिट नाम दिइएको कार्यक्रममा पाठकहरुले लेखकलाई जिज्ञासा राखेका थिए । पुस्तकहरुमा भूमिका किन लेखिन्छ ? यो प्रश्न लेखक समेत रहेका पत्रकार सन्तोष आचार्यले राख्दा कार्यक्रममा सहभागी लेखकहरु प्रकाश थाम्सुहाङ, अमृत क्षेत्री र चन्द्र गुरुङले भूमिका अनिवार्य नभएको घुमाउरो जवाफ दिएका…

Read More

कनकाई, ४ माघ । झापाको पवित्र एवम् धार्मिकस्थल कनकाई माईको पुर्वी किनारमा गत पौष २९ गतेदेखि माघ २ गतेसम्म माइबेनी मेला लागेको स्थानको सरसफाई गर्न शुरु गरिएको छ । आफ्नो काम आफैँ गरौं भन्ने ध्येयका साथ कनकाई वडा न ४ मा रहेको उक्त स्थानको वडाकै अगुवाइमा सबै टोल विकास सस्थाको सहयोगमा मेला स्थलको सरसफाइ सुरु गरिएको वडा अध्यक्ष रोषन सुवेदीले जानकारी दिनुभयो । मेला स्थल धार्मिक क्षेत्र पनि भएकाले मानिसका लागी सरसफाइ अति आवश्यक छ भन्दै सरसफाई कार्यक्रम सुरुवात गरिएको वडा अध्यक्ष सुवेदीले स्पष्ट पार्नुभयो । स्वच्छ वातावरणमा जिउनका लागि सरसफाई आवश्यक छ त्यसमा पनि पर्यटकीय एवम् धार्मिक क्षेत्रको सरसफाई…

Read More

बिर्तामोड, ४ माघ । झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । आज उनले बिर्तामोड–३ का दुई वटा बस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् । पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले बिर्तामोड–३ को विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वीटर वितरण गरेका हुन् । उनले एक सय जना सन्थाल बालबालिकालाई चिसोयाममा स्वीटर वितरण गरेको जानकारी दिए । नेकपा (एमाले) बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नं. ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नं. का सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडासदस्य हरि बाँस्कोटा, युवा व्यवसायी…

Read More

झापा, ४ माघ । नेकपा एमाले झापा जिल्ला कमिटीका उपाध्यक्ष प्रेमबहादुर गिरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । माघ ३ गते जिल्ला पार्टी कार्यालयमा अध्यक्ष दिपक कार्कीले गिरीलाई लिखित पत्र प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरेका हुन् । दुई वर्ष पहिले २०७८ पुषमा सम्पन्न १०औं जिल्ला अधिवेशनबाट गिरी उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका थिए । उनले संविधान सभाको सदस्य तथा तत्कालीन खुदुनाबारी गाविसको अध्यक्ष रही जनप्रतिनिधिको जिम्मेवारी पूरा गरिसेकेका छन् । १०औं झापा जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका दिपक कार्कीलाई केन्द्रीय कमिटीको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनयन गरी माघ २ गते पद तथा गोपनियताको सपथ गराएपछि विधानतः रिक्त हुन…

Read More