झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भोजपुर, १९ माघ । बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् । रामबहादुरले भने, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म चाहेर पनि हाम्रो गाउँमा विद्युत्को पहुँच पुगेको थिएन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरअन्तर्गतको हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट विद्युत् सेवा पुर्‍याएको हो । विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएको छ…

Read More

अर्जुनधारा, १९ माघ । २८६० औं सोनाम ल्होसारको अवसरमा अर्जुनधारा–१ स्थित मदनपुर खेल मैदानमा एकदिवसीय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल तामाङ घेदुङ अर्जुनधाराको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा अर्जुनधारा वडा नम्बर १ र ४ को संयुक्त भेट्रान्स टिम विजयी बनेको हो । अर्जुनधारा वडा नम्बर २ र ३ को संयुत्त भेट्रान्स टिमलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जुृनधारा १ र ४ को संयुत्त भेट्रान्स टिम विजयी बनेको हो । प्रतियोगिताको विजयी टिमले नगद ८ हजार र ट्रफी पुरुस्कार पायो। उपविजेता बनेको २ र ३ को संयुत्त भेट्रान्स टिमले नगद ४ हजार र…

Read More

अजुर्नधारा, १९ माघ । झापाको अर्जुनधारामा आजदेखि दोस्रो यु–१८ वडास्तरीय फुटबल प्रतियोगितामा शुरु भएको छ । अर्जुनधारा–७ को खेल मैदानमा भएको उद्घाटन खेलमा अर्जुनधारा–५ लाई २–० गोलले पराजित गर्दै २ नम्बर वडा विजयी भएको छ । विजयी भएसँगै वडा नं. २ ले दोस्रो चरणको यात्रा समेत सुनिश्चित गरेको छ । २ नम्बर वडाका पविन्द्र सेन्च्युरी खेलको म्यान अफ दी म्याच बने । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, फुटबलप्रेमी सुरेन धिमाल र आयोजक क्लब शनिश्चरे एफसीका सचिव हरि गुरुङले नगद प्रदान गरे । शनिश्चरे एफसीले आयोजना गरेको प्रतियोगितामा नगरका ११ वटा वडाको सहभागिता रहेको छ । भोलि…

Read More

झापा, १९ माघ । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारकाे घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताकाे छानासहितकाे घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छाेराछाेरी र लाेग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै सानाे झुपडीमा बस्नु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । राईकाे घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद याेगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार…

Read More

बिर्तामोड, १९ माघ । झापामा आज विश्व सिमसार दिवस मनाइएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन कार्यालय धाइजनको सहजीकरणमा आज ‘सिमसार र मानव कल्याण’ भन्ने नाराका साथ दिवस मनाइएको हो । झापाको बिर्तामो नगरपालिका–६ स्थित हरियाली सामुदायिक वन परिसरमा विविध कार्यक्रमका साथ दिवस मनाइएको छ । प्रवेशद्वारमा सिमसारसम्बन्धी बोर्ड उद्घाटन, वन क्षेत्रमा रहेको सिमसार क्षेत्रमा नेपियर घाँस रोपण लगायतका कार्यक्रम गरी दिवस मनाइएको फरेष्टर डिल्लीराम खरेलले जानकारी दिए । हरियाली समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिवन वन कार्यालय झापाका वन अधिकृत ऋषिराज पराजुलीले सिमसार दिवस सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए…

Read More

वाशिङ्टन डीसी, १८ माघ । सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग जुकरबर्गले माफी मागेका हुन् । बुधबार जुकरबर्गसमेत पाँच शीर्ष सामाजिक सञ्जाल कम्पनीका सीईओहरु बालबालिकाको सुरक्षाको मुद्दासम्बन्धी सुनुवाइमा बयान दिन सिनेट पुगेका थिए । सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालकै कारण छोराछोरी गुमाएका मातापिताबाट चर्को आलोचना खेप्नु परेको थियो भने सिनेटरहरूले उनलाई र्‍याखर्‍याख्ती पारेका थिए । दर्शक दीर्घामा बसेका केहीले हातमा इन्ष्टाग्रामले कसरी बाल आत्महत्या र शोषण बढाएको छ भन्ने देखाउने पोस्टर हातमा लिएका थिए । फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटासमेत अन्य…

Read More

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए । प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा…

Read More

काठमाडौँ, १८ माघ । नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो । नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।

Read More

काठमाडौं, १८ माघ । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्वदीर्घ’ दशैंमा रिलिज हुने भएको छ । यो फिल्मका अभिनेता समेत रहेका दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार रिलिज मिति घोषणा भएको हो । यो फिल्म आगामी असोज ११ बाट प्रदर्शनमा आउनेछ । नेपाली र तेलुगू भाषाामा ब्रह्मानन्दमको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको छ । चन्द्र पन्द निर्देशित फिल्ममा कलाकारको पल्टनै छ । नेपाली र भारतीय कलाकारको अभिनय रहेको यो फिल्मलाई नीता ढुंगाना फिल्म्सले निर्माण गरेको हो । नेपाल र भारतमा छायांकन गरिएको यो फिल्मबाट अभिनेत्री विपना थापाले कमब्याक समेत गरेकी छन् । नेपालीसँगै यो फिल्मको…

Read More

बिर्तामोड, माघ १८ । लायन्स क्लब अफ बिर्तामोड लेडी र मनमोहन मेमोरियल सामुदायिक अस्पतालले दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा मंगलवारदेखि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन् । स्वास्थ्य सबैभन्दा ठूलो धन हो र स्वास्थ्य रहे हामी पनि रहन्छौ भन्दै महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् । महोत्सव अवधिभर सो शिविर संचालन गरिने उनले जानकारी दिइन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा संचालन भइरहेको महोत्सव माघभरि चल्ने जनाइएको छ ।

Read More