
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
द्रोण अधिकारीभद्रपुर, १३ माघ । नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसको अवसर पारेर काँग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको भद्रपुरबाट ‘संवाद यात्रा’ सुरू गरेका छन् । माघ १३ गतेदेखि हुलाकी सडकको पहिलो बिन्दु भद्रपुर स्थित मेची पुलबाट महामन्त्री थापाले बिहान ८ बजे सुरू गरेको नागरिकसितको संवाद यात्रा २६ गते कञ्चनपुर स्थित महाकाली नदीमा टुंगिने गरी यात्रा सुरू गरेका हुन् । समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मधु आचार्य, प्रदीप पौडेल, अमृत अर्याल, गोमाकुमारी घिमिरे भट्टराई, शुशिला ढकाल, कोशी प्रदेश सभापति उद्धव थापा, युवा नेता गुरूराज घिमिरे लगात जिल्ला सभापतिहरू सहभागी…
भद्रपुर, १३ माघ । झापामा स्थायी बन्ध्याकरण गराउनेमध्ये ९५ प्रतिशत महिला रहेका छन् । जिल्लामा स्थायी बन्ध्याकरण गराउनेको महिलाको तुलनामा पुरुषको संख्या न्यून रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । हालै झापाको हल्दिबारी र कचनकवल गाउँपालिकामा गरिएको बन्ध्याकरण शिविरमा ३८ जना महिलाले मिनिल्याप र दुई जना पुरुषले भ्याक्सोटोमी गराएको उहाँले बताउनुभयो । प्रतिशतको आधारमा हेर्ने हो भने पुरुषको तुलनामा महिलाको हिस्सा ९५ प्रतिशत देखिन्छ । हल्दिबारीमा ८ जना महिला, दुई जना पुरुष र कचनकवलमा ३२ जना महिलाले स्थायी बन्ध्याकरण गराएका हुन् । गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा १५९ जनाले स्थानयी बन्ध्याकरण गराएका थिए । जसमा…
इलाम, १३ माघ । नेपाल–भारत सीमा क्षेत्र इलामको पशुपतिनगर भन्सार कार्यालयमा राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८०–८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरिएको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०७७–०७८ मा रु एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार (५२ दशमलव ६५ प्रतिशत) राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख सुब्बाले जानकारी दिए । यसैगरी आव २०७८–७९ मा रु दुई करोड ५३ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ८७ लाख ३८ हजार…
नवलपुर, १३ माघ । पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले सरकारले तत्काल सीमा समस्या समाधान नगरे सङ्घीय सरकारविरुद्ध अदालत जाने चेतावनी दिएका छन् । सीमा समस्या समाधान नहुँदा आफूहरू सधैँ भरी भारतीय सुरक्षाकर्मीको दमन र हेपाइ सहेर बस्नु परेको र जमिन अतिक्रमण भइरहेको भन्दै सुस्तावासीले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका हुन् । भारतीय सुरक्षाकर्मीको दमन र हेपाइ सहेर बस्नु परेको र जमिन अतिक्रमण भइरहेको भन्दै सुस्तावासीले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका हुन् । सुस्ता बचाउ अभियानका कार्यवाहक अध्यक्ष आदम खानले तत्काल सुस्ताको भूमि व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । “यदि सरकारले सुस्ताको भूमि व्यवस्थापन गर्दैन भने यो समस्यालाई…
झापा, १३ माघ । नेकपा माओवादी केन्द्रको ‘माओवादी’ नाम औपचारिक विश्रामतर्फ उन्मुख भएको छ । फागुन १ देखि ३ गते काठमाडौंमा हुने पहिलो विधान महाअधिवेशनमा माओवादी केन्द्रले पहिलो पटक औपचारिक रूपमा बहस गर्ने र सकेसम्म नाम परिवर्तन गर्ने भएपछि ‘माओवादी’ नाम नै औपचारिक विश्रामतर्फ उन्मुख भएको हो । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नाम परिवर्तन गर्ने गरी यसअघि नै तल्लो तहसम्म छलफलका लागि प्रस्ताव गरिसकेका छन् । जसका कारण पार्टीभित्र ुमाओवादीु नाममा बहस चलिरहेको छ । माओवादी नाम परिवर्तन र पार्टीले अपनाउन लागेको नयाँ व्यवस्थाले ुमाओवादु नै विश्रामको मार्गमा उन्मुख भएको भन्दै पार्टी वृत्तमा चिन्ता प्रकट हुन थालेको…
