
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको रामजानकी बचत तथा ऋण सहकारी संस्था (साकोस) को १५ औं वार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणीकरण भेला सम्पन्न भएको छ । गत असोज ३० गते एकैपटक आठ वटा सेवा केन्द्रमा इकाइगत साधारण सभा सम्पन्न गरेको राम जानकीले बिहीबार बिर्तामोडमा एक कार्यक्रमका बीच अन्तिम माइन्यूट प्रमाणीकरण भेला सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाललेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्ष ढकालले सञ्चालक समितिले बढी ऋण लिएर चलाउँदा सहकारी संस्थाहरु धरासायी हुने अवस्थामा पुगेको बताए । उनले सहकारी क्षेत्रलाई व्यवस्थित, सुरक्षित…
बिर्तामोड, ३ कात्तिक । झापाको बिर्तामोड–५ स्थित स्थित बालाजी टोलको सडक हस्तान्तरण गरिएको छ । निर्माण भएपछि पाँच वर्षसम्मको वारेन्टी दिइएको उक्त सडक बिहीबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । बालाजी टोलमा अर्जुनधारास्थित विल्कन इन्डष्ट्रिजद्वारा उत्पादित पेवर्सको प्रयोग गरी निर्माण गरिएको उक्त सडकको दशैंको शुभकामना आदान–प्रदान कार्यक्रमसहित आयोजित कार्यक्रमकाबीच विल्कन इन्डष्ट्रिजका अध्यक्ष भीमचन्द्र भट्टराईले टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रकुमार अधिकारीलाई सडक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, ५ नम्वरका वडाध्यक्ष रोहित प्रसाई, वडा नम्वर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । टोल विकास समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको…
झापा, २ कात्तिक । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ । सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र सांसदलाई दसैं भत्ता दिएपछि व्यापक विरोध भएको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले दसैं भत्ता दिने गरेको थियो । २०७७ पछि सरकारले सांसद र संसद् सचिवालयका पदाधिकारीलाई दसैं भत्ता दिने विषयमा कुनै निर्णय नगरेकाले सांसद् र संसद् सचिवालयका पदाधिकारीले दसैं भत्ता नपाएको सचिवालयले जनाएको छ । यस पटकको दसैंमा पनि भत्ता नदिने कार्यलाई संसद् सचिवालयले निरन्तरता दिएको छ । संसद् सचिवालयका एक अधिकारीका…
झापा, २ कात्तिक । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ४५ अर्ब रुपियाँभन्दा बढी बजेट घाटा भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक १ गतेसम्म २ खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपियाँ खर्च गरेको सरकारले सोही अवधिमा २ खर्ब ३४ अर्ब ६३ करोड २४ लाख रुपियाँ मात्रै आम्दानी गरेको छ । जसबाट सरकारलाई ४५ अर्ब ९४ करोड १ लाख रुपियाँ घाटा भएको हो । तीन महिनाको अवधिमा सरकारले कुल बजेट खर्च लक्ष्यको १६ दशमलव शून्य २ प्रतिशत मात्रै गरेको छ । त्यस्तै लक्ष्यको १५ दशमलव ९३ प्रतिशत आम्दानी गरेको छ । चालू आर्थिक वर्षमा सरकारले १७…
झापा, २ कात्तिक । कलङ्कीस्थित एक फर्निचरमा कार्यरत रामप्यारी गुरुङलाई दसैँ आएपछि अर्को तनाव थपिन्छ। फर्निचर उद्योगमा काम गरेर गुरुङले कमाएको मासिक १७ हजार रुपियाँले आफू र तीन साना छोराछोरीको खाना, स्वास्थ्य उपचार, शिक्षा र कोठा भाडालगायतको खर्च पु¥याउनै सकस छ । नजिकिँदो दसैँले उनलाई झनै सकस बनाएको छ । त्यसो त गएको साउनदेखि गुरुङले यसअघि पाउँदै आएको १५ हजार तलबमा दुई हजार बढेर मासिक १७ हजार रुपियाँ पुगेको छ । “तलब दुई हजार बढेर के गर्नु रु” उनी भन्छन्, “महँगी तीन वर्षको बिचमा तीन गुुना बढेको छ । थोरै कमाइले कसरी छोराछोरीको माग पूरा गर्नु र खै ।” गुरुङको यो भोगाइले न्यून आय भएका…
झापा, २ कात्तिक । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन बिहीबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।…
झापा, २ कात्तिक । बझाङमा बुधबार राति १०ः३ मा भुकम्प गएको छ । ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् । बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। दर्जनौं घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो। असोज १६ यता पटकपटक पराकम्प आइरहेका छन् ।
बिर्तामोड, १ कात्तिक । झापाको बिर्तामोड नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वको बेला महंगी बढ्ने, म्याद गुज्रीएको, अखाद्य वस्तुको विक्री वितरण हुन सक्ने भएकाले नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको हो । बजार अनुगमनलाई निरन्तरता दिँदै आज बिर्तामोडका विभिन्न स्थानमा अनुगमन गरिएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिनुभयो । उप प्रमुख संग्रौलाको नेतृत्वमा निस्किएको अनुगमन टोलीले भद्रपुर रोडमा रहेका खाद्यन्न तथा किराना पसल, हनुमान सेन्ट्रलमा रहेको किनमेल डिपार्टमेन्ट स्टोर, लगायत कृषिथोक बजार भित्र रहेको तरकारी पसल र माछा मासु पसलको अनुगमन गरेको छ । टोलीले अनुगमनका क्रममा फेला पारेका म्याद गुज्रिएका सामाग्री नष्ट गर्न, नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण…
बिर्तामोड, १ कात्तिक । झापाको बिर्तामोड–३ स्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा–११ का विद्यार्थीलाई स्वागत तथा दसै विशेष कार्यक्रम सम्पन्न गरेको छ । झापाका विद्यार्थी माझ सदैब रचनात्मक र पृथक कार्यक्रम गरी स्थापित आदर्श स्कुलले यसै कार्यक्रममा होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रका अग्रज शिक्षक निरज श्रेष्ठलाई सम्मान गरेको छ । दोसल्ला, मेडल र सम्मान पत्रसहित श्रेष्ठलाई सम्मान गरिएको हो । सम्मानित श्रेष्ठ होटेल व्यवस्थापन संकायमा झापा अग्रणी शिक्षक मानिन्छन् । स्कुलले दसै विशेष तथा कक्षा–११ का विद्यार्थीलाई उक्त अवसरमा विभिन्न विधामा अग्रता हासिल गरेका विद्यार्थीलाई सम्मान समेत गरेको थियो । स्कुलका सस्थापक तथा डाइरेक्टर सन्जोग खरेलको अध्यक्षता भएको कार्यक्रम स्कुलकी…
हार्दिक शुभकामना । हार्दिक निमन्त्रणा