
हल्दिबारी, १३ असोज । झापा बिर्तामोड–४ को गंगामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित सहयोग संस्थाले हल्दिबारीका महिला तथा पुरुषको क्यान्सर सम्बन्धी रोग निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।
संस्थाको आयोजना तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा शुक्रवार हल्दिबारी–३, ४ र ५ नम्बर वडाका २ सय ५ जना महिला तथा पुरुषको स्वास्थ्य परिक्षण गरेको संस्थाका अध्यक्ष भूपाल बस्नेतले जानकारी दिए ।
संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्य रहेको थियो । स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लिङ्देनले संस्थाले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । संस्थाकी कोषाध्यक्ष गौरीमाया चिमरियाले स्वागत गरेको कार्यक्रममा हल्दिबारी–४ का वडाध्यक्ष सन्तकुमार थापा मगर, वडा नं. ५ का वडाध्यक्ष खड्गबहादुर लावती, प्रहरी चौकीका असई लगायतको आतिथ्य रहेको थियो । क्यान्सर बिज्ञ डा कुसल रिजाल र डा ज्योती भाजु लामाको टिमले स्वास्थ्य परीक्षण गरेका थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव मेघराज बास्तोला गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



