
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ पुस । मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो । मृतकको श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएका कारण अहिले पनि शव अलपत्र अवस्थामा रहेको छ । मृतक बस्नेत अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव व्यवस्थापनमा ढिलाइ भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । अहिले मृतकका दाजु सम्पर्कमा आई आमाका लागि भए पनि नेपालमा नै शव पठाउन सहयोग मागेको अध्यक्ष श्रेष्ठले बताए…
झापा, २४ पुस । पछिल्लो समय निजी शिक्षण संस्थाबाट शिक्षक कर्मचारीमाथि शोषण गर्ने क्रम बढेको छ । काम लगाउने तर नियमित तलब सुविधा नदिने र तलब मागेमा रोजगारीबाटै निकालिदिने प्रवृत्ति पनि झाँगिदै गएको छ । काममा लगाएर पनि तलब भत्ता नदिने यस्ता शैक्षिक संस्थालाई कारबाही तथा आफूहरूको पारिश्रमिक दिलाइदिन माग गर्दै शिक्षकहरूले काठमाडौँको जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँ महानगरपालिकालाई समेत गुहार्न थालेका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार आधा दर्जनभन्दा बढी शिक्षण संस्थाले तलब भत्ता नदिएको भन्दै शिक्षकले लिखित उजुरी नै दिएका छन् । पछिल्लो समय शान्तिनगरस्थित ग्लासियर इन्टरनेसनल कलेजका शिक्षकले आफूहरूको पारिश्रमिक प्राप्त गर्न आवश्यक सहयोग गरिदिन जिप्रका काठमाडौँलाई लिखित अनुरोध गरेका छन् । उक्त…
झापा, २३ पुस । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अब राष्ट्रिय सभा अध्यक्ष बन्ने शीर्ष नेताहरूले बताएका छन् । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सिटौलाले आज बिहान १० बजे विराटनस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराइसकेका छन् । सिटौलाको उम्मेदवारी दर्तासँगै शीर्ष नेताहरुले पनि सिटौलाको पक्षमा एकमुख भएका छन् अर्थात् सिटौलालाई अध्यक्ष बनाउने निश्चित भएको इराशा गरेका छन् । उनलाई राष्ट्रिय सभाको अध्यक्षमा लैजानकै लागि कोशी प्रदेशको अन्यतर्फबाट उम्मेदवार बनाइएको दाबी पनि नेताहरूले गरे । झापा ३ बाट प्रतिनिधिसभामा लगातार दुई पटक हारेका उनलाई शान्ति प्रक्रियामा खेलको योगदानका लागि भन्दै गठबन्धनले माथिल्लो सदनमा लाने भएको छ…
अर्जुनधारा, २३ पुस । फोहोरलाई मोहोर बनाउने कुरा हामीले सुँन्दै आएका छौं । विभिन्न अन्नपात–तरकारीका पात–डाँठ–बोक्रालाई प्रयोग गरेर वस्तु उत्पादनका कुरा पनि सुन्न थालिएको छ । यसै मेसोमा झापाको अर्जुनधारा नगरपालिकामा समेत मकैको खोसेलाबाट वस्तु उत्पादन अर्थात् खोस्टालाई पैसामा रुपान्तरण गर्ने तालिम शुरु भएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा आजदेखि मकैको खोसेलाबाट डोरम्याट बनाउने सम्बन्धी १२ दिने तालिम शुरु भएको छ । महिलालाई सीप प्रदान गरी आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको शाखाकी प्रमुख सूर्यमाला लिम्बूले बताउनुभयो । तालिममा सहजकर्ताद्वय सन्तोषकुमार श्रेष्ठ र उर्मिला रसाइलीले सहजीकरण गरिरहेका छन् । तालिममा अर्जुनधारा–६ र ११ नं. वडाका…
झापा, २३ पुस । रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तीनकुनेमा मुख्य कार्यालय रहेको सहकारीको डोटी घर भएका ३१ वर्षीय हर्कबहादुर कठायतलाई पक्राउ गरेको हो । सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका उनीसँगै काभ्रे निवासी ३५ वर्षीय सहकारीका सदस्य विनोदकुमार ओझालाई समेत प्रहरीले पक्राउ गरेको छ । जोरपाटी र भक्तपुर जिल्ला भित्रका सहकारीका शाखा कार्यालयहरूका सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ । निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक–त्रैमासिक–वार्षिक रूपमा ब्याज पाउने र…
झापा, २३ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन माघ १५ गतेभित्र प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धथा जनाएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिएका हुन् । ‘प्रहरी प्रदेशमा आएपछि त्यसको सञ्चालन, सरूवा, बढुवाको विधि निर्माण गरेर पूर्वतायरीमा लाग्नुको विकल्प छैन ।’ उनले भने, ‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको मन्त्रालय भएकाले जनतामा महशुस हुने गरी काम गर्नूहोस् ।’ बजेट कार्यान्वयनको लागि द्रुत गतीमा मन्त्रालयको कामकाज अगाडि…
झापा, २३ पुस । नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन १ पुष्टि भएको छ । जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन १ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ मा गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन १ नेपालमा पहिलो पटक पुष्टि भएको हो । विश्वका केही देशहरुमा हाल कोभिड–१९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले…
भद्रपुर, २३ पुस । झापाको कचनकवलमा अज्ञात समूहले धान खेतमा आगजनी गरेको छ । कचनकवल–४ बयरवारीका अलवास मियाँको धानमा अज्ञात समूहले आगजनी गरेपछि लाखौँको क्षति भएको छ । मियाँले दुई बिगाहा खेतमा लगाएको धान काटेर दाइँ गर्न तयारी अवस्थाका राखेका थिए । दाइँ गर्नुअघि नै थन्क्याइएकै ठाउँमा आगजनी भएपछि दुई बिगाहाको धान र पराल खरानी भएको पीडित किसानले बताए । धान र पराल गरी कम्तीमा तीन लाख बराबरको क्षति भएको पीडित मियाँको भनाइ छ । लाखौँ रुपैयाँको धान र वर्षभरि वस्तुलाई पुग्ने पराल समेत डढेर खरानी हुँदा आफ्नो बिचल्ली भएको मियाँले सुनाए। आगो कसले र किन लगायो भन्ने विषयमा आफूलाई…
झापा, २३ पुस । प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचना परिवर्तन गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमको संरचना परिवर्तन गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार मन्त्री शरतिसंह भण्डारीको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा १७ बमोजिमको निर्देशक समितिको बैठकबाट आगामी आर्थिक वर्ष २०८१–०८२ बाट ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’का रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। स्थानीय तह मातहतको रोजगार सेवा केन्द्रबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाहका लागि नीतिगत र कानुनी आधार निर्माण गर्ने र श्रम बजारको नतिजामा सुधार हुने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको संरचनामा परिमार्जन एवम्…
झापा, २३ पुस । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा ९ईपीएस० मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली ९ईपीएस० शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम ९सिप बिल्डिङ० का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो । उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६…