झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

अर्जुनधारा, ७ माघ । अर्जुनधारा नगरपालिकामा पशु अस्पताल निर्माणको तयारी थालिएको छ । करिब ४ करोड रुपैयाँको लागतमा नगरपालिकामा अत्याधुनिक भेटनरी अस्पताल निर्माण गरिने भएको हो । नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अध्यक्षता तथा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालको उपस्थितिमा भएको छलफलमा अस्पताल निर्माण गर्ने निर्णय भएको जनाइएको छ । छलफलमा नगर उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, पूर्व महानिर्देशक डा. प्रहलाद सापकोटा, दिलिप सापकोटा, वरिष्ठ कार्यक्रम प्रबन्धक हेफरका दिपेश पोखरेल, आर्थिक विकास संयोजक गौरीमाया चिमोरिया लगायतको सहभागिता रहेको थियो ।

Read More

झापा, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । बीचमा होली पर्व परेकाले त्यसपछि परीक्षा गर्ने गरी मिति तय गरिएको उनले बताए । होली पर्व चैत ११ र १२ गते रहेको छ। परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् । यो वर्षको परीक्षामा प्रत्येक…

Read More

झापा, ७ माघ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले भ्रष्टाचारको विषयमा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताएका छन् । खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयले विराटनगर, इटहरी र झापाको सुरूङ्गामा स्थापना गरेको विद्युतीय सवारी चार्जिङ्ग स्टेसनको आइतबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी सरकार फरक ढंगले सुशासनमा अघि बढिसकेकाले सबैलाई इमानदारितापूर्वक जनताको पक्षमा काम गर्न निर्देशन दिएका हुन् । ‘सकारलाई कुनै बाधा र अबरोध छैन, फरक ढंगले सुशासनमा अघि बढिसकेकाले कसैको लागि सकार रोकिदैन’, उनले भने, ‘२५ मेघावाटको जलविद्युत आयोजना सूचिकृत गराउन भनेकोले त्यो नगरे सचिव जान्छ, रोकिदैन किनकी सर्वसम्मतिको शतप्रतिशत जनताको मतको सरकार भएकाले जनताको पक्षमा मात्रै काम गर्नुपर्छ । प्रदेश…

Read More

झापा, ७ माघ । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले संयूक्त रूपमा गर्ने प्रदेश सरकारको तयारी छ । मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको घोषणा गरेका थिए । अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकि सचिव…

Read More

झापा, ७ माघ । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ । यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ । यस्तै, एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै…

Read More

इलाम, ७ माघ । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । “आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट बन्ने हुँदोरहेछ । सन्तानको पवित्र सपना पैसाकै अभावमा पूरा गराउन नसक्नु हामी किसानको बाध्यता छ”, उनले भने । रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’…

Read More

झापा, ७ माघ । शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश सहसचिवबिच सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय पर्ने गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश सहसचिवको सरुवाको पहिलो रोजाइ गृह, अर्थ मन्त्रालय र त्यसपछि उद्योग मन्त्रालय हुने गरेको छ । मन्त्रालयको प्रशासन शाखाका प्रमुख भोजराज घिमिरेले सहसचिव सरुवाको माग गर्न आउँदा गृह र अर्थ मन्त्रालय नै माग्ने गरेको बताए । उनले गृह, अर्थ र उद्योगबाहेकका मन्त्रालय खासै रोजाइमा नपर्ने बताए । उनले भने, “क्षमताको…

Read More

झापा, ७ माघ । राजस्वले चालु खर्च धान्न नसकिरहेको अवस्थामा आर्थिक व्ययभार बढाउने गरी सरकारले राजनीतिक भागबन्डा मिलाउन राष्ट्रिय योजना आयोगमा सदस्य संख्या थपेको छ । आयोग सदस्य ६ जना हुने व्यवस्था रहेकोमा गठन आदेशमार्फत एक थप गरिएको हो । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय योजना आयोग गठन आदेश संशोधन गरेर आयोगमा उपाध्यक्ष र एक महिलासहित सात सदस्य रहने व्यवस्था गरेको हो । यो गठन आदेशपछि आयोगमा अब सदस्य संख्या सात पुगेको छ । प्रशासनिक क्षेत्र सुधारसम्बन्धी आयोगले अनावश्यक दरबन्दी घटाएर खर्च कटौती गर्न सुझाव दिइरहेको अवस्थामा सरकारले त्यसको ठिक उल्टो अमूक दलका कार्यकर्तालाई जागिर दिन पद सिर्जना…

Read More

झापा, ७ माघ । नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत १ करोड ६१ लाख र करबापत १२ करोड ७७ लाख रुपैयाँ कर बुझाएका छन् । गुगल, मेटा, एमाजोन, माइक्रोसफ्ट, नेटफ्लिक्स, लिंकडिन, जोहोलगायतले सो कर बुझाएका हुन् । टिकटक गत भदौदेखि ठुला करदाता कार्यालयमा दर्ता भएको भए पनि नेपालमा ब्यान्ड भएकाले सोको भ्याट नउठेको र सो कम्पनीको कर स्थगन अवस्थामा रहेको छ । आर्थिक वर्ष २०७९–८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) बापत गतअसोजसम्ममा १ करोड ६१ लाख रुपैयाँ बुझाएको ठुलो करदाता कार्यालयले जनाएको…

Read More

मेचीनगर, ७ माघ । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की ‘पार्थ’ ले माओवादी पार्टी विभिन्न कारणले थाकेको भन्दै पुनः निर्माण जरुरी रहेको बताएका छन् । माओवादी केन्द्र मेचीनगर कमिटीले शनिबार पर्यटकीय स्थल मिनी माउन्टेनमा आयोजना गरेको जनतासँग माओवादी रुपान्तरण अभियान समापन तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले यस्तो बताएका हुन् । ‘हामी धेरै थाकिसक्यौं,’ उनले भने, ‘अब पनि हिँड्न जानेनौं भने परिवर्तनको आन्दोलन मरेर जान्छ ।’ माओवादी भित्रका प्रखर नेता मानिएका कार्कीले हाम्रै नेताका कारण माओवादीलाई कांग्रेस र एमालेजस्तो पार्टी बनाइदिएको आरोप लगाए । उनले अब पनि परिवर्तनका लागि नलड्ने हो भने जनताले नयाँ पार्टी बनाउने चेतावनी दिए ।…

Read More