
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ माघ । बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीले स्कुल जुत्ता र व्याग पाएका छन् । आर्थिक अभावका कारण अभिभावकहरुले जोहो गर्न नसक्दा खाली खुट्टा र चप्पलमा विद्यालय आउन बाध्य बालबालिकाहरु जुत्ता पाएपछि हर्षित भएका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले विद्यालयका १५० जना विद्यार्थीहरुलाई स्कुल जुत्ता वितरण गरेको हो । त्यस्तै, लायन्स क्लब अफ बिर्तामोड लेडीले विद्यार्थीहरुलाई ५० थान व्याग वितरण गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नानीराज घिमिरे, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल एसोसिएसनकै निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय,…
बिर्तामोड, २१ माघ । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड कपको सदस्य बनाउने उद्देश्यले २१ हजार रुपैयाँ सदस्यता शुल्कमा छुट गर्दै ११ हजार रुपैयाँ मात्रै कायम गरिएको हो । छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्ड कपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । प्रतियोगिताको छैटौँ…
भद्रपुर, २१ माघ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले झापा जिल्ला अदालतको अवलोकन गर्नु भएको छ । झापा जिल्ला अदालमा मुद्दाको चाप फैसला लगायतका विषयमा जानकारी लिँदै न्यायाधीश तथा कर्मचारीहरुलाई छिटो छरितो तरिकाले न्याय सम्पादन गर्दै सेवाग्राही हरुको काम गर्न निर्देशन दिनु भयो । झापा जिल्ला अदालतमा न्यायाधीश लगायतका कर्मचारीको जनशक्तिको अभाव रहेको झापा बारका अध्यक्ष नारायणप्रसाद भट्टराईले प्रधानन्यायाधीशलाई जानकारी गराउनुभयो । उहाँले सर्वोच्च अदालतबाट जारी गरिएको बरिष्ठ अधिवक्ताको उपाधि नियुक्तिका विषयमा बारको असहमति रहेको भन्दै ज्ञापनपत्र समेत हस्तान्तरण गर्नु भयो । ज्ञापन पत्र बुझ्दै प्रधान न्यायाधीश श्रेष्ठले पुराना कानुन व्यवसायीले काम र मूल्यांकनका आधारमा सबै कानुन व्यवसायीलाई वरिष्ठको उपाधिका लागि…
कनकाई, २१ माघ । नेपाल मुस्लिम इत्तिहाद संगठन झापाको नयाँ नेतृत्व चयन भएको छ । संगठनको दोस्रो जिल्ला अधिवेशनबाट आज जलाल अलीको नेतृत्वमा सर्वसम्मत १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नयाँ समितिले थप तीन जना सदस्य मनोनय गर्ने जनाइएको छ । संगठनको उपाध्यक्षद्वय मुस्रेद अली, साविर अन्सारी, सचिव नविना खातुन, सहसचिवद्वय मोहम्मद इस्लाम र इसाक आलम चयन भएका छन । त्यसैगरी, सदस्यमा नेता खातुन, अफ्तर आलम, मनेरुल हक, जाकिर हुसेन, समिना खातुन, सम्सद मियाँ रहेका छन् । कार्यक्रममा संगठनका प्रदेश उपाध्यक्ष साजेमान शेख, आजिम आलम, अफुर्द खान, चन्द्रकुमार शेर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको सञ्चारकर्मी समिर आलमले जानकारी दिए…
