
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ३ असोज । बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक भवनमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काइएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको टोलीले आज गरेको अनुगमनका क्रममा कमसल इटा प्रयोग गरेको फेला परेपछि वाल भत्काइएको हो । कमसल इटा प्रयोग भएको वाल तुरुन्तै भत्काएर गुणस्तरिय इटा प्रयोग गरि नयाँ वाल निर्माण गर्न नगरप्रमुख प्रसाईले निर्देशन दिनु भयो । एक नम्बर इटा प्रयोग गर्नु पर्नेमा ठेकेदारले दोश्रो तलाको वालमा दुई देखि चार नम्बरसम्मको…
बिर्तामोड, ३ असोज । नेकपा (एकीकृत समाजवादी) ले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद जागरण यात्रालाई महाकाली पुगेर सम्पन्न गर्ने भएको हो । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा बुधबार आयोजित बैठकमा जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोख्रेलको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, केन्द्रिय परिषद सदस्यहरु, केन्द्रीय सदस्यहरु र १५ वटै पालिका कमिटीका अध्यक्षहरु रहेको उपसमिति गठन गरिएको छ । त्यसैगरी, समाजवादी जागरण यात्रा माथि प्रकाश पार्न असोज १३ गते काकडिभिटामा पत्रकार सम्मेलन गर्ने, सोही…
झापा, ३ असोज । मुलुककै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउन लागेको छ । मुलुकमा आर्थिक संकटकाबीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको भाटभटेनीले झापा बिर्तामोडस्थित भगवान चोकमा असोज ४ गते (बिहीबार) देखि सञ्चालनमा आउने भएको हो । बिर्तामोडमा सञ्चालनमा आउने यो स्टोर १५ कठ्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार स्कवायर फुट सपिङ्ग स्पेससहित सञ्चलनमा आउन लगेको हो । २ अर्ब बढी लागानीमा सञ्चालनमा आउने यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यसअघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चलनमा आइसकेको छ…
भद्रपुर, ३ असोज । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को १३ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । सहकारीका अध्यक्ष महेशकुमार भट्टराईको अध्यक्षता तथा सहकारी संघ झापाका सञ्चालक सदस्य उपेन्द्रप्रसाद ओलीको प्रमुख आतिथ्यमा सभा सम्पन्न गरिएको हो । सभामा उत्कृष्ट सञ्चालक सदस्य सम्मानबाट मुरारी न्यौपाने, उत्कृष्ट बचतकर्ता सम्मानबाट युवराज कार्की पर्वत तथा लक्ष्मीप्रसाद कोइराला र उत्कृष्ट ऋण कारोवार सम्मानबाट त्रिलोक भण्डारी र झरेन्द्र उप्रेतीलाई सम्मान गरिएको थियो भने जेष्ठ सदस्य सम्मान सोमप्रसाद पोखरेलाई प्रदान गरिएको थियो । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले १२ जना महिला सदस्य सहित २६४ शेयर सदस्य र ८९ लाख ३०…
झापा, ३ असोज । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो । नेपाल राष्ट्र बैंकले असोजदेखि नै लागू हुनेगरी २ करोडसम्म घर निर्माण कर्जा दिने र ब्याजदर पनि स्थिर हुने जनाएपछि अब उप्रान्त भने घरजग्गा कारोबार चम्किने लक्षण झनै बढेको छ । बैंकहरूले घरजग्गा कर्जामा कडाइ गरेपछि निर्माण व्यापारसमेत शिथिल रहेकामा अब भने घर निर्माण बढ्न गई समग्र अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न थालिएको छ । भू–उपयोग नियमावली गत…
बिर्तामोड, २ असोज । नेकपा एमाले निकट उद्योगी तथा व्यवसायीहरुको साझा संगठन नेपाल राष्ट्रिय उद्योग तथा व्यवसायी महासंघ झापाको प्रथम जिल्ला अधिवेशन यही असोज ११ गते गरिने भएको छ । महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँ लिम्बूको प्रमुख आतिथ्यमा कोशी प्रदेश कमिटीका अध्यक्ष गणेशबहादुर बस्नेतको उपस्थितिमा आज दमकमा सम्पन्न बैठकले सो निर्णय गरेको हो । महासंघ झापाका अध्यक्ष प्रल्हादमणि ओलीको अध्यक्षतामा भएको बैठकले प्रत्येक पालिकाबाट प्रतिनिधिहरु छनोट गरी पठाउन मातहत कमिटीलाई सर्कुलर गर्ने, अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको जिल्ला उपाध्यक्ष पर्वत कार्कीले जनाएका छन् । अधिवेशन सम्पन्न गर्न नेकपा एमाले झापा जिल्ला कार्यालयको सभाहललाई स्थान तय गरिएको…
शिवसताक्षी, २ असोज । आदिवासी जनजाति नेत्रहीन संघ झापाले १३ आंै स्थापना दिवस मनाएको छ । शिवसताक्षी–११ दूधेस्थित भूत पूर्व सैनिक संघको सभाहलमा एक कार्यक्रम गर्दै संघले स्थापना दिवस मनाएको हो । संघले हल्दिबारी माविको कक्षा–११ मा अध्ययनरत छात्र सन्देश लिम्बु र त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा बिएड तेस्रो वर्षमा अध्ययनरत छात्र प्रदीप राजवंशीलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी, सोही अवसरमा दृष्टिविहीन ५ जनालाई खाद्यन्य सामग्री समेत वितरण गरिएको आदिवासी जनजाति नेत्रहीन संघ झापाका अध्यक्ष भोजकुमार तामाङले जानकारी दिए । उनका अनुसार भीमकुमारी श्रेष्ठ, विनोदकुमार मगर, माने गिरी, मञ्जु तामाङ र चुट्की मुर्मूलाई १५ केजी चामल, १ लिटर खाने तेल,…
झापा, २ असोज । दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् । कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताए । उनका अनुसार वडा नम्बर ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दा बढी छन् । उनले विगत चार वर्षअघि किसानलाई निःशुल्करुपमा कागतीको बिरुवा नै वितरण गरिरहेको बताए । “आठ वर्षअघि…
झापा, २ असोज । सरकारले ई–७ भिसा (उच्च सिपयुक्त जनशक्ति) मा नेपाली श्रमिक दक्षिण कोरिया पठाउन सकिने बताएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको आह्वानमा गत साता काठमाडौँमा सम्पन्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, श्रम सचिव, परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र दक्षिण कोरियाका लागि नेपाली राजदूतसँग भएको छलफलका क्रममा सो सम्भावनाबारे बताइएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले नेपालबाट दक्षिण कोरियामा उच्च सिपयुक्त जनशक्तिको माग भएकाले पठाउन सकिने वा नसकिने भन्ने विषयमा अवधारणापत्र प्रस्तुुत गरेका थिए । दक्षिण कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दक्षिण कोरियामा नेपालबाट उच्च सिपयुक्त जनशक्ति पठाउन सकिने र यसका लागि त्यहाँको मानव…
झापा, २ असोज । ‘समावेशी र सीपमूलक शिक्षा स् स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ । यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’…