झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० भदौ । सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया र आचरण पालना नगर्दा कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा १६२ वटा विभिन्न बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनी कालो सूचीमा परेका छन् । यो सङ्ख्या त्यसअघिको वर्षको तुलनामा करिब दोब्बर हो । कार्यालयका अनुसार त्यसअघि आव २०७८–७९ मा ८४ वटा त्यस्ता विभिन्न संस्था कालो सूचीमा परेका थिए । सार्वजनिक खरिद कानुनले दिएको अधिकारबमोजिम कार्यालयले एक वर्षदेखि तीन वर्षसम्म त्यस्ता संस्थालाई कालो सूचीमा राखेको छ । कालो सूचीमा परेका संस्थाहरूले सार्वजनिक…

Read More

झापा, १० भदौ । राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ । ती कम्पनीले ‘ब्रेक सु’का अतिरिक्त घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको खुलेको हो । विभिन्न मितिमा दर्ता भएका फरकफरक ती कम्पनीका मालिक पनि फरकफरक देखाइएको छ । सीआईबी स्रोतका अनुसार विकेन्द्र भुजेल, रामकुमार भुजेल, लेखनाथ कार्की डोली, रामबहादुर भुजेल, दिलीप भुजेललगायतका नाममा सातवटा कम्पनी खोलेर सुन तस्करी गरिएको पाइएको छ । कार्कीका नाममा खोलिएको चुङ्गक इलेक्ट्रिक सप्लायर्स कम्पनीले विद्युतीय सामानसँगै…

Read More

झापा, १० भदौ । हिन्दु नारीहरुको महान चाड पर्व हरितालिका तीजको अवसरमा गायिका कल्पना देवकोटा पौडेलको स्वरमा रहेको मौलिक तीज गीत ‘हाई भन्यो मायाले’को भिडियो सार्वजनिक भएको छ । तीजको गीत भन्ने बितिकै आजकल प्राय नाच्ने भन्ने नै बुझिन्छ तर तीज भन्ने बितिकै नाच्ने मात्र नभएर एउटा चेलीले बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप तीज गीत ‘हाई भन्यो मायाले’मा परदेशमा रहेका नेपाली चेलीहरुको अवस्थालाई चित्रण गरिएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द तथा संगीत रहेको छ । परदेशमा बसेर तिज आउँदा भोग्नुपर्ने पीडालाई गीतमा देखाइएको छ । माइतिको सम्झना आमाले पकाएको दरको याद आफ्नो जीवन साथी भने…

Read More

बुद्धशान्ति, ९ भदौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् सभाषद् गम्बु शेर्पा (गर्जियाङ)ले पार्टीमा बैचारिक दृस्ठिकोणसहित नेता-कार्यकर्ताको आचारण सुधार भए २०८४ सालको निर्वाचनमा पहिलो पार्टी बन्ने बताएका छ्न् । नेता-कार्यकर्ताले जनतालाई बिश्वास दिलाउने इमानदार र राम्रो कार्यसम्पादन गरे आउने चुनावमा माओवादी केन्द्रले दुईतिहाई मत ल्याएर देशलाई निकास दिने नेता (गर्जियाङ) ले बताएका हुन् ।केन्द्रीय कमिटीको निर्देशन अनुसार `घरघरमा माओवादी विशेष रुपान्तरण अभियान´ अन्तरगरत मेचीनगर र बुद्धशान्ति गाउँ पालिकाको संयुक्त बिस्तारित बैठकलाई प्रमुख अतिथिको दीर्घबाट सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । सभाषद पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली नै ठिक नै छैन भन्ने सहभागी कार्यकर्ताको सवालको जवाफ दिँदै नेता (गर्जियाङ)…

Read More

बिर्तामोड, ९ भदौ । झापा बिर्तामोडको बुधबारे हटियाका व्यापारीहरुले नयाँ बजार निर्माण सम्पन्न गरेर व्यवसाय सुरु गरेका छन् । उनीहरुले पुरानो बजार नजिकै उत्तर पूर्वमा करिब एक करोड लागतमा नयाँ बुधबारे बजार निर्माण गरेका हुन् । आज एक कार्यक्रमको आयोजना गरी बजारको औपचारिक शुभारम्भ गरिएको छ । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नयाँ बुधबारे बजारको औपचारिक शुभारम्भ गरेकी हुन् । उद्घाटन समारोहमा वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, व्यवसायी ओमकृष्ण विमली लगायतको सहभागिता रहेको थियो । नयाँ बुधबारे बजारमा ५१ वटा सटर निर्माण गरिएको छ । एकातिरबाट प्रवेश गरेर अर्कातिरबाट बारिह…

