बिर्तामोड, २७ माघ । झापाको बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पतालमा आँखाको विशिष्टीकृत उपचार अन्तरगत ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ शुरु भएको छ ।
दृष्टिपब्लिक प्राइभेट पार्टनरसीप अनुसार मातृका आँखा केन्द्रसँगको सहकार्यमा करिब रू १६ करोड मेसिन खरीद गरी ‘लेजर रिफ्राक्टीभ सर्जरी युनिट’ स्थापना गरिएको अस्पतालका सचिव गणेश पोखरेलले जानकारी दिनुभयो ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
सन् २०२३ मा अस्पतालले बहिरंग सेवा अन्तरगत एक लाख ९७ हजार आठ सय ७२ जना र विभिन्न शिविर मार्फत ७९ हजार २५ जना गरी दुई लाख ७६ हजार ८ सय ९३ जना बिरामीहरुको आँखा परीक्षण गरेको अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।
शल्यक्रिया सेवातर्फ अस्पलताबाट ३४ हजार पाँच सय ४५ तथा बाह्य कार्यक्रम अन्तरगत एक हजार आठ सय १३ जनासहित कुल ३६ हजार ३ सय ५८ जना बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको छ । जसमध्ये अधिकांश मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।
अतिविशिष्ठ सेवातर्फ रेटिनाको शल्यक्रिया ७ हजार ४ सय २ जना, कोर्नियाको शल्यक्रिया २ हजार ८ सय ५ जना, अकुलोप्लास्टिको शल्यक्रिया ३ हजार ५ सय ६७ जना र अन्य शल्यक्रिया ६ सय २७ जना बिरामीले सेवा लिएका छन् ।
अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत ५१ हजार नौ सय १५ जना बिमितहरुको आँखा परीक्षण भएको छ भने पाँच हजार छ सय ६१ जना बिमितहरुको आँखाको शल्यक्रिया गरेको छ ।
त्यसैगरी अस्पतालले विपन्न, बेवारिसे र असहाय लगायत चार हजार सात सय ५६ जना बिरामीको उपचारको क्रममा विभिन्न सेवाहरुमा प्रदान गर्नुका साथै सहुलित प्रदान गरिएको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँले नयाँ सेवा थप र भौतिक पूर्वाधार विकासका लागि काम भइरहेको बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।