
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
हल्दिबारी गाउँपालिकाको नदीजन्य पदार्थ लिलाम बिक्री सम्बन्धी सूचना
बिर्तामोड, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचार अन्तरगत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ शुरु भएको छ । दृष्टिपब्लिक प्राइभेट पार्टनरसीप अनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करिब रू १६ करोड मेसिन खरीद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिनुभयो । सन् २०२३ मा अस्पतालले बहिरंग सेवा अन्तरगत एक लाख ९७ हजार आठ सय ७२ जना र विभिन्न शिविर मार्फत ७९ हजार २५ जना गरी दुई लाख ७६ हजार ८ सय ९३ जना बिरामीहरुको आँखा परीक्षण गरेको अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले जानकारी दिनुभयो । शल्यक्रिया सेवातर्फ अस्पलताबाट ३४ हजार…
काठमाडौँ, २७ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको जवाफ दिन इन्कार गरेका छन् । मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते दुईवटा चिठी महानगरपालिकालाई पठाएको थियो । तर शाहले जवाफ दिएका छैनन् । यसप्रति मन्त्रालयका उच्च कर्मचारीले असन्तुष्टि जनाएका छन् । मन्त्रालय मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले यही माघ १४ र १८ गते गरी दुईवटा चिठी पठाएको थियो । तर मेयर शाहले अहिलेसम्म त्यसको जवाफ दिएका छैनन् । ‘चिठीको जवाफ त आउनुपर्थ्यो । जे…
धनकुटा, २७ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–२, बुढीमोरङस्थित माङ्दाङ्वा गाउँका मनप्रसाद इवाहाङ अहिले ८२ वर्ष पुगे । माङ्दाङ्वा गाउँका बिचमा उनको एउटा सामान्य कच्ची घर छ । घरभन्दा अलि मुनि अर्कोे ढुङ्गा, सिमेन्ट र बालुवाको प्रयोग गरेर एक सानो तर चिटिक्क परेको पक्की घर निर्माण गरेका छन् । सामान्य कच्ची घरमा उनी अहिले बस्दै आएका छन् । तर चिटिक्क परेको सानो पक्की घर भने उनले आफ्नो मृत्युपछि आफ्नै प्रयोजनका निम्ति निर्माण गरेका छन् । त्यसलाई स्थानीयले लास घर अर्थात् कपुरथान (चिहान) भन्ने गरेका छन् । लिम्बू भाषामा यसलाई चेहिम भन्ने गरिन्छ । चे भनेको लास र हिम भनेको घर भन्ने…
झापा, २६ माघ । कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँगको वार्ता सकारात्मक रूपमा अघि बढाउन सफल भएको छ । प्रदेश सरकार र पहिचान पक्षधरले संविधानसम्मत ढङ्गले प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन संयुक्त रूपमा पहल गर्ने सहमति भएको छ । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार, आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा प्रदेश सरकारले फिर्ता लिने र फाल्गुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताएका हुन् । यो वार्ताबाट प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोले विकास समृद्धिको कामले तीव्रता पाउने मुख्यमन्त्री केदार…
बिर्तामोड, २६ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिर्तामोड नगरअस्पतालको अनुगमन गर्नु भएको छ । मन्त्री बस्नेतले आज नगरमा सञ्चालनको तयारीमा रहेको डायलासिस कक्षसहित अनुगमन गर्नु भएको हो । मन्त्री बस्नेतलाई बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई र उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगर अस्पताल सञ्चालनमा देखा परेका समस्या र आवश्यक विषयमा जानकारी गराउनु भयो । नगर प्रमुख प्रसाईले आमा सुरक्षा कार्यक्रमको अप्रेशन थिएटरमा आवश्यक उपकरणको लागि मन्त्री बस्नेतसँग माग पत्रसमेत बुझाउनु भयो । मन्त्री बस्नेतले आवश्यक उपकरणका विषयमा राज्यको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको छ । सरकारले नगरपालिका र गाउँपालिकालाई एकै दरमा…
झापा, २६ माघ । कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगरलाइ मुख्यमन्त्री कार्कीले नियुक्त गरेका हुन् । उनले दुई जना कांग्रेसका सांसदलाई राज्यमन्त्रीसमेत नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख पर्शुराम खापुङ तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको सपथ गराए । आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ राम नियुक्त भएका हुन् । यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई,…
भद्रपुर, २६ माघ । झापाको भद्रपुर नगरपालिकाले आगलागीबाट बचाउने कार्यमा खटिने नगर भित्रका प्रहरी चौकीलाई आगो निभाउने ग्यास तथा सुन्दर वडा निर्माणका लागि वडा कार्यालयहरूलाई घाँस काट्ने मेसिन हस्तान्तरण गरेको छ । नगर प्रमुख गणेश पोखरेलले नगरपालिकामा एक कार्यक्रम गरी भद्रपुर वडा प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई ६ वटा र सिमा सुरक्षा बलका बिओपीलाई २ वटा आगो निभाउने ग्यास सिलिण्डर हस्तान्तरण गरेका हुन् भने नगरका १० वटै वडालाई सफा र सुन्दर बनाउन एक एक थान घाँस काट्ने मेसिन प्रदान गरेका थिए । नगर प्रमुख पोखरेलले नगर भित्र आगलागी हुँदा आगलागी नियन्त्रणका लागि प्रहरी चौकी अग्रपङ्तीमा खटिने भएकाले तत्काल आगो नियन्त्रणका…
सन्तोष शर्माभद्रपुर, २६ माघ । झापामा जंगली हात्तीको आक्रमणबाट जनधनको क्षति व्यहोरेका हात्तीपीडित यतिबेला राहतको पर्खामा छन् । चालू आर्थिक वर्ष २०८०÷०८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति व्यहोरेका ३२१ परिवार सरकारी राहतको पर्खाइमा रहेका हुन् । चालू आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रू ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो । राहत माग गरिएकोमा एक जना मृतकको रू १० लाख, तीन जना घाइतेका लागि रू पाँच लाख ८० हजार नौ सय ४०,…
भद्रपुर, २६ माघ । झापाको कमल गाउँपालिकामा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । झापा कमल गाउँपालिका–४ स्थित एकता चौक बिहीबार राति मोटरसाइकल आफैँ अनियन्त्रित भएर कल्भर्टमा ठोक्किँदा सोही स्थानका ४८ वर्षीय सुरेश राई मृत्यु भएको हो । चुलाचलीमोडबाट दक्षिण ट्याङ्गेपुलतर्फ जाँदै गरेको को १ प १८१ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई कलभर्टमा ठोक्किँदा टाउको र दाहिने गालामा चोट लागेर राईलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक पु¥याइएको थियो । त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको भनि डाक्टरले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय…