झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ८ माघ । आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा कृष्ण पौडेलले महासचिवमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । हाल संघको बाणिज्य सचिव भएकाले पनि महासचिवको दावेदार भएको पौडेलको भनाई छ । उनले अहिले नै पार्टीको निर्णय आइनसकेको बताउँदै अन्य दलहरुसँग सहमति गर्ने प्रयास भइरहेको बताएका छन् । कुनै दल तथा पार्टीसँग भने जस्तो सहमति नभए एक्लै प्यानल खडा गरेर पनि महासचिव पदको उम्मेद्वारी दिने बताएका छन् । राप्रपा समर्थक पौडेल एक कुसल ब्यवसायीका रुपमा परिचित छन् । उनी धेरै सामाजिक संघ संस्थामा बिभिन्न जिम्मेवारी रहेर कुसल नेतृत्व गरिसकेका सामाजिक ब्यक्ति हुन् । पौडेलले महासचिव भए बाणिज्य संघमा आवद्ध भएका…

Read More

कनका, ८ माघ । झापा कनकाई नगरपालिकाका स्वास्थ्यकर्मीलाई नयाँ गर्भनिरोधक तीन महिने सुई ‘साइना प्रेस’बारेमा प्रशिक्षण दिइएको छ । कनकाई नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नगरभरिका स्वास्थ्य संस्था र अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले निःशुल्क रुपमा उपलब्ध गराउन थालेको नयाँ गर्भनिरोधक सुईका विषयमा प्रशिक्षण दिइएको हो । नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका पब्लिक हेल्थ नर्स सुनिता राईले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो । यसअघि दिइँदै आएको डिपोको विकल्पमा साइना प्रेस दिन थालिएको बताउनुभयो । यसअघि दिइँदै आएको तीन महिने सुई डिपोको तुलनामा राम्रो र कम साइडिफेक्ट रहेको उहाँले बताउनुभयो । औषधिको मात्रा र पावर कम भएकाले साइडिफेक्टसमेत कम…

Read More

कोशी प्रदेश सरकारले सय दिन पूरा गरेको छ । २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनपछि गठित दोस्रो प्रदेशसभाको आरम्भदेखि नै प्रदेश राजनीति अस्थिरताको भुमरीमा परेको हामी सबैलाई विदितै छ । अस्थिर राजनीतिका कारण यसअघिका प्रदेश सरकार लामो समय टिक्न सकेनन् । जसले सरकार निर्माणको हरेक संवैधानिक व्यवस्थाको अभ्यास गर्दै पटकपटक र छिटोछिटो सरकार बदलिइरहयो । यसले गर्दा जनमानसले प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठाउन थालेको थियो । साथै अस्थिर राजनीतिकै कारणले गठन भएको वर्ष दिन नबित्दै प्रदेशसभा भङ्ग हुने परिस्थिति निर्माण भएको थियो । प्रदेश संरचना र प्रदेशसभाको गरिमा जोगाउनुका साथै जनताको बलदिानीले लेखिएको संविधान कार्यान्वयनका लागि हामीले दलीय राजनीति…

Read More

बिर्तामोड, ८ माघ । सतासीधाम जेसीजको १२ औ वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन स्तगित भएको छ । शनिबार साधारणसभा कोषाध्यक्षको प्रतिवेदन माथि छलफल गर्दा प्रतिवेदनमा उल्लेख भएको आय व्ययमा कोषमा रकम नदेखाई छल्न खोजेको भन्दै जेसीजका सदस्यहरु प्रश्न उठाएपछि साधारण सभा स्तगित भएको हो । साधारण सभामा सदस्यहरुबाट वर्ष २०२३ का अध्यक्ष र कोषाध्यक्षमा माथि सदस्यहरुले प्रश्न गरेको २०२३ का कार्यकारिणी उपाध्यक्ष राजकुमार बस्नेतले बताए । साधारण सभामा दूधे तीज सांस्कृतिक महोत्सवमा आयोजकको रुपमा कन्काई फन वर्डले दिएको एक लाख एक हजार रकम अपचलन गरेको अध्यक्ष माथि आरोप लागेको छ । सतासीधाम जेसीजले फन वर्डबाट आएको रकम कोष…

Read More

झापा, ८ माघ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेपनि आजका मितिसम्म खासै वर्षा हुनसकेको छैन । हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरका २० वटा मापन स्टेशनको तथ्याङ्कमा चार दशमलव पाँच प्रतिशत मात्रै वर्षा भएको छ । देशभर कूल दुई दशमलव पाँच मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताइन् । “यो औषधभन्दा निकै कम वर्षा मापन हो, यो मापन २० स्टेशनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपाली पश्चिमी वायु सक्रिय हुन सकेको छैन”, उनले भनिन्,“ हिउँदको समय अझै बाँकी भएकाले पानी पर्ने…

Read More

झापा, ८ माघ । कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयात निर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो । भारतले कच्चा पाम र भटमासको भन्सार महसुल नलाग्ने व्यवस्था गरेपछि भारतीय व्यापारीले सोझै यी वस्तुको आयात गर्दा नेपालले प्राप्त निर्यातको अवसर गुमाएको देखिन्छ…

Read More

झापा, ८ माघ । २३ औ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् । आइतबार सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापामा नेपाल रेडक्रस सोसाईटी भद्रपुरसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठले बताउनुभयो ।

Read More

झापा, ८ माघ । विद्यालय एउटा सेवामूलक संस्था हो । विद्यालयमा नियमित रूपमा पठनपाठन सञ्चालन गरी विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग गर्नु सबै विद्यालयको प्रमुख कर्तव्य र दायित्व हो । तर, यी र यस्ता दायित्वलाई भुलेर विद्यालय हाताबाट कानुनको उल्लङघन गर्दै शैक्षिक सामग्रीको खुलेआम बिक्री बितरण भईरहेको छ । विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नहुने कानुनी व्यवस्था छ । सो व्यवस्था अन्तर्गत शिक्षा नियमावली २०५९ को नियम ३७ मा प्रष्ट भनिएको छ, ‘विद्यालय हातामा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न पाइन्न ।’ तर, झापाका कतिपय विद्यालयहरुले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्रीको खुलेआम बिक्री…

Read More

झापा, ८ माघ । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि सङ्घीय सरकारले सात वटै प्रदेश र ७५३ स्थानीय तहलाई प्रदान गरिने समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १५ गतेभित्र आगामी आवमा सञ्चालन गरिने शैक्षिक विकास, आधारभूत स्वास्थ्य, खानेपानी, वन, वातावरण, जलाधार सिँचाइ, फोहोरमैला व्यवस्थापन, ऊर्जासम्बन्धी पूर्वाधार, वडा कार्यालयका भवन निर्माणलगायतका योजना माग गर्न आग्रह गरिएको मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले माघ १५ गतेभित्र राष्ट्रिय योजना आयोगमा पठाउन आइतबार सबै स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गरिएको बताए । उनका अनुसार स्थानीय तहले…

Read More

तनहुँ, ८ माघ । तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २स्३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ…

Read More