
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भोजपुर, १९ माघ । बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् । रामबहादुरले भने, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म चाहेर पनि हाम्रो गाउँमा विद्युत्को पहुँच पुगेको थिएन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरअन्तर्गतको हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट विद्युत् सेवा पुर्याएको हो । विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएको छ…
अर्जुनधारा, १९ माघ । २८६० औं सोनाम ल्होसारको अवसरमा अर्जुनधारा–१ स्थित मदनपुर खेल मैदानमा एकदिवसीय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल तामाङ घेदुङ अर्जुनधाराको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा अर्जुनधारा वडा नम्बर १ र ४ को संयुक्त भेट्रान्स टिम विजयी बनेको हो । अर्जुनधारा वडा नम्बर २ र ३ को संयुत्त भेट्रान्स टिमलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जुृनधारा १ र ४ को संयुत्त भेट्रान्स टिम विजयी बनेको हो । प्रतियोगिताको विजयी टिमले नगद ८ हजार र ट्रफी पुरुस्कार पायो। उपविजेता बनेको २ र ३ को संयुत्त भेट्रान्स टिमले नगद ४ हजार र…
अजुर्नधारा, १९ माघ । झापाको अर्जुनधारामा आजदेखि दोस्रो यु–१८ वडास्तरीय फुटबल प्रतियोगितामा शुरु भएको छ । अर्जुनधारा–७ को खेल मैदानमा भएको उद्घाटन खेलमा अर्जुनधारा–५ लाई २–० गोलले पराजित गर्दै २ नम्बर वडा विजयी भएको छ । विजयी भएसँगै वडा नं. २ ले दोस्रो चरणको यात्रा समेत सुनिश्चित गरेको छ । २ नम्बर वडाका पविन्द्र सेन्च्युरी खेलको म्यान अफ दी म्याच बने । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, फुटबलप्रेमी सुरेन धिमाल र आयोजक क्लब शनिश्चरे एफसीका सचिव हरि गुरुङले नगद प्रदान गरे । शनिश्चरे एफसीले आयोजना गरेको प्रतियोगितामा नगरका ११ वटा वडाको सहभागिता रहेको छ । भोलि…
झापा, १९ माघ । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारकाे घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । उनले जस्ताकाे छानासहितकाे घर निर्माणका लागि श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छाेराछाेरी र लाेग्ने स्वासनी गरी पाँच जना परिवारका सदस्य एउटै सानाे झुपडीमा बस्नु पर्ने बाध्यताकाे अन्त्य भएकाे छ । घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बललगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् । राईकाे घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद याेगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार…
बिर्तामोड, १९ माघ । झापामा आज विश्व सिमसार दिवस मनाइएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन कार्यालय धाइजनको सहजीकरणमा आज ‘सिमसार र मानव कल्याण’ भन्ने नाराका साथ दिवस मनाइएको हो । झापाको बिर्तामो नगरपालिका–६ स्थित हरियाली सामुदायिक वन परिसरमा विविध कार्यक्रमका साथ दिवस मनाइएको छ । प्रवेशद्वारमा सिमसारसम्बन्धी बोर्ड उद्घाटन, वन क्षेत्रमा रहेको सिमसार क्षेत्रमा नेपियर घाँस रोपण लगायतका कार्यक्रम गरी दिवस मनाइएको फरेष्टर डिल्लीराम खरेलले जानकारी दिए । हरियाली समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिवन वन कार्यालय झापाका वन अधिकृत ऋषिराज पराजुलीले सिमसार दिवस सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए…
वाशिङ्टन डीसी, १८ माघ । सामाजिक सञ्जाल कम्पनी फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले माफी मागेका छन् । अमेरिकाको सिनेटमा सुनुवाइबिच चर्काचर्की भएपछि सामाजिक सञ्जालका कारण बालबालिका गुमाएका परिवारसँग जुकरबर्गले माफी मागेका हुन् । बुधबार जुकरबर्गसमेत पाँच शीर्ष सामाजिक सञ्जाल कम्पनीका सीईओहरु बालबालिकाको सुरक्षाको मुद्दासम्बन्धी सुनुवाइमा बयान दिन सिनेट पुगेका थिए । सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालकै कारण छोराछोरी गुमाएका मातापिताबाट चर्को आलोचना खेप्नु परेको थियो भने सिनेटरहरूले उनलाई र्याखर्याख्ती पारेका थिए । दर्शक दीर्घामा बसेका केहीले हातमा इन्ष्टाग्रामले कसरी बाल आत्महत्या र शोषण बढाएको छ भन्ने देखाउने पोस्टर हातमा लिएका थिए । फेसबुक र इन्ष्टाग्रामको मातृ कम्पनी मेटासमेत अन्य…
काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै उनले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई योगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए । प्रधानमन्त्रीले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा…
काठमाडौँ, १८ माघ । नेपाल प्रहरीले ६ सयभन्दा बढी नागरिकलाई ठगेको आरोपमा विकाश वाइबा भनिने सुजन तामाङ पक्राउ गरेको छ । उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले ललितपुर लेलेबाट तामाङलाई पक्राउ गरेको हो । नुवाकोट घर भएको तामाङले युरोपियन मुलुक पटाउँछु भनेर ६९ करोड ठगिगरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनले आफ्नै विकाश बाइवाको नामबाट ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगी गरेका थिए ।
काठमाडौं, १८ माघ । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्वदीर्घ’ दशैंमा रिलिज हुने भएको छ । यो फिल्मका अभिनेता समेत रहेका दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार रिलिज मिति घोषणा भएको हो । यो फिल्म आगामी असोज ११ बाट प्रदर्शनमा आउनेछ । नेपाली र तेलुगू भाषाामा ब्रह्मानन्दमको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको छ । चन्द्र पन्द निर्देशित फिल्ममा कलाकारको पल्टनै छ । नेपाली र भारतीय कलाकारको अभिनय रहेको यो फिल्मलाई नीता ढुंगाना फिल्म्सले निर्माण गरेको हो । नेपाल र भारतमा छायांकन गरिएको यो फिल्मबाट अभिनेत्री विपना थापाले कमब्याक समेत गरेकी छन् । नेपालीसँगै यो फिल्मको…
बिर्तामोड, माघ १८ । लायन्स क्लब अफ बिर्तामोड लेडी र मनमोहन मेमोरियल सामुदायिक अस्पतालले दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा मंगलवारदेखि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन् । स्वास्थ्य सबैभन्दा ठूलो धन हो र स्वास्थ्य रहे हामी पनि रहन्छौ भन्दै महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् । महोत्सव अवधिभर सो शिविर संचालन गरिने उनले जानकारी दिइन् । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा संचालन भइरहेको महोत्सव माघभरि चल्ने जनाइएको छ ।