Read More

मेचीनगर, ९ भदौ । चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशीले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशीको स्वास्थ्य जाँच गरेर शिविर सुचारु गरिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेश इन्चार्ज भूपाल सापकोटाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र कार्की रहेका थिए । उनले माओवादी जनताको दुःखसुखमा साथ दिने पार्टी भएको बताए ।…

Read More

भद्रपुर, ९ भदौ । कथाकार शालिकराम दाहालको पहिलो कृतिका रूपमा तयार भएको परिचय कथा संग्रह सार्वजनिक गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर कला साहित्य प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालले सो कथा संग्रह सार्वजनिक गरेका हुन् । लेखनाथ पुस्तकालयका सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक चुडामणि वशिष्ठले कथा संग्रह भित्र नेपाली समाजका विसंगतिमाथि प्रहार गर्दै संगति खोज्ने प्रयास भएको बताएका छन् । समीक्षक वशिष्ठले कथा संग्रहले वैदेशिक रोजगारबाट सिर्जित समस्या, राजनीति भित्रका पाखण्डीपन, सामाजिक तथा जातीय विभेद, गउँले जनजीवन र बोलीचाली टिपिएर तयार भएको कथाले सांकेतिक राष्ट्रवाद समेटे पनि अहिलेको थेत्तरो सामाजिक विकृतिलाई ठेगान लगाउन नसकेको…

Read More

झापा, ९ भदौ । झापाको दमकमा हात्तीले एक घर र एक किराना पसलमा क्षति पु¥याएको छ । दमक–३ स्थित दीपज्योति चोकका वीरबहादुर खत्रीको किराना पसल भत्काएर ६० हजार रुपैयाँको सामान खानुको साथै नष्ट गरेको छ भने प्रेमबहादुर निरौलाको किराना पसलको पक्की पर्खाल भत्काएर फ्रिजमा क्षति पु¥याएको छ जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले फ्रिज भत्काउँदा २५ हजार रुपैयाँ बराबरको क्षति पुगेको छ । सोही स्थानका बलबहादुर श्रेष्ठको जस्ताको छानो, टाटीको बेरा भएको घर भत्काएर भण्डार गरेको सात हजार रुपैयाँ बराबरको चामल, मकै खाइदिएको उहाँले बताउनुभयो ।

Read More

झापा, ९ भदौ । झापामा यो वर्षको धान रोपाइँ सकिएको छ । जिल्लामा ९८ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत तेजराज भण्डारीले जानकारी दिनुभयो । जिल्लामा कूल ८७ हजार हेक्टरमा बर्खे धान खेति हुँदै आएकोमा ९८ प्रतिशत अर्थात् ८५ हजार २६० हेक्टरमा रोपाइँ भएको उहाँले बताउनुभयो । रोपाइँका बेलामा मौसम केही प्रतिकूल भएकाले रोपाइँ प्रभावित भए पनि गत वर्षकै तुलनामा रोपाइँ भएको उहाँको भनाइ छ । रोपाइँ र मौसमका कारण उत्पादन केही मात्रामा घट्ने देखिएको छ भने हालसम्म धानमा रोग नदेखिए पनि झारको समस्या देखिएको प्रसार अधिकृत भण्डारी बताउनुहुन्छ । झापामा अधिकांश किसानले रन्जित, रामनाथ,…

Read More

झापा, ९ भदौ । वैदेशिक रोजगार व्यावसायिक गणतान्त्रिक मञ्चको अध्यक्षमा धनलाल जैसी पुनः निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनमार्फत अध्यक्षमा जैसी पुनः निर्वाचित भएका हुन् । मञ्चको उपाध्यक्षमा ज्ञानबहादुर तामाङ, परमेश्वर अधिकारी निर्वाचित भए। मञ्चको महासचिवमा कुन्छा दोर्जे दिमदोङ निर्वािचत भएका छन्। सचिवमा बासु पुडाशिनी, कोषाध्यक्षमा भरत सापकोटा निर्वाचित भएका छन्। मञ्चको सदस्यमा सरस्वती सिग्देल, विजय लामा, नवराज पाण्डे, हरि गिरी, वीरबहादुर शिरीष, सरोज फुयाँल र सुशान्त अर्याल चयन भएका छन्। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यमा सम्पन्नमा कार्यक्रममा अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेका थिए…

Read More