
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
हल्दिबारी, १३ असोज । झापा बिर्तामोड–४ को गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले हल्दिबारीका महिला तथा पुरुषको क्यान्सर सम्बन्धी रोग निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । संस्थाको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा शुक्रवार हल्दिबारी–३, ४ र ५ नम्बर वडाका २ सय ५ जना महिला तथा पुरुषको स्वास्थ्य परिक्षण गरेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए । संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लिङ्देनले संस्थाले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । संस्थाकी कोषाध्यक्ष गौरीमाया चिमरियाले स्वागत गरेको कार्यक्रममा…
झापा, १३ असोज । आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी चिरायु अस्पतालमा भर्ना भएका छन् । प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित केसी चिरायु अस्पतालमा भर्ना भएका हुन् । एसएसपी कुमुद ढुंगेलका अनुसार ‘स्वास्थ्यमा समस्या’ देखिएपछि केसीलाई अस्पताल भर्ना गरिएको हो । आज शनिबार बिदा भएकाले आइतबार जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने ढुंगेलले जानकारी दिए । आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । अनमोल हिजो साँगाबाट पक्राउ परेका थिए । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए । तर, उनले फिल्म खेल्न…
झापा, १३ असोज । नेकपा एमालेको कोशी प्रदेशको अधिवेशन वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ । विराटनगरमा जारी समूहगत छलफलको क्रममा अधिवेशन स्थलको टेन्ट र ब्यानर हावाहुरीले उडाइदिएपछि कार्यक्रम रोकिएको छ । एमालेले १४ जिल्लाका ९९७ प्रतिनिधिलाई ७ समूहमा विभाजित गरेर अधिवेशनमा प्रस्तुत राजनीतिक,साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेको थियो । यसअघि हिजो प्रतिवेदनहरू अधिवेशनमा प्रस्तुत भइसकेको छ । राजनीतिक र साङ्गठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका हुन् । यस्तै आर्थिक प्रतिवेदन भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले प्रस्तुत गरेका छन् । प्रतिवेदनहरुमाथि आजै छलफल पछि पारित गरेर सिधै मनोनयन दर्तामा जाने तयारी छ…
झापा, १३ असोज । दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्। ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपियाँ भुक्तानी पाउन बाँकी छ तर डेरी उद्योगीले भने किसानबाट खरिद गरिएको दुध बिक्री नभएका कारण भुक्तानीमा समस्या भइरहेको बताएका छन्। ऋण लिएर केही रकम भुक्तानी दिने गरिए पनि सबै रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेको तर्क डेरी उद्योगीको छ। राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको रकम भुक्तानी गर्न डेरी उद्योगीलाई दैनिक ताकिता गरिरहेको छ। बोर्डले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई पत्र पठाएर किसानको बक्यौता रकम…
झापा, १३ असोज । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको छ । यौन व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ । विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवकयुवतीलाई तस्करहरूले विभिन्न देशमा पुयाएका छन् । छुट्टै कानुन नहुँदा मानव तस्करी खुलेआम भएको छ । मानव तस्करी हुन अन्तर्राष्ट्रिय सीमा नाघेसँगै आर्थिक लाभ लिएको हुनुपर्छ । यसमा जाने र लैजाने मान्छेबीच सुरुवातमा आपसी सहमति भएर प्रक्रिया अगाडि बढ्छ । यो कार्य वैधानिक हुँदैन । तैपनि जाने मान्छेको पनि केही मात्रामा सहमति हुन्छ । गाउँगाउँमा स्थानीय एजेन्टहरू परिवारका…
दमक, १२ असोज । झापाको दमकमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या भएको छ । इलाम चुलाचुली–३ का ३८ वर्षीय गोविन्द लिम्बूको धारिलो हतियार गरी हत्या गरिएको हो । शुक्रबार बिहान दमक नगरपालिका– १ स्थित कुमाल चोकमा लिम्बूमाथि हतियार प्रहार भएको हो । प्रारम्भिक अनुसन्धानबाट दमक–७ का २५ वर्षीय सनम राईले उनीमाथि छुरी प्रहार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । छुरा प्रहारबाट लिम्बूको घाँटी, पाखुरामा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते लिम्बूलाई उपचारका लागि लाइफलाइन अस्पताल पुर्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो । सँगै बसेका केहीलाई इलाका प्रहरी कार्यालय…
झापा, १२ असोज । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो । चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ । जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ । त्यस्तै कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को…
झापा, १२ असोज । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिनेता केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो । कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले केसी पक्राउ परेको पुष्टि गरे । फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ‘रावायण’का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको एसएसपी राठौरले बताए। उक्त फिल्म सुदर्शन थापाले निर्देशन गर्दै थिए ।
भद्रपुर, १२ असोज । झापाको भद्रपुरबाट लागूऔषध ब्राउनसुगरसहित एक जना भारतीय महिला पक्राउ परेकी छन् । आज दिउँसो भद्रपुर–५ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री भारत पश्चिम बंगाल उत्तर दिनाजपुर दलखोला शिखरपुर घर भई हाल झापा अर्जुनधारा नगरपालिका–६ महानन्द चोकमा डेरा गरी बस्दै आएकी २८ वर्षीया सन्जरी खातुन ब्राउनसुगरसहित पक्राउ परेकी हुन् । प्रहरी बिट मेची पुल र सशस्त्र प्रहरी बल बीओपी भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले रोकी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । ब्राउनसुगरसहित पक्राउ परेकी खातुनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।