भद्रपुर, २१ माघ । समाजसेवी दीनबन्धु गोयलले भद्रपुर–७ मा पर्ने चन्द्रगढीका विपन्न बब्लु हरिजनलाई घर बनाउन एक लाख ५० हजार रुपैयॅा सहयोग गरेका छन् । माघ १९ गते बिहान दाता गोयलबाट प्रदत्त सो रकम लाभग्राही ४७ वर्षीय बब्लुलाई हस्तान्तरण गरिएको एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले लेखनाथ चोक पश्चिम सूर्योदय टोलस्थित बब्लुकै जग्गामा शिलान्यास पनि गरेका थिए । कार्यक्रममा दाता गोयलबाट प्रदान गरिएको रकमको चेक प्रतिनिधि सजल कुण्डू र जयन्ती मानीले हस्तान्तरण गरेका थिए । मेयर पोखरेल र परिचरका रुपमा बब्लु कार्यरत वीरेन्द्र मावि।का प्रअ कोइरालाले थप सहयोगका लागि प्रतिबद्धता जनाएको सो कार्यक्रमको सहजीकरण शिक्षक गणेश गिरीले…
इटहरी, २१ माघ । काफ्ले बन्धुहरुको संस्कार, संस्कृति, परम्परा र इतिहासका राम्रा पक्षहरुको संरक्षण गर्दै बन्धु हित एवम् सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित काफ्ले समाजको कोशी प्रदेश समिति सर्वसम्मत चयन भएको छ । शनिबार सुनसरी जिल्लाको इटहरीमा तदर्थ समितिले प्रथम सम्मेलनको आयोजना गरी सर्वसम्मत नयाँ नेतृत्व निर्वाचित गरेको हो । यो संस्था काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सामाजिक संघ–संस्था दर्ता ऐन २०३४ अनुसार २०५९ साल जेठमा दर्ता भएको हो । काफ्ले समाज १ नं. प्रदेश तदर्थ समितिका उपाध्यक्ष भोलानाथ काफ्लेको अध्यक्षतामा काफ्ले समाजका केन्द्रीय अध्यक्ष कमलप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा प्रथम सम्मेलन सम्पन्न गरिएको हो । सम्मेलनमा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रमा काम…
इलाम, २१ माघ । इलामको सूर्योदय नगरपालिका गोर्खे बजारस्थित सिंहदेवी मन्दिर जाने बाटोमा प्रवेशद्वार बनाइएको छ । स्थानीय बजरङ मेडिकल गोर्खेका सञ्चालक सिफेतलाल चौधरी र उहाँका परिवारले उक्त प्रवेशद्वार निर्माण गर्नुभएको हो । प्रवेशद्वारको शनिबार बिधिवत रुपमा पुजाआर्जन गरी उद्घाटन गरिएको छ ।
झापा, २१ माघ । पूर्वीनाका काँकडभिट्टा हुँदै रु तीन अर्ब ६९ करोड पाँच लाख १२ हजार मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा २५ हजार ४० मेट्रिक टन मालसामान भारत, बङ्गलादेश लगायतका मुलुकमा निर्यात भएको हो । यस अवधिमा सबैभन्दा बढी रु एक अर्ब ६६ करोड आठ लाख मूल्य बराबरको दुई हजार सात सय ६८ मेट्रिक टन चिया निर्यात भएको छ । अलैँची, अम्लिसो, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा निर्यात भएको छ । कार्यालयको तथ्याङ्कअनुसार रु ९८ करोड ९६ लाख मूल्य बराबरको…
झापा, २१ माघ । आज विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ । विश्व…
वीरगन्ज, २१ माघ । पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको काम’ कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै गएको १५ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगन्जमा आइपुगेका थिए । उनी फर्कने क्रममा बाराको सिमरा पुगेर राजदरवार हत्याकाण्ड’ पुन छानविन गर्नेसम्मको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीले यो प्रतिक्रिया दिनुको कारण पूर्वराजा ज्ञानेन्द्रले २०५८ सालको राजदरबार हत्याकाण्डमा आफूहरुलाई बेतुकको लाग्छना लगाइएको तर्क गर्दै जनतामा भ्रम छरिएको बताएको काउन्टर थियो । प्रधानमन्त्री प्रचण्डले यही कुरालाई संकेत गर्दै बाराको सिमरामा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै राजदरबार हत्याकाण्ड पुनः छानबिन हुनेभनी पूर्वराजाको…