झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १७ कात्तिक । नौ वर्षपछि नेपालले विश्वकपमा स्थान पक्का गरेको छ । घरेलु मैदानमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने विश्वकपका लागि स्थान पक्का गरेको हो । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । जुन टी २० क्रिकेटको इतिहासमा नेपालले खेलेको त्यो पहिलो विश्वकप थियो ।

Read More

झापा, १७ कात्तिक । नेपाल प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निःशुल्क हटलाइन नम्बर १०० मा दिन आग्रह गरेको छ। चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। चिनीको अभाव हुन नदिन प्रहरीका सम्पूर्ण एकाइ सक्रिय परिचालन गरिएको छ। तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण एकाइलाई सक्रिय परिचालन गरिएको प्रवक्ता कडायतले बताए। भारतबाट २५ हजार मेट्रिक टन चिनी…

Read More

झापा, १७ कात्तिक । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। सत्ता गठबन्धनको शुक्रबार बसेको बैठकले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो। जस अनुसार माओवादी केन्द्रबाट कोशी प्रदेश सचिव समेत रहेका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमल प्रसाद जबेगु मन्त्री बनेका छन्। उनीहरूको मन्त्रालय भने टुंगो लाग्न बाँकी छ ।

Read More

झापा, १७ कात्तिक । भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् । घटनास्थल भएको ठाउँ कर्नाटक र महाराष्ट राज्यको बिच भागमा पर्दछ । गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिए । धमलाका अनुसार मृतक रतनका…

Read More

सामान्य समयभन्दा चाडवाडका बेला विशेष गरी दशैंमा अलि बढी नै खानपिन हुन्छ । त्यसमा पनि चिल्लो, पिरो, गुलियो, अमिलो परिकार खाँदा अपचको समस्या हुन सक्छ । खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ– — अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् ।— पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।— मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ।— खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ।—…

Read More

एजेन्सी । संसारमा कतिपय मानिसहरुमा अनेक खालका वस्तु तथा विषयहरुसँग डर लाग्ने अनौठो समस्या हुन्छ । कसैलाई पानीसँग डर लाग्छ भने कोही नयाँ मान्छेसँग भेटघाट गर्न डराउँछन् । अफ्रिकी महादेशको रुवान्डा देशका एकजना पुरुषलाई भने महिलासँग डर लाग्ने अनौठो समस्या छ। ७१ वर्षका क्यालिट्जे जामावितालार्य महिलासँग यतिधेरै डर लाग्छ कि उनी पछिल्लो ५५ वर्षदेखि महिलासँग लुकेर बसिरहेका छन् । कोही पनि महिलालाई नदेखियोस् र नभेटियोस् भन्नका लागि उनी १६ वर्षको उमेरदेखि आफ्नै घेरभित्र बन्दी बनिरहेका छन् । आफ्नो अगाडि कुनै पनि महिलालाई आउन नदिनका लागि उनले घरको चारैतर्फ १५ फुटको दूरीमा तारबार लगाएका छन् । स्थानीय सञ्चार माध्यमहरुसँग उनकी एक…

Read More

झापा, ६ कात्तिक । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका…

Read More

झापा, ५ कात्तिक । पाल्पाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने क्रममा रानिमहल सडकखण्डको बैकुण्ठेमा जीप दुर्घटना हुँदा घटना स्थलमै छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज साँझ करिब ५ बजेको समयमा बागमती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । जीप खोलामा खसेको थियो । प्रहरीले दुर्घटनामा गम्भिर घाइत एक जनाको भने उद्धार गरेको छ । रासस

Read More

झापा, ५ कात्तिक । झापासँग सीमा जोडिएको इलामको चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर राई नियमित ‘मर्निङ वाक’ जान्थे । एकदिन घरबाट दुई सय मिटर टाढा पुग्नासाथ जङ्गली हात्तीसँग जम्काभेट भयो । जङ्गल छेउको एकान्तमा एक्लै भएको अवस्थामा उहाँ हात्तीको आक्रमणमा परे । उनको दमकको एडभान्स हस्पिटलमा उपचारकै क्रममा उनको मृत्यु भयो । झापामा भारतबाट समूहमा आउने हात्ती र स्थानीय जङ्गललाई बासस्थान बनाएका रैथाने गरी दुई किसिमका जङ्गली हात्तीको त्रास छ । मेची नदी पार गरेर दर्जनौंको सङ्ख्यामा भित्रिने जङ्गली हात्ती रातभर खेतीपाती चरेर विहानको उज्यालो नहुँदै भारततिर फर्किन्छन् । तर, रैथाने हात्ती विहान अबेरसम्म स्थानीयको खेतबारीमा चरिरहेका हुन्छन्…

Read More