झापा, १३ माघ । राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका लिम्बु १५ दिनदेखि बिरामी छन् । यूएईको ग्रिन स्याडो सेक्युरेटी सर्भिस कम्पनीमा कार्यरत उनी बिरामी भएर त्यहाँको अल खवानिज–२ जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाइमा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन्, ‘म १५ दिनदेखि असक्त रूपमा बिरामी परेको छु, कम्पनीले आफैँ उपचार गर भन्छ, अघिल्लो महिनाको तलब १ रुपैयाँ पनि दिएन, खानलाई त पैसा छैन, कसरी उपचार गर्ने ?’ ‘१५ दिनजति…
शिवसताक्षी, १३ माघ । झापाको शिवसताक्षी वडा नं. ९ मा सञ्चालित महिलाहरुका लागि उद्यमशिलता सम्बन्धी ५ दिवशीय तालिम शुक्रबार समापन भएको छ । तालिम गएको ०८ गतेबाट सञ्चालित महिलाहरुका लागि साबुन, हर्पिक र फिनेल बनाउने तालिम समापन भएको हो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले तालिम लिइएका सहभागीहरुलाई आफै पनि सामाग्री जुटाएर यहाँ सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाब दिए । उनले महिलाहरुले समूह बनाई हर्पिक, फिनेल लगायतका सामाग्रीहरु उत्पादन गरी विक्री वितरण गर्न समेत आग्रह गरेका छन् । तालिम आयोजक संस्था सम्पन सवल नेपालकी अध्यक्ष लिलादेवी शिवलालले आफुले विभिन्न क्षेत्रहरुमा तालिम गराएर…
भद्रपुर, १२ माघ । डाइनामिक ग्रुप नेपालको सातौं वार्षिकोत्सव तथा मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको एकल कवता वाचन कार्यक्रम सम्पन्न भएको छ । झापाको भद्रपुर–६ मा आज एक कार्यक्रमका बीच कार्यक्रम सम्पन्न भएको हो । ग्रुपकी अध्यक्ष खगिन्द्र खुसीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा साहित्यकार तायलले मारवाडी भाषामा कविता वाचन गर्नु भएको थियो । उहाँको कविता समय सापेक्ष एवम् वर्तमान विकृतिमाथि इंगित थियो । कविता सुनेर कार्यक्रममा सहभागी कहिले गम्भीर त कहिले पेच मिचिमिचि हाँसेका थिए । कार्यक्रममा विभिन्न कलारकारले गीत, कविता एवम् नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा…
झापा, १२ माघ । बिहीबार राति झापाको बाह्रदशीमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बाह्रदशी–३ स्थित त्रिवेणी चौकमा आफैँ अनियन्त्रित भई प्र १–०१–०१६प १५५३ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक बाह्रदशी–३ का अन्दाजी ३० वर्षीय रविन उप्रेतीको मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई लडेको जनाइएको छ । राति दुर्घटना भएकोमा स्थानीयले बिहान मात्र देखेका थिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।दुई वर्षअघि पनि सोही स्थानमा बाह्रदशी–२ का एक मोटरसाइकल चालकको मृत्यु भएको थियो ।
झापा, १२ माघ । झापाको भद्रपुर नगरपालिका ५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-९ का ३३ बर्षीय नरेश राजवंशी रहेका छन् । हिजो दिउसो ११ बजे अस्थाई प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल साईकलमा आउदै गरेका राजवंशीलाई लागुऔषध ब्राउन सुगर ७३० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान भइरहेको छ ।