
बिर्तामोड, माघ १८ । लायन्स क्लब अफ बिर्तामोड लेडी र मनमोहन मेमोरियल सामुदायिक अस्पतालले दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् ।
दुवै संस्थाले संयुक्त रुपमा मंगलवारदेखि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन् । स्वास्थ्य सबैभन्दा ठूलो धन हो र स्वास्थ्य रहे हामी पनि रहन्छौ भन्दै महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् ।
महोत्सव अवधिभर सो शिविर संचालन गरिने उनले जानकारी दिइन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा संचालन भइरहेको महोत्सव माघभरि चल्ने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



