
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले ललिता निवासको २९९ रोपनी नौ आना तीन दाममध्ये १४३ रोपनी छ आना तीन पैसा तीन दाम सरकारी जग्गा योजनाबद्ध रूपमा सङ्गठित समूहले किर्ते गरेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ। ५७ दिन लगाएर गरिएको अनुसन्धानमा चार जना पूर्वमन्त्रीसहित २३८ जनालाई प्रतिवादी बनाएर १७ अर्ब ३५ करोड जरिबाना तथा १० वर्ष कैद सजाय गर्न माग गरिएको छ। सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले ललिता निवासको…
झापा, ६ भदौ । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै समितिले दैनिक मूल्य सूचीबाट प्याज हटाएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा प्याजभित्र प्याज आउन छाडेपछि प्याज दैनिक मूल्य सूचीबाट हटाएको जानकारी दिए । “भारतले प्याजमा प्रतिबन्ध…
झापा, ५ भदौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ । बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस बिषेश कार्यक्रममा पहिचानकालागि नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), जातीय संगठनहरु र फोनिजबिचको सहकार्य बिषयमा अन्तर संवाद समेत भएको थियो । फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बा फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति महासंघ र जातिय संगठनका नेताहरु तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा आवद्ध नेताहरुले पहिचानको मुद्धामा सबै आदिवासी जनजाति एक हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय उपाध्यक्ष तथा प्रमुख अतिथि कमन देवानले नेपालमा ३५ सय आदिवासी जनजाति पत्रकारहरु…
बिर्तामोड, ५ भदौ । झापाको बिर्तामोडबाट आज बेलुका ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ नयाँ बिजुली अफिस छेउमा रहेको सुरेश अग्रवालको घर प्यासेजबाट लागुऔषध नियन्त्रण व्यूरो काकँरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड-३ का ३५ वर्षीय सन्तोष भन्ने तेज बहादुर राई र साेही स्थानका ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बुलाई शंका लागि चेक जाँच गर्दा सन्तोष भन्ने तेज बहादुर राईको दाहिने हातको मुठ्ठीमा लागुऔषध ब्राउन सुगर १० ग्राम ५०० मिलिग्राम र २ थान मोबाइल समेत फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको…
कनकाई, ५ भदौ । एनआरएनएको उपमहासचिव पदमा झापा कनकाई–१ का प्रमोद सिटौलाले उम्मेदवारी घोषणा गर्नुभएको छ। आगामी अक्टोबरमा काठमाडौंमा हुन लागेको महाधिवेशनका लागि सुरुदेखि नै एनआरएनएको अभियानमा सक्रिय सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो। वर्तमान कार्यसमितिमा सचिव रहेका सिटौलाले एनआरएनएको सचिवालय व्यवस्थित गर्नका लागि आफ्नो पहल हुने बताउनुभएको छ।यसैगरी अहिले सुरु भएको स्मार्ट एनआएनएको अवधारणालाई अझ सफल बनाउनका लागि र सबैलाई साथमा लिएर अघि बढाउने काममा आफू लागि पर्ने प्रतिवध्ता व्यक्त गर्नुभयो। झापा कनकाई नगरपालिका वाड १ स्थायी घर भै बिगत २ दशक देखि अमेरीकामा बसोबास गर्दै आउनुभएका सिटौला अन्तराष्ट्रिय झापाली समाजको पुर्व उपध्याक्षय तथा हालका सल्लाकार पनि हुनुहुन्छ…
बिर्तामोड, ५ भदौ । साहित्य चौतारी झापाले सोमवार दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । होटल हिकोला हेरिटेजमा आयोजित समारोहका बीच साहित्य चौतारीले साहित्यकारहरु भवानी क्षेत्री र हरिचरण बानियाँलाई उक्त सम्मान प्रदान गरेको हो । साहित्यको विकास र प्रवद्र्धनमा अहोरात्र लागेका दुई विशिष्ट प्रतिभालाई दीर्घ साधना सम्मान प्रदान गर्न पाउँदा खुशी लागेको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘अविच्छिन्न साहित्य साधना र लेखन कर्ममा संलग्न हुनु चानचुने कुरा होइन’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने । वरिष्ठ आख्यानकार पून्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभा आयोजना भएको हो । कार्यक्रममा बोल्दै साहित्यकार खरेलले…
झापा, ५ भदौ । काठ चोरी तस्करीमा संलग्न भएको आरोपमा जिल्ला वन कार्यालय इलामले सामुदायिक वनका पदाधिकारी तथा वनसँग सम्बन्धित व्यक्तिहरुलाई पक्राउ गरेको छ । सतासीधाम सामुदायिक वन उपभोक्ता समूह माई नगरपालिका–८ इलाम÷शिवसताक्षी नगरपालिका–८ झापाका अध्यक्ष हेमबहादुर थापासहित सात जनालाई जिल्ला वन कार्यालय इलामले पक्राउ गरी हिरासतमा राखेको छ । सामुदायिक वनका संस्थापक अध्यक्ष जगतबहादुर श्रेष्ठ (गोपाल) ले अवैध रुपमा २४ वटा साखु जातको ठाडो काँचो रुख काटेको भन्दै जिल्ला वन कार्यालयमा किटानी जाहेरी दिएपछि जिल्ला वन कार्यालय इलामले प्रारम्भिक चरणमा सात जनालाई पक्राउ गरेर अनुसन्धान थालेको हो । जस अनुसार सामुदायिक वनका परिषद् सदस्य बद्री थापा, टोल नं. ८का…
दमक, ५ भदौ । एक २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राई रहेका छन् । राईले ती महिलालाई ललाईफकाई गत साउन १८ गते दमक नगरपालिका–८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
चीनको एउटा चियापसल आफ्नो अनौठो अवस्थितिका कारण सामाजिक सञ्जालमा भाइरल बनेको छ । पहाडको चट्टानी भिरमा ३ सय ९३ फिट उचाइँमा यो पसल झण्डै हावामै अडिएको जस्तो देखिन्छ । चीनको हुनान प्रान्तस्थित सिनिउझाई नेसनल जियोलोजिकल पार्कस्थित एक अक्करे पहरामा एउटा सानो काठको दुकान टाँगिएको छ । यसलाई दुनियाकै सबैभन्दा असुविधाजनक पसल पनि भनिन्छ । यो चिया पसलले त्यस्ता पर्वतारोहीहरुलाई ताजकीकरण गराउने काम गर्दछ जसले पहाड उक्लिने क्रममा केहीबेर थकाई मार्न चाहन्छन् । पदयात्रीका लागि यो पसलमा चियाखाजा उपलब्ध हुन्छ। हालै सोसल मिडिया प्लाटफर्म एक्समा यो पसलको तस्वीर सार्वजनिक भएसँगै त्यसले चर्चा पाउन थालेको हो । उक्त पसलको तस्वीर राखिएको पोस्टमा…
झापा, ५ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार दिउँसो तथा राति पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना छ भने कतिपय स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । हाल